श्रमिकको गुम्सिएको पीडा

सीत शर्मा

काठमाडौँ,२ मङ्सिर– कतारमा यही नोभेम्बर २० (मङ्सिर ४ गते)देखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसका लागि भव्य तयारी भएको छ । 

प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र कलाकारिताले रौनक थपिएको छ तर त्यही रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका परिवार वा अङ्गभङ्ग वा दीर्घरोगी भएर वा तोकिएको तलब सुविधा नपाई फर्केका श्रमिकको रोदन कम्ती दर्दनाक छैन । रङ्गशाला निर्माणका क्रममा धेरै आप्रवासी श्रमिक/कामदारले पसिना बगाएका छन् र पीडा भोगेका छन् । त्यसमा नेपाली श्रमिकको सङ्ख्या पनि ठूलो छ । यस्तैमध्येकी एक हुनुहुन्छ, मकवानपुर शिखरपानी–१५ की निर्मला पाख्रिन । 

निर्मलाका २४ वर्षे श्रीमान्ले कतारमा रङ्गशाला निर्माणकै क्रममा ज्यान गुमाउनुभयो । सानो छोरा र श्रीमतीको लालनपालन र विदेशमा कमाएर स्वदेशमा आएर केही गर्ने सपना बाँडेर विदेशिनुभएका निर्मलाका श्रीमान्ले कतार गएको १० महिनामै जीवन गुमाउनुभयो । “रङ्गशाला निर्माणका दैनिक १४ घण्टासम्म काम गर्नुपथ्र्यो न भनेको काम थियो न तलब नै । ढलान गरेको पिच फुुटाउने काम दिउँसो ५०–५२ डिग्री सेल्सियसको तापक्रममा गर्नुपथ्र्यो, खानाको त के कुरा पानीसमेत धीत मरुन्जेल पिउन पाइँदैन भन्नुहुन्थ्यो । श्रीमान्को मृत्यु हुनुभन्दा एक दिनअघि मात्रै फोनमा कुराकानी भएको थियो । त्यही नै अन्तिम रहेछ, अर्को दिनको दिउँसो त मृत्युको खबर आयो,” निर्मलाले भन्नुभयो ।

रोजगारदाता कम्पनीले शवसँग पठाएको रिपोर्टमा मृत्युको कारण प्राकृतिक भनिएको छ । रोग नभएको मान्छेको कसरी प्राकृतिक मृत्यु हुन्छ, प्रतिप्रश्न गर्दै निर्मलाले भन्नुभयो, “संसारभरिबाट खेलाडी आउने रङ्गशाला निर्माणमा श्रीमान्को मृत्यु भयो । हामीलाई क्षतिपूर्ति चाहिन्छ ।” 

कतारमा विश्वकप फुटबल सुरु हुनै लाग्दा कतारको रङ्गशालाको पूर्वाधार बनाउने क्रममा मृत्यु भएका, गम्भीर चोटपटक लागेका, ज्यालाबाट वञ्चित भएका श्रमिक र परिवारलाई क्षतिपूर्ति दिन अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीले फिफा र कतारमाथि दबाब जारी राखेका छन् । त्यसो त कार्यस्थलमा वा सडक दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले क्षतिपूर्ति पाउने व्यवस्था छ तर निर्मलाका श्रीमान् कार्यस्थलमै मृत्यु भएको हो तर उहाँले अहिलेसम्म क्षतिपूर्ति पाउनुभएको छैन । 

निर्मलाका श्रीमान्जस्तै कतारमा रङ्गशाला निर्माणका क्रममा सन् २०१० देखि २०२१ सम्म एक हजार ६४१ जना नेपालीको मृत्युको भएको तथ्याङ्क अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । 

एम्नेस्टी इन्टरनेसनलको एक अध्ययनअनुसार कतारमा खेल मैदान बनाउने क्रममा विभिन्न देशका छ हजार ७५० श्रमिकको मृत्यु भएको र त्योभन्दा दोब्बर सङ्ख्याका श्रमिक घाइते र अपाङ्ग भएको पाइएको छ । उक्त प्रतिवेदनअनुसार कतारको खेल मैदान बनाउन काम गर्ने क्रममा एक हजार ६४१ जनाको मृत्यु भएको छ । यस्तै भारतीय दुई हजार ७११ जना, बङ्गलादेशका एक हजार १८ जना, पाकिस्तान ८२४ जना र श्रीलङ्का ५५७ जनाको मृत्यु भएको तथ्याङ्क छ । 

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ), कतारले सन् २०२१ को नोभेम्बरमा सार्वजनिक गरेको प्रतिवेदनमा कतार सरकारले रङ्गशाला निर्माणमा खटिएका श्रमिकको मृत्युको कारण ७० प्रतिशत चित्तबुझ्दो नभएको उल्लेख छ । प्रतिवेदनअनुसार रङ्गशाला निर्माणका क्रममा मृत्यु भएका श्रमिकको मृत्युको कारण अनुसन्धान भएको देखिँदैन । 

सो प्रतिवेदनअनुसार काम गर्ने क्रममा उचाइबाट खस्ने, निर्माणका क्रममा सामान खसेर लागेर र सडक दुर्घटना कारण मृत्यु हुने गरेको तर प्राकृतिक मृत्यु भनेर क्षतिपूर्ति दिनबाट वञ्चित गरिएको छ । यो प्रतिवेदनले पनि निर्मलाको भनाइलाई पुष्टि गर्ने बलियो आधार बन्छ ।  

रङ्गशाला निर्माणमा अधिकांश नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्काका श्रमिकले काम गरे । आईएलओले आफ्नो प्रतिवेदनमार्फत भनेको छ, “रङ्गशाला निर्माणमा काम गर्नेमध्ये लगभग दुई तिहाइ गम्भीर व्यावसायिक चोट र तीन चौथाइ हल्कादेखि मध्यम व्यावसायिक चोटले यी तीन देशका श्रमिकलाई असर गरेको छ ।” 

कतार रङ्गशाला निर्माणमा कार्यरत श्रमिकको अवस्था नजिकबाट नियाल्दै आउनुभएका मानव अधिकारकर्मी रामेश्वर नेपालले कतारको रङ्गशालामा कार्यरत आप्रवासी अधिकांश श्रमिकको उच्च तापक्रम, कामको प्रेसर, खानपानको बेथितिका कारण मृत्यु हुने गरेको पाइएको छ ।  वैदेशिक रोजगार विभागका अनुसार सन् २०१० देखि अहिलेसम्म कतारमा मात्रै ११ लाख नेपालीले श्रम स्वीकृति लिएर गएका छन् । अधिकांश रङ्गशाला निर्माण, सडक र ठूलो होटल निर्माणमा गएका छन् । 

कतारको दोहामा हुने उक्त प्रतियोगिताका लागि ३२ देशका खेलाडी सहभागी रहनेछन् । कतारमा आठवटा ठूला उच्चस्तरीय खेलमैदान तयार भएका छन् ।गोप 

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal