फेरि आउनेछु सुन्दरीजल !

खुमकान्त अर्याल

कठमाडौं बौद्धबाट करिव १० किमी उत्तरी पूर्वको काँठमा गोकर्णेश्वर नगरपालिकामा अवस्थित छ सुन्दरीजल । यही रमणीय उपवनबाट शिवपुरी राष्ट्रिय निकुञ्जको सुरुवात हुन्छ । यहींबाट चिसापानी मूलखर्क जस्ता रमणीय गाउँ छिचोल्दै गोसाइकुन्ड सम्म पनि पुग्न सकिन्छ र वुढानीलकण्ठ त नजिकै छ ।

यहाँ उत्तिस, कटुस,लालीगुराँस समेत सयौ प्रजातिका वोट विरुवाहरुछन र थरिथरीका फूल र जडीवुटीहरु पनि । धेरै जातिका चरा तथा वन्य जीव जन्तुहरु यहाँ पाइन्छन् । यहाँ ठूलाठूला ढुंगा संग ठक्कर खाँदै वग्ने वाग्मति स्यालमतीको पानीको कलकल आवाजले ह्रृदय छुन्छ र छहराबाट उछिट्टिएको मसिना सेता वुँद शरीरमा पर्दा सितलताको अनुभूति हुन्छ । पानीको कलकल आवाज, चराचुरुंगीको चिरविर र घना जंगल वीचको सुसाहटको मिश्रित आवाजले स्वर्गीय आनन्दको अनुभव हुन्छ, यसै भएर होला यो स्थानको नाम सुन्दरी जल रहेको । यहाँ छिहिरो परेको ढुंगा र कप्चेरामा वग्ने पानीमा डोरी समातेर तल माथि गरि आनन्द लिइने क्यानोनिङ खेल, तथा यस्तै झाडी वन कोप्चेरा तथा पहरा छिचोल्दै हिडेर प्रकृतिको आनन्द लिइने हाइकिङको मजा लिन पाइन्छ । गोसाइकुन्ड सम्मको रमाइलो लामो ट्रेकिङ यात्राका पारखीहरुका लागि पनि यो ठाउँ प्रसिद्ध छ । यहाँ प्रसिद्ध सुन्दरी माई र महादेवको मन्दिर पनि छ ।

विसं १९९२ निर्मित नेपालको माहिलो विध्युत परियोजनास्थल सुन्दरीजल विद्युत गृह यही छ । विद्युत गृहबाट निस्केको पानी खानेपानीको रुपमा काठमाडौंमा वितरण गरिएको छ । यो ठाउँ प्रकृतिको अनुपम वरदानबाट सुसज्जित छ र धार्मिक तथा ऐतिहासिक हिसावले पनि यो नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । चावहिलबाट वस वा ट्याक्सी चढेर जोरपाटी गोकर्णेश्वर हुदै करिव आधा घण्टामा सुन्दरीजल वस पार्कमा पुगिन्छ । त्यहाँबाट हिड्दै गएपछि वाग्मतीको किनारबाट सांगुरो हल्का उकालो वाटो लागिन्छ । बाटोको दुवै तर्फ घर, पसल र होटलहरु छन् । करिव ५०० मिटर जति अलि माथि पुगेपछि राष्ट्रिय निकुन्ज प्रवेश गर्न टिकट काट्ने काउन्टर र नेपाली सेनाको चेक पोष्ट छ । ६० वर्ष भन्दा मुनिका नेपाली नागरिकका लागि १०० रुपैयाँ टीकट दस्तुर लाग्ने रहेछ । यहींबाट नागार्जुन शिवपुरी राष्ट्रिय निकुन्जको सीमाना सुरु हुन्छ । अव वाटो दाँया वायाँ दुवै तर्फ रुख पात लहरा घना हुदै अगाडि वढ्छ । वाटोको दाँया तर्फ २०। २५ इन्चका मोटा हरिया रङका पाइपहरु छन् । यही पाइपबाट ल्याइएको पानीले तल विद्युत निकालिन्छ र फेरि यसैलाई काठमाडांैमा खानेपानीको रुपमा पठाइन्छ । केही माथि पुगेपछि सुन्दर छहरा छ, यहाँको दृश्यबाट रोमान्चित हुदै के युवा के वयस्क सवै उभिएर फोटो खिच्न व्यस्त हुने गर्दछन । यो घना जंगल भएर पनि होला यहाँ प्राय समूह वनेर घुम्न जाने गर्दछन् । परिवारका सदस्यहरु, साथमा वालवालिकाहरु, वनभोज खान जानेहरुको टिम, विद्यार्थी, ट्रेकिङ, हाइकिङमा रमाउन जानेहरुको यहाँ प्राय भिड हुदो रहेछ । वाटोको तलमाथि ढुंगाको कोप्चेरा र रुख विरुवाको छ्यालमा वसेर माया साटासाट गर्ने युवायुवतीको जोडीहरु पनि धेरै नै देख्न पाइन्छ ।

छहराबाट केही माथि पुगेपछि थोरै सम्म ठाउँ छ यही नेर राणकालमा वनार्ईएको सुन्दर वंगला छ र अहिले यहाँ स्काउटको तालिम केन्द्र तथा कार्यालय रहेको छ । यहाँबाट दाहिने तर्फ तल सुन्दरी देवीको थान र वागमति र स्यालमतीको दोभान छ, यहा पानीमा खेल्ने रमाउनेको भिड नै लाग्छ । देव्रे तर्फ तरपाएँ १०० मिटर जति गएपछि विद्युतका लागि पानि जम्मा गर्न वनाइएको सुन्दर पोखरी छ । पोखरीमा पानी अडकल गर्न राखिएको ढोका र छेउ तिर ड्याम तथा वार छ, । छेउबाट काठको पटरा हाली पोखरी पार गर्ने वाटो वनाइएको छ तर अहिले यो जीर्ण भएको छ । अलि माथि गएपछि काठमाडौंको सहर देखिन्छ ।
यति ठाउँहरु घुमेर प्रवेश द्वारमा फर्के पछिपनि केही घुम्ने ठाउँ वाकी रहन्छ । तल देव्रे पट्टिबाट वागमतीको किनारै किनार माथि गएर पौडी खेल्न, चौतारी र ढुंगामा वसेर खोलाको दृश्य हेर्न र टाँगिएका तोरणको झिलीमिली विर्सन सकिदैन । खोला तरेर २०० मिटर जति माथि नेपालको वहुचर्चित मेलाम्चीको खानेपानीको अन्तिम सुरुङ र पानी प्रशोधन तथा संकलन केन्द्रको प्लान्ट तथा भवन देख्न पाइन्छ । यति घुम्न करिव ४। ५ घन्टा लाग्छ र सुन्दरीजल गैसकेपछि फर्कदा वाटोमा पर्ने अरु प्रसिद्ध स्थानहरु पनि अवलोकन गर्न पाइन्छ ।

सुन्दरीजलको वसपार्कबाट करिव १ किमी पश्चिममा बाटोको किनारमा नै विपी कोइरालाको संग्राहालय छ । २०१७ साल पौष १ गते प्रथम जननिर्वाचित विपी कोइरालाको सरकारलाई राजा महेन्द्रले अपदस्थ गरि विपी लगाएत अरु मन्त्रीहरुलाई यही सुन्दरीजल जेलमा थुनेर राखिएको थियो । पहिलो पटक ८ वर्ष र २०३३ मा मेलमिलापको नीति लिएर फर्के पछि पनि फेरी यहीँ थुनामा राखिएको थियो विपीलाई । थुनामा रहदा विपीले ६ वटा उपन्यास, कथा संग्रह तथा दैनिकीहरु र आत्मकथा लेखेका थिए । यी लेख र रचनाहरु नेपाली साहित्यको अमुल्य निधीका रुपमा रहेका छन् । विपीका साहित्यहरुमा तात्कालीन सामान्ती समाजको चित्रण गरिएको छ र यसका विरुद्ध शान्तिपूर्ण विद्रोहका लागि प्रोत्साहन जगाउने र स्वतन्त्रतातका लागि अभिप्रेरित गरिएको छ । नैतिकताका नाममा समाजमा व्यक्त गर्न नसकेर दविएका कुराहरुलाई विपीले आफ्ना पात्र मार्फत साहित्यमा उजागर गरेका छन् । साहित्यमा मनोविष्लेषण प्रवेश गराउने नयाँ प्रयोग विपीले गरेका थिए । विपी साहित्यकार मात्र नभएर एक विशिष्ट राजनेता थिए भन्ने कुरा उनको संघर्षपूर्ण जीवन र व्यवहारबाट शिद्ध हुन्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका महानायक तथा विशिष्ट साहित्यकार जसलाई त्यतिका वर्ष सम्म थुनामा राखिएको थियो त्यो ऐतिहासिक जेललाई नेपाल सरकारले २०६१ १२। २४ मा विपी संग्राहालय वनाउने निर्णय गरि संरक्षणको काम भैरहेको छ र हाल पनि निर्माणधीन छ ।
यहा विपीको पूर्ण कदको सुन्दर मुर्ति राखिएको छ । तात्कालीन सभामुख कृष्ण प्रसाद भट्टराई, तात्कालीन मन्त्रीहरु गणेशमान सिंह, दिवान सिं राई समेतका धेरै नेताहरुको सामुहिक मुर्ती पनि छ । उनीहरुलाई थुनामा राखिएका कोठाहरु, पहरा वस्ने सैनिकका पोष्ट घरहरुलाई दुरुस्त राखिएको छ । जेल अगाडिको वुढो कपुरको रुख मुनि वसेर विपीले पढ्ने र त्यही नै उनले धेरै रचना गरेका रहेछन्,त्यो रुख संरक्षण गरिएको रहेछ । विपी चढ्ने भारतीय जीप तथा रोयल नेपाल एयरलाईनको ट्वनेटर जहाज संग्रहालयमा राखिएको छ । उहाँले प्रयोग गर्ने साहित्यिक चीजहरु भने हाल कुनै कोठामा थुपारिएर राखिएको छ भन्ने सुनियो । परिसर भित्रका पार्क, रुख विरुवा तथा भवनहरु तथा सजावट र व्यवस्थापन निकै आकर्षक छ र हेर्नै पर्ने खालको छ । निर्माणको क्रम जारी रहेकोले हाल सवैको लागि खुला गरिएको रहेनछ तर टाढाबाट आएका यात्रुरुहरुले अनुरोध गरेमा हेर्न दिन्छन ।

यहाँबाट निस्केपछि फिर्ता हुदा बाटोमा नेपालको प्राचीन लिच्छवीकालीन गोकर्णेश्वरको भव्य मन्दिर छ । वागमतीको किनारमा अवस्थित मन्दिरको वरिपरि धेरै देवी देवताहरुको मुर्ति, पौवा, देवालय र घाट छ । यहाँ कुशे औंशीमा स्नान तर्पण गरेमा वावु तथा आमा तर्फका धेरै पितृहरुको कल्याण हुने विश्वास गरिन्छ । मन्दिरको फराकिलो परिसर, वाग्मती नदीको किनार र पारि तर्फको सुरम्य सानो वनले यहाँ पुग्दा छुट्टै आनन्दको अनुभव हुन्छ । यो सवै स्थानहरुको राम्रो संग दर्शन र अवलोकन गर्न १ दिन लाग्छ । व्यस्त सहर काठमाडौं वासीका लागि त हप्तै विच्छे घुमेर ताजा र शान्त रहन यो स्थल वर्दान हो भन्दा फरक पर्दैन । वाहिरबाट आउने पर्यटकहरुले पनि घुम्ने सूचीमा यो ठाउँ परेन भने पछुतो हुन्छ । हाइड्र्रो पावर, वातावरण,जैविक विविधताको अध्ययन तथा सोध गर्नेहरुका लागि पनि यो क्षेत्र धेरै महत्वको छ । पुराणमा समेत वर्णित गोकर्णेश्वर महादेवको मन्दिरको दर्शन गर्न पाउदा आस्थावान श्रद्दालु भक्तजनहरु पनि यसै कृतकृत्य भैहालिन्छ । यहाँ आएर घुमी सकेपछि फेरि पनि आउने छु सुन्दरीजल भन्ने मनमा कुरा उठ्दो रहेछ, यही अनुभव लिएर हामी पनि घर तर्फ प्रस्थान गयौं । लेखक अर्याल वालिङ ६ निवासी हुनुहन्छ ।

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal