मंसिर ४ भविष्यको मार्ग दर्शन गर्ने अवसर ः लिङ्देन
वालिङ,२५ कात्तिक– मंसिर ४ गतेको निर्वाचन भविष्यको मार्ग दर्शन गर्ने अवसर भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनु भएको छ ।
अहिलेको चुनाव आवधिक मात्र नभएर विगतको समिक्षा गर्ने र हाम्रो भविष्यको मार्ग दर्शन गर्ने अवसर भएको अध्यक्ष लिङ्देनले बताउनु भएको हो ।
शुक्रबार स्याङ्जाको वालिङमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालीहरुको चाहना तपाईंले भोट दिएको नेताले पूरा गर्ने र त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी भएको उल्लेख गर्नुभयो । यस अघि हामीले ठीक मान्छे चुन्न नसक्दा दुःख पाउनुपरेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो—“तपाईंले दिएको एक भोट गलत ठाउँमा प¥यो भने देशले दुःख पाउने छ र देशलाई बर्वाद पार्ने पार्टी र नेतालाई चिनेर पनि उसैलाई बोक्नुहुन्छ भने ठूलो भूल हुने छ । पटक पटक असफल भएका पार्टीलाई भोट दिनु भनेको भविष्य विगार्नु हो ।” त्यसैले यस पटक मत बदल्नुस, हामी देश बदल्छौं, अध्यक्ष लिङ्देनले भन्नुभयो ।
अध्यक्ष लिङ्देनले पासपोर्ट बनाउन र मेन पावरलाई पैसा तिर्न सक्ने स्वस्थ युवाहरु रोजगारीका लागि खाडी मुलुक जानु परेको बताउनुभयो । यसैगरी साहुसँग नपत्तिनेहरु भारतका विभिन्न सहरमा नारकीय जीवन विताउन वाद्य भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले यसको अन्त्य गर्दै देश निर्माणमा समर्पित भएर आफ्नो पार्टी अगाडि बढेको व्यक्त गर्नुभयो ।
पाँचवर्ष पछि अवसर आउला या नआउला भन्न सकिदैन, त्यसैले यो पटक नै सहि निर्णय गर्न र नेतृत्व चुन्न उहाँले आग्रह गर्नुभयो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















