मंसिर ४ भविष्यको मार्ग दर्शन गर्ने अवसर ः लिङ्देन
वालिङ,२५ कात्तिक– मंसिर ४ गतेको निर्वाचन भविष्यको मार्ग दर्शन गर्ने अवसर भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनु भएको छ ।
अहिलेको चुनाव आवधिक मात्र नभएर विगतको समिक्षा गर्ने र हाम्रो भविष्यको मार्ग दर्शन गर्ने अवसर भएको अध्यक्ष लिङ्देनले बताउनु भएको हो ।
शुक्रबार स्याङ्जाको वालिङमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालीहरुको चाहना तपाईंले भोट दिएको नेताले पूरा गर्ने र त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी भएको उल्लेख गर्नुभयो । यस अघि हामीले ठीक मान्छे चुन्न नसक्दा दुःख पाउनुपरेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो—“तपाईंले दिएको एक भोट गलत ठाउँमा प¥यो भने देशले दुःख पाउने छ र देशलाई बर्वाद पार्ने पार्टी र नेतालाई चिनेर पनि उसैलाई बोक्नुहुन्छ भने ठूलो भूल हुने छ । पटक पटक असफल भएका पार्टीलाई भोट दिनु भनेको भविष्य विगार्नु हो ।” त्यसैले यस पटक मत बदल्नुस, हामी देश बदल्छौं, अध्यक्ष लिङ्देनले भन्नुभयो ।
अध्यक्ष लिङ्देनले पासपोर्ट बनाउन र मेन पावरलाई पैसा तिर्न सक्ने स्वस्थ युवाहरु रोजगारीका लागि खाडी मुलुक जानु परेको बताउनुभयो । यसैगरी साहुसँग नपत्तिनेहरु भारतका विभिन्न सहरमा नारकीय जीवन विताउन वाद्य भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले यसको अन्त्य गर्दै देश निर्माणमा समर्पित भएर आफ्नो पार्टी अगाडि बढेको व्यक्त गर्नुभयो ।
पाँचवर्ष पछि अवसर आउला या नआउला भन्न सकिदैन, त्यसैले यो पटक नै सहि निर्णय गर्न र नेतृत्व चुन्न उहाँले आग्रह गर्नुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















