गठबन्धन नामको पिलोलाई निचोरेर फाल्नुपर्छ ः एमाले अध्यक्ष


स्याङ्जा,२१ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन नामको पिलोलाई निचोरेर फाल्नुभपर्ने बताउनुभएको छ ।

आज (सोमबार) स्याङ्जा सदरमुकाममा नेकपा एमाले निर्वाचन परिचालन कमिटी स्याङ्जाद्वारा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले गठबन्धन नामको देशको पिलोलाई मंसिर ४ गते हुने निर्वाचनमा निचोरेर फाल्नुपर्ने बताउनुभएको हो ।

गठबन्धन प्रति लक्ष्ति गर्दै अध्यक्ष ओलीले एमाले संगै एकलाएकलै निर्वाचनमा प्रतिस्पर्धा गर्ने कुनै दलको तागत नभएकोले गठबन्धन गरेर चुनावमा गएपनि सातुको डल्लो जस्तो योे गठबन्धन पानी सुकेपछि भस्याकभुसुक हुने बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “यो प्रमादेसि सरकारको भन्दा म्यादी प्रहरीको काम गर्ने समय धेरै छ,यो त मंसिर चार पछि भस्याममुसुम हुन्छ ।” गठबन्धनको देश विकास गर्ने कुनै एजेन्डा नभएको र यो सत्ता स्वार्थको लागि प्रमादेसबाट जन्मीएको अपवित्र गठबन्धन भएकोले यसले जनताको हितका साथै देशको रक्षा गर्न नसक्ने अध्यक्ष ओलीको भनाइ थियो । देश बनाउन भिजन चाहिने बताउदै अहिलेको पाँच दलीय गठबन्धन संग कुनै भिजन समेत नभएको र केवल सत्ता प्राप्तिको लागि गरिएको अनुचित कार्य गरेको उहाँको भनाइ थियो ।

राष्ट्रिय स्वाधिनताका लागि यो प्रमादेसी सरकारले कुनै आवाज उठाउन नसक्ने लाचारी भएको र आफुहरुले राष्ट्रियाका बारेमा कुरा उठाउदा प्रधानमन्त्री देउवा अत्तालिएर आफुलाई हतियार लिएर लड्नजाउ भनेको बताउदै अध्यक्ष ओलीले हतियारबाट नभइ आफुहरुले वार्ता र कुटनैतिकका माध्यामबाट देशको समस्या समाधान गर्ने बताउनुभयो । समृद्ध नेपाली सुखी नेपाली भन्ने नारालाई सार्थकतामा पुर्याउन पनि एमाले सरकार आवश्यक रहेको अध्यक्ष ओलीले दावी गर्नुभयो ।

देशको विकास र छिमेकी मुलुकहरु संग सन्तुलन कायम गर्न पनि नेकपा एमालेको सरकार आवश्यक भएको बताउदै नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेका उम्मेद्वारहरुको पक्षमा मतदान गर्न समेत अध्यक्ष ओलीले आग्रह गर्नुभयो । निर्वाचनमा धाधलीहुनबाट रोकेर शान्तिपूर्ण रुपमा मतदान गर्ने वातावरणको सिर्जना गर्दै कानूनको अधिनमा रहेर काम गर्न समेत अध्यक्ष ओलीले प्रहरी प्रशासनका साथै सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले सचिव तथा प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेद्वार बन्नुभएकी पद्मा अर्याले, एमाले नेता एवं प्रनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेद्वार बन्नुभएका नारायण मरासिनी, प्रदेश सभा १ क बाट उम्मेदवार बन्नुभएकी सीता कुमारी सुन्दास, ख बाट उम्मेद्वार बन्नुभएका सुधिरकुमार पौडेल, क्षेत्र नम्बर २ क बाट उम्मेद्वार बन्नुभएका मोहन रेग्मी, ख बाट उम्मेद्वार बन्नुभएका डा. बुद्धिमान श्रेष्ठ लगायतले चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

चुनावी सभामा समग्र स्याङ्जाको विकासका लागि आफुहरुले उम्मेद्वारी दिएको र मंसिर ४ गते हुने निर्वाचनमा सूर्य चिन्नमा मतदान गर्न जिल्लाबासी मतदाताहरुलाई एमाले उम्मेद्वारहरुले आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस, एकीकृत माओवादी लगायतका पार्टी परित्याग गरेर दर्जनौ नेता एवं कार्यक्रताहरु नेकपा एमालेमा प्रवेश गरेको एमालेले जनाएको छ ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal