डोटीमा भूकम्पमापरी छ जनाको मृत्यु , पाँच घाइते

दिपायल,२३ कात्तिक– डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय साना गाउँका इन्चार्ज प्रहरी सहायक निरीक्षक नयनसिंह भाटका अनुसार पूर्वी चौकी गाउँपालिका  ३ गैरा गाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया बगबती बोहरा, ८ वर्षीय हरक बोहरा, १४ वर्षीया धनसरी बोहरा र १४ वर्षीया तुल्सी बोहरा रहेका छन् ।

सोही ठाउँका इन्नरी देवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महावीर बोहरा घाइते भएको प्रहरी सहायक निरीक्षक भाटले जानकारी दिनुभयो । भूकम्पले सो गाउँका ८ घरमा पूर्ण रूपमा क्षति गरेको उहाँले बताउनु भयो ।

मङ्गलवार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युटको भूकम्पले ग्रामीण भेगका दर्जनौँ घरहरू भत्किएका छन् । जिल्लाको सायल गाउँपालिकामा पनि भौतिक क्षति भएको जनाइएको छ ।

घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिनुभयो । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीय सहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । 

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal