राष्ट्रिय महिला फुटबलको उपाधि एपीएफले चुम्यो
गोपाल जिटी
वालिङ,३ कात्तिक– राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधी विभागीय क्लव एपीएफले जितेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्याङ्जाको वालिङमा सञ्चालित महिला फुटबलको उपाधि एपीएफले जितेको हो । बिहीबार वालिङ खेलमैदानमा भएको फाइनल खेलमा एपीएफ क्लवले पुलिसमाथि २—१ को जीत निकालेको हो । एपीएफको जीतका लागि दुवै गोल सावित्रा भण्डारीले गर्नुभएको थियो ।
खेल सुरु भएको सातौं मिनेटमा पाएको फ्रिकिक सफल हुन नसकेपछि आक्रामकरुपमा उत्रेको एपीएफकी सावित्राले दशौं मिनेटमा पहिलो गोल गर्नुभयो । ३३ औं मिनेटमा पाएको फ्रिकिकमा निरु थापाको प्रहार गोलपोष्टको बारमा लागेर बाहिरिदा गोल गर्ने अवसर पुलिसले गुमायो । पहिलो हाफमा एक शुन्यको अग्रता लिएको एपीएफले उत्तरार्धको ५२ औं मिनेटमा गोललाई दोव्वर पा¥यो । योसँगै पुलिसले खेललाई अझ सशक्त बनायो र ७६ औं मिनेटमा गोल गर्न सफल भयो ।
पुुलिसका लागि निरु थापाले गोल गर्नुभएको हो । यसपछिको समय दुवै टीमले खेललाई थप सशक्त पारे पनि पुलिसले एक गोलमै चित्त बुझाउनु प¥यो । योसँगै एपीएफले १ का विरुद्ध २ गोलले उपाधी हात पारेको हो । यसैगरी विहान ९ बजे तृतीय स्थानका लागि भएको खेलमा आर्मीले प्रदेश १ लाई शुन्यका विरुद्ध सात गोल गर्दै विजयी भएको छ । योसँगै आठौं संस्करणको साविक विजेता आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ ।
विजेता टीमलाई पुरस्कार वितरण गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले व्यक्तित्व विकासको लागि खेलकुद बलियो माध्यम भएको बताउनुभयो । उहाँले राष्ट्र र राष्ट्रियताको प्रतिष्ठामासमेत खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकोले अझ सशक्तरुपमा अगाडि बढ्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

४० वर्षको अन्तरालमा पाएको अवसरलाई वालिङका साथै समग्र स्याङ्जावासीकै प्रतिष्ठाको विषय भएको र जिल्लाका सम्पूर्ण निकायको सहयोगले भव्य र सभ्यरुपमा सम्पन्न गर्न सफल भएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।
वालिङस्थित खेलाडी, स्थानीय युवा, समाजसेवी, संघ संस्थाहरुकोसमेत सहयोग रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।
उहाँले वालिङ नगरपाकिासँगै जिल्लाका अन्य पालिकाहरुकोसमेत साथ रहेकाले सहयोगका लागि सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
प्रतियोगितामा विभागीय क्लवहरु नेपाल आर्मी, नेपाल पुलिस र एपीएफसहित सात प्रदेशका एक एक गरी १० टीमको सहभागिता रहेको थियो । असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समय अपुग हुने भन्दै केहीदिन अगावै सुरु गरिएको थियो । यस अन्तर्गत वालिङ खेलमैदानमा महिला फुटबल प्रतियोगिता कार्तिक २७ गतदेखि सञ्चालन गरिएको थियो ।
निर्धारित मिति अनुसार असोज २८ गते गण्डकी प्रदेशको पोखरामा उद्घाटन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कात्तिक ३ गते बिहीबार समापन भएको छ । समापनसँगै राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण सम्पन्न भएको छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















