राष्ट्रिय महिला फुटबलको उपाधि एपीएफले चुम्यो


गोपाल जिटी
वालिङ,३ कात्तिक– राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधी विभागीय क्लव एपीएफले जितेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्याङ्जाको वालिङमा सञ्चालित महिला फुटबलको उपाधि एपीएफले जितेको हो । बिहीबार वालिङ खेलमैदानमा भएको फाइनल खेलमा एपीएफ क्लवले पुलिसमाथि २—१ को जीत निकालेको हो । एपीएफको जीतका लागि दुवै गोल सावित्रा भण्डारीले गर्नुभएको थियो ।

खेल सुरु भएको सातौं मिनेटमा पाएको फ्रिकिक सफल हुन नसकेपछि आक्रामकरुपमा उत्रेको एपीएफकी सावित्राले दशौं मिनेटमा पहिलो गोल गर्नुभयो । ३३ औं मिनेटमा पाएको फ्रिकिकमा निरु थापाको प्रहार गोलपोष्टको बारमा लागेर बाहिरिदा गोल गर्ने अवसर पुलिसले गुमायो । पहिलो हाफमा एक शुन्यको अग्रता लिएको एपीएफले उत्तरार्धको ५२ औं मिनेटमा गोललाई दोव्वर पा¥यो । योसँगै पुलिसले खेललाई अझ सशक्त बनायो र ७६ औं मिनेटमा गोल गर्न सफल भयो ।

पुुलिसका लागि निरु थापाले गोल गर्नुभएको हो । यसपछिको समय दुवै टीमले खेललाई थप सशक्त पारे पनि पुलिसले एक गोलमै चित्त बुझाउनु प¥यो । योसँगै एपीएफले १ का विरुद्ध २ गोलले उपाधी हात पारेको हो । यसैगरी विहान ९ बजे तृतीय स्थानका लागि भएको खेलमा आर्मीले प्रदेश १ लाई शुन्यका विरुद्ध सात गोल गर्दै विजयी भएको छ । योसँगै आठौं संस्करणको साविक विजेता आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ ।

विजेता टीमलाई पुरस्कार वितरण गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले व्यक्तित्व विकासको लागि खेलकुद बलियो माध्यम भएको बताउनुभयो । उहाँले राष्ट्र र राष्ट्रियताको प्रतिष्ठामासमेत खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकोले अझ सशक्तरुपमा अगाडि बढ्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

४० वर्षको अन्तरालमा पाएको अवसरलाई वालिङका साथै समग्र स्याङ्जावासीकै प्रतिष्ठाको विषय भएको र जिल्लाका सम्पूर्ण निकायको सहयोगले भव्य र सभ्यरुपमा सम्पन्न गर्न सफल भएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।
वालिङस्थित खेलाडी, स्थानीय युवा, समाजसेवी, संघ संस्थाहरुकोसमेत सहयोग रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।
उहाँले वालिङ नगरपाकिासँगै जिल्लाका अन्य पालिकाहरुकोसमेत साथ रहेकाले सहयोगका लागि सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतियोगितामा विभागीय क्लवहरु नेपाल आर्मी, नेपाल पुलिस र एपीएफसहित सात प्रदेशका एक एक गरी १० टीमको सहभागिता रहेको थियो । असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समय अपुग हुने भन्दै केहीदिन अगावै सुरु गरिएको थियो । यस अन्तर्गत वालिङ खेलमैदानमा महिला फुटबल प्रतियोगिता कार्तिक २७ गतदेखि सञ्चालन गरिएको थियो ।

निर्धारित मिति अनुसार असोज २८ गते गण्डकी प्रदेशको पोखरामा उद्घाटन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कात्तिक ३ गते बिहीबार समापन भएको छ । समापनसँगै राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण सम्पन्न भएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal