वालिङमा जारी महिला फुटबलको फाइनल खेल आज, पुलिस र एपीएफ भिड्दै

वालिङ,३ कात्तिक– गण्डकी प्रदेशको पोखरामा ४० वर्षपछि भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको आज (बिहीबार) समापन हुदैछ ।

यस अघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालञ्जमा भएको थियो । कोभिड १९ बाट प्रभावित हुन पुगेको प्रतियोेगिताको नवौं संस्करण गण्डकी प्रदेशले सञ्चालन गर्ने अवसर पाएको हो । यस अन्तर्गत गण्डकी प्रदेशको स्याङ्जाले राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गरेको हो ।

स्याङ्जाको वालिङमा सञ्चालन भइरहेको राष्ट्रिय महिला फुटवलको आज (बिहीबार) फाइनल खेल हुँदैछ । गत असोज २७ गतेदेखि वालिङ खेलमैदानमा सञ्चालित राष्ट्रिय महिला फुटवल प्रतियोगिताको फाइनल खेलसहित बिहीबार समापन हुने भएको हो ।

वालिङ खेलमैदानमा आज हुने फाइनल खेलमा नेपाल पुलिस क्लव रएपीएफ क्लवका बीच प्रतिस्पर्धा हुने भएको छ । मङ्गलबार भएको सेमिफाइनलमा पुलिसले प्रदेश १ र एपीएफले नेपाल आर्र्मी क्लबलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेका थिए ।

मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई शुन्यका विरुद्ध तीन गोलको जीतसहित फाइनलमा प्रवेश गरेको हो । यस्तै एपीएफले आर्मीलाई शुन्यका विरुद्ध एक गोलको जीतसहित फाइनलमा प्रवेश गरेको हो ।

तृतीय स्थानका लागि नेपाल आर्मी र प्रदेश १ का बीच विहान ९ बजे खेल सञ्चालन हुने छ भने समापनको औपचारिक कार्यक्रम ११ बजे हुने आयोजकले जनाएको छ ।
फाइनल खेल दिउसो २ बजे हुने छ । आठौं संस्करणको साविक विजेता आर्मीले भने नवौ संस्करणमा तृतीय स्थानका लागि प्रतिस्पर्धा गरेर चित्त बुझाउनु परेको छ । साविक विजेता आर्मी र एपीएफ बीच मंगलबारको सेमिफाइनलमा भएको कडा प्रतिस्पर्धाले दर्शकहरुलाई निकै उत्साही र रोमान्चक बनाएको थियो । यस्तै नेपाल पुलिस र एपीएफ क्लबकाका बीच हुने फाइनल खेल उपाधीका लागि कडा टक्करका साथ हुने आयोजकले जनाएको छ ।

नवौं संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगितालाई वालिङका साथै समग्र जिल्लावासीले अवसरकारुपमा लिएका छन् । यसका साथै फुटबल प्रतियोगिताले दर्शकहरुले भरपुर मनोरञ्जन लिएको र खेल हेर्न दर्शकहरुको उत्साहाजनक सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरबहादुर गुरुङ ( मोहन ) ले बताउनुभयो ।

ताजा

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal