बजारमा नक्कली नोट : सचेत हुन राष्ट्र बैंकको आग्रह

दीपा चौधरी

काठमाडौं,२८ असोज– नक्कली नोट बेला–बेला बजारमा आउनेगरेकाले कारोबार गर्दा सचेत रहन सुरक्षाकर्मीले सर्वसाधारण सबैलाई आव्हान गरेको छ । कहिले नोटसँगै कारोबारी बजारमा आउँछन्, कहिले नोट मात्रै आउनेगरेको प्रहरीको भनाइ छ ।  

प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौं उपत्यकामा नक्कली नोट बेला–बेला फेला पर्नेगरेको बताउनुभयो । चाडबाडको समयमा किनमेल बढी हुँदा यो समय नोटको कारोबार पनि बढ्ने हुनाले नक्कली नोट कारोबार बढ्नेगरेको उहाँको भनाइ छ । 

नागरिक आफै चनाखो हुनुपर्छ, नागरिकको हाटमा पुगेर पैसा बैंकसम्म आउँछ ।

उहाँले भन्नुभयो, “त्यसका लागि नोट चिन्ने विभिन्न तरिका छ, थोरै मात्र ख्याल गरे नक्कली नोटबाट बच्न सकिन्छ ।” कुनै पनि कारोबार गर्दा सतर्कता अपनाउनुपर्ने उहाँको सुझाव छ । सर्वसाधारणलाई झुकाएर नक्कली नोट भिडाउनेको कमी बजारमा नरहेकाले कारोबार गर्दा सतर्क हुन उहाँले आग्रह गर्नुभयो ।

मैनालीले भन्नुभयो, “भिडभाडमा किनमेल गर्दा हतारमा पैसाको कारोबार गर्दा नक्कली नोटको कारोबारीले झुकाउने गर्छन् । सक्कली नोटमा नक्कली मिसाएर दिँदा सर्वसाधारण ठगिन्छन् ।” यस्ता नोट बैङ्किङ प्रणाली पार गरेर राष्ट्र बैङ्कसम्म पुग्ने गरेको उहाँले बताउनुभयो । 

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद पोखरेलले प्रहरीले नक्कली नोटको कारोबारीलाई पक्राउ गरे पनि यस्ता घटना राष्ट्र बैङ्कसम्म पुग्नेगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसका लागि नागरिक आफै चनाखो हुनुपर्छ, नागरिकको हाटमा पुगेर पैसा बैङ्कसम्म आउँछ ।” किनमेल गर्दा वा अन्य जुनसुकै पैसाको कारोबार गर्दा सचेत हुनुपर्ने उहाँले बताउनुभयो । 

भिडभाडमा किनमेल गर्दा हतारमा पैसाको कारोबार गर्दा नक्कली नोटको कारोबारीले झुक्याउने गर्छन् । सक्कली नोटमा नक्कली मिसाएर दिँदा सर्वसाधारण ठगिन्छन् ।

नक्कली नोटको अवस्था 

नक्कली नोटको कारोबार गर्ने गिरोह नै पक्राउ परेको प्रहरीको विभिन्न घटना अध्ययनले देखाउँछ । राष्ट्र बैङ्कले पनि यस विषयमा सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको सूचनाहरू प्रकाशन गर्नेगरेको छ । 

नक्कली नोटबाट जोगिन राष्ट्र बैङ्कले नोट छुट्टाउने तरिकाबारे जानकारी दिनेगरेको छ । त्यसका लागि राष्ट्र बैङ्कले एक सय, पाँच सय र एक हजार दरका नोटमा नक्कली भेटिन सक्ने भन्दै यसलाई कसरी छुट्टयाउने नोटमा चिन्ह लगाएर आफ्नो साइटमा राख्नेगरेको छ । 

प्रवक्ता मैनालीका अनुसार बजारमा नक्कली नोट धेरै नभए पनि जानकारीका लागि यो कुरा सबैले थाहा पाउन जरुरी छ । उहाँले भन्नुभयो, “नक्कली नोट कसरी चिन्ने त्यो नोटमा चिन्ह लगाएको छ ।” सर्वसाधारणको जानकारीका लागि राष्ट्र बैङ्कले एकदमै राम्रो काम गरेको उहाँको भनाइ छ । नोटअनुसार सजिलै नक्कली सक्कली नोट छुट्ट्याउन सकिने उहाँको भनाइ छ ।   

छुट्टयाउने तरिका

पानी छाप: नेपाली सक्कली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्दा लाली गुराँसको पानी छाप स्पष्ट देख्न सकिन्छ । नक्कली नोटमा पानी छाप अस्पष्ट र अलि कालो धब्बाजस्तो देखिन्छ ।

सुरक्षा धागो:  नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सकिँदैन । फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोपिएकोजस्तो देखिन्छ । सुरक्षा धागोलाई नियालेर हेर्ने हो भने धागोमा लचक हुन्छ ।

छोएर हेर्ने: नेपाली नोटको बुट्टालाई हातले विस्तारै छोएर हेर्ने हो भने यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिने हुन्छ । भगवतीको आकृति जुन फरक क्षमता भएका दृष्टिविहीनका लागि राखिएका तीन वटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिनेगरी राखिएका हुन्छ । उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको हुन्छ । 

आवाज: नेपाली नोट शतप्रतिशत कपासबाट भनेको कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ । 

अग्रपृष्ठ संयोजन:  १००, ५०० र १००० दरका नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि (बायाँतिर) भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर लचक भन्ने शब्द बन्छ । नक्कली नोटमा त्यसको लाइन फरक देखिने हुन्छ ।

एनआरबी अक्षर:  नेपाल राष्ट्र बैंकको अंग्रेजी संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र उक्त एनआरबीको बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको हुन्छ । उक्त एनआरबी प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ । उक्त एनआरबी अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।

श्री नेपाल राष्ट्र बैंक: नोटको अग्र भागमा प्रिन्ट गरिएको श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपियाँ १००० रुपियाँ एक हजार तुरुन्त पाइने छ । यसबाट पनि नोट चिन्न सकिने हुन्छ । पाँच सय र एक सय रुपियाँको नोट चिन्ने तरिका उस्तै हुन्छ । यसरी नोट पहिचान गर्दा कुनै एउटा विशेषताको भर नपरी सबै विशेषताको यकिन गर्नुपर्ने प्रवक्ता मैनालीको भनाइ छ ।स्रोतः गोप

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal