वालिङमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक (फोटो फिचर)
वालिङ,२९ असोज– यतिबेला गण्डकी प्रदेश खेलकुदमय भएको छ । यही आश्विन २८ देखि सुरु भई कार्तिक ३ गते सम्पन्न गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमले गण्डकी प्रदेश खेलकुदमय भएको हो ।

गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा सञ्चालित कार्यक्रमले खेलप्रेमीहरुलाई आकर्षित गरेको छ । ४० वर्षपछिको लामो समयमा भएको राष्ट्रियस्तरको खेलकुद प्रतियोगितात्मक कार्यक्रमलाई गण्डकी प्रदेशवासीले अवसरकारुपमा लिएका छन् ।

यसैबीच स्याङ्जाको वालिङमा महिला फुटवल प्रतियोगिता सञ्चालन भैरहेको छ ।
वालिङ खेलमैदानमा सञ्चालित महिला फुटबल प्रतियोगिताको शनिबार तीन खेल सम्पन्न भए । विदाको सदुपयोग गर्दै महिला फुटवल प्रतियोगिता हेर्न दर्शकहरुको उल्लेख्य उपस्थिति रह्यो ।

शनिबारको राष्ट्रिय महिला फुटबलमा एपिएफ क्लवले लगातार दोस्रो जीत निकालेको छ । एपिएफले कर्णाली प्रदेशलाई विरुद्ध शुन्यका विरुद्ध १६ गोल गरी विजयी भएको हो ।

एपिएफका लागि खेल सुरु भएको ५ औं मिनेटमा सावित्रा भण्डारीद्वारा सुरुवाती गोल भयो । योसँगै सावित्राले एक्लै ५ गोल गरिन् । यसैगरी सरु लिम्वुले ४ गोल गर्दा अनिता केसी र रविना गोलेले समान दुई दुई गोल गरे । यस्तै एपिएफका लागि प्रिती राई, गीता राना, मनमायाँ लिम्वुले पनि समान एक एक गोलको योगदान गरे । खेलको सुरुदेखि नै दवावमा पारेको एपिएफले प्रतिस्पर्धामा उत्रेको कर्णालीलाई गोल गर्ने मौका दिएन ।

यस्तै शुक्रबार भएको खेलमा गण्डकीसँग ३—० को हार बेहोरेको कर्णालीलाई एपिएफले शुन्यका विरुद्ध १६ गोल गरेको हो । शुक्रबार भएको खेलमा विभागीय टीम एपिएफले प्रदेश १ लाई एकका विरुद्ध सात गोल गर्दै सुरुवाती विजयी भएको थियो ।
यसैगरी दिउसो १२ः३० र ३ः३० मा भएको खेलमा प्रदेश १ र वाग्मती विजयी भएका छन् ।

शनिबार प्रदेश १ ले गण्डकीलाई १ का विरुद्ध २ गोल गर्दै जीत निकालेको हो । प्रदेश १ का लागि पहिलो हाफको ३६ औं मिनेटमा अन्जना थुलुङ राइले गोल गरिन् । कडा प्रतिस्पर्धामा उत्रेको गण्डकीबाट पहिलो हाफमा गोल हुन सकेन । यसैगरी दोस्रो हाफको ६३ औं मिनेटमा प्रदेश १ की अनिता गुरुङले गोललाई दोव्वर पारिन् । गण्डकीले भने ८१ औं मिनेटमा शान्ता नेपालीको सान्त्वना गोलमै चित्त बुझाउनु प¥यो । यस्तै दिउसो ३ः३० मा भएको खेलमा वाग्मतीले लुम्विनीलाई शुन्यका विरुद्ध ७ गोल गर्दै जीत निकालेको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















