वालिङमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक (फोटो फिचर)
वालिङ,२९ असोज– यतिबेला गण्डकी प्रदेश खेलकुदमय भएको छ । यही आश्विन २८ देखि सुरु भई कार्तिक ३ गते सम्पन्न गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सञ्चालित विभिन्न कार्यक्रमले गण्डकी प्रदेश खेलकुदमय भएको हो ।

गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा सञ्चालित कार्यक्रमले खेलप्रेमीहरुलाई आकर्षित गरेको छ । ४० वर्षपछिको लामो समयमा भएको राष्ट्रियस्तरको खेलकुद प्रतियोगितात्मक कार्यक्रमलाई गण्डकी प्रदेशवासीले अवसरकारुपमा लिएका छन् ।

यसैबीच स्याङ्जाको वालिङमा महिला फुटवल प्रतियोगिता सञ्चालन भैरहेको छ ।
वालिङ खेलमैदानमा सञ्चालित महिला फुटबल प्रतियोगिताको शनिबार तीन खेल सम्पन्न भए । विदाको सदुपयोग गर्दै महिला फुटवल प्रतियोगिता हेर्न दर्शकहरुको उल्लेख्य उपस्थिति रह्यो ।

शनिबारको राष्ट्रिय महिला फुटबलमा एपिएफ क्लवले लगातार दोस्रो जीत निकालेको छ । एपिएफले कर्णाली प्रदेशलाई विरुद्ध शुन्यका विरुद्ध १६ गोल गरी विजयी भएको हो ।

एपिएफका लागि खेल सुरु भएको ५ औं मिनेटमा सावित्रा भण्डारीद्वारा सुरुवाती गोल भयो । योसँगै सावित्राले एक्लै ५ गोल गरिन् । यसैगरी सरु लिम्वुले ४ गोल गर्दा अनिता केसी र रविना गोलेले समान दुई दुई गोल गरे । यस्तै एपिएफका लागि प्रिती राई, गीता राना, मनमायाँ लिम्वुले पनि समान एक एक गोलको योगदान गरे । खेलको सुरुदेखि नै दवावमा पारेको एपिएफले प्रतिस्पर्धामा उत्रेको कर्णालीलाई गोल गर्ने मौका दिएन ।

यस्तै शुक्रबार भएको खेलमा गण्डकीसँग ३—० को हार बेहोरेको कर्णालीलाई एपिएफले शुन्यका विरुद्ध १६ गोल गरेको हो । शुक्रबार भएको खेलमा विभागीय टीम एपिएफले प्रदेश १ लाई एकका विरुद्ध सात गोल गर्दै सुरुवाती विजयी भएको थियो ।
यसैगरी दिउसो १२ः३० र ३ः३० मा भएको खेलमा प्रदेश १ र वाग्मती विजयी भएका छन् ।

शनिबार प्रदेश १ ले गण्डकीलाई १ का विरुद्ध २ गोल गर्दै जीत निकालेको हो । प्रदेश १ का लागि पहिलो हाफको ३६ औं मिनेटमा अन्जना थुलुङ राइले गोल गरिन् । कडा प्रतिस्पर्धामा उत्रेको गण्डकीबाट पहिलो हाफमा गोल हुन सकेन । यसैगरी दोस्रो हाफको ६३ औं मिनेटमा प्रदेश १ की अनिता गुरुङले गोललाई दोव्वर पारिन् । गण्डकीले भने ८१ औं मिनेटमा शान्ता नेपालीको सान्त्वना गोलमै चित्त बुझाउनु प¥यो । यस्तै दिउसो ३ः३० मा भएको खेलमा वाग्मतीले लुम्विनीलाई शुन्यका विरुद्ध ७ गोल गर्दै जीत निकालेको छ ।
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















