नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको वालिङमा सञ्चालित महिला फुटबलमा ३ खेल सम्पन्न

वालिङ,२८ असोज– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङ खेलमैदानमा सञ्चालित महिला फुटबल प्रतियोगिताको शुक्रबार ३ खेल भएका छन् ।
विभागीय टीम एपीएफ, गण्डकी प्रदेश विजयी भएका छन् भने तेस्रो खेल बराबरीमा टुंगिएको छ ।
पहिलो खेलमा विभागीय टीम एपीएफले प्रदेश नम्बर १ लाई १ का विरुद्ध ७ गोल गर्दै विजयी भएको हो । एपीएफका लागि सावित्रा भण्डारीले ६ गोल गर्नुभयो भने अनिता केसीले एक गोल गर्नुभएको थियो । प्रदेश नम्बर १ का लागि अन्जना थुलुङ राईले १ गोल गर्नुभयो ।
यसैगरी दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई शुन्यका विरुद्ध ३ गोलले हराएको हो । खेलको ३३ औं मिनेटमा शान्ता नेपालीले सुरुवाती गोल गर्नुभएको थियो । उदया थापाको दुई गोलसहित गण्डकीले शुन्यका विरुद्ध ३ गोल गरी जीत निकाल्न सफल भएको हो ।
खेलको धेरैजसो समय गण्डकीले कर्णाली प्रदेशलाई दवावमै राखेको थियो । गोल गर्ने केही प्रयास गरे पनि गोल गर्न नसक्दा कर्णाली प्रदेश पराजित हुन पुगेको हो । त्यस्तै आजको अन्तिम तथा तेस्रो खेल सुदुरपश्चिम र मधेस प्रदेश बीचको खेल बराबरीमा टुंगिएको हो । खेलको अन्तिम समयसम्म पनि दुवै प्रदेशका खेलाडिले कुनै पनि गोल नगरेपछि खेल गोलरहित टुंगीएको छ ।
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार