एमाले सचिव आर्याल सहितका नेताद्वारा उम्मेदवारी दर्ता

वालिङ,२३ असोज– यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि नेकपा एमालेका तर्फबाट एमाले उम्मेदवारले आआफ्नो निर्वाचन क्षेत्रमा उम्मेदरी दर्ता गराएकाछन् ।

नेकपा एमाले सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि वालिङ नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी क्षेत्र नम्बर २ प्रदेशसभा क बाट नेकपा एमाले गण्डकी प्रदेश उपाध्यक्ष मोहन रेग्मीले उम्मेदवारी दर्ता गराउनुभएको छ । रेग्मी यस अघि ०७४ को निर्वानमा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रदेशसभा ख बाट नेकपा एमाले नेता गण्डकी प्रदेश सचिवालय सदस्य डा. बुद्धिमान श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

एमाले उम्मेदवारहरु बाजा गाजासहित कार्यक्रता र शुभचिन्तकका साथै उम्मेदवारी दर्ताको लागि पुगेका थिए ।
उम्मेदवारी दर्ता गराए संगै एमाले नेतृ अर्यालले राष्ट्रियताको रक्षाको लागि आफुले उम्मेदवारी दिएको बताउनुभएको छ । गठबन्धन सरकार राष्ट्रियताको विषयमा लाचार बनेको बताउदै एमाले सचिव अर्यालले राष्ट्रियताको रक्षाका साथै सुखि नेपाली समृद्ध नेपाल निर्माणको कार्यभार पुरा गर्न आफुले उम्मेदवारी दिएको बताउनुभयो । सम्पुर्ण मतदाताहरुलाई एमालेका उम्मेदवारका पक्षमा मतदान गर्न समेत अर्यालले आग्रह गर्नुभयो ।

यसै गरी क्षेत्र नम्बर १ बाट प्रतिनिभि सभासदस्यको लागि नेकपा एमालेको तर्फबाट एमाले नेता एवं पूर्व साम्सद नारायण मरासिनीले उम्मेदवार दिनभएको छ भने प्रदेशसभा क बाट केन्द्रीय सदस्य सीता सुन्दासले उम्मेदवारी दर्ता गराउनुभएको छ भने प्रदेशसभा ख बाट नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं आँधिखोला गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष सुधिर पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal