कांग्रेस उपसभापति गुरुङ सहितका नेताद्वारा उम्मेदवारी दर्ता

वालिङ,२३ असोज– यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि नेपाली कांग्रेसको तर्फबाट कांंग्रेसका उम्मेदवारले आआफ्नो निर्वाचन क्षेत्रमा उम्मेदरी दर्ता गराएकाछन् ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको लागि वालिङ नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यसैगरी क्षेत्र नम्बर २ प्रदेशसभा क बाट कांग्रेस नेता भोजराज अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशसभा ख बाट महेश भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उम्मेदवारी दर्ता गराए संगै कांग्रेस उपसभापति गुरुङले मुलुकलाई भ्रष्टाचार मुक्त बनाउनको लागि आफुले उम्मेदवारी दिएको र पहिलो प्राथमिकता सुशासन कायम गर्ने बताउनुभएको छ ।
यसै गरी क्षेत्र नम्बर १ बाट प्रतिनिभि सभासदस्यको लागि नेपाली कांग्रेसको तर्फबाट कांग्रेस स्याङ्जाका सभापति राजु थापाले उम्मेदवार दिनभएको छ भने प्रदेशसभा क बाट मेखलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ भने प्रदेशसभा ख बाट कुमार रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal