वर्षाको प्रवाह नगरी खेलमैदान निर्माणमा नगरप्रमुख ः कृष्ण खाँण
गाोपाल जिटी
वालिङ,२० असोज– मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षादका बावजुद पनि वालिङ खेलमैदानमा दुवो विछ्याउने काम भैरहेको छ । यसका लागि वालिङ नगर प्रमुखसहित युवाहरु झरीको प्रवाह नगरी खटिएका छन् ।
यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला फुटबलको खेल स्याङ्जाको वालिङमा हुँदैछ । यसका लागि वालिङस्थित मालेबगर खेलमैदानको तयारीलाई निरन्तरको झरीसँगै दुवो विछ्याउने काम अगाडि बढाइएको हो ।

वालिङ नगर प्रमुख कृष्ण खाँडसहित खेलाडी तथा स्थानीय युवाहरु झरीसँगै दुवो विछ्याउने काममा खटिएर लागेका छन् । झरिको प्रवाह नगरी काममा खटिनुले वालिङवासी सबैलाई उत्साही बनाएको देखिन्छ ।
निरन्तरको वर्षादकाबीच पनि अबको तीन दिनमा तयारी पुरागर्ने नगरप्रमुख खाँणले बताउनु भएको छ । करिव ४० वर्षको अन्तरालमा पाएको अवसरलाई वालिङका साथै समग्र जिल्लावासीकै प्रतिष्ठाको विषय हो, यसलाई जसरी पनि सम्पन्न गरिछाड्ने नगर प्रमुख खाँणले बताउनुभयो । खेलमैदान तयारीका लागि वालिङले जन्माएका विभिन्न उमेर समूहका राष्ट्रिय खेलाडि स्थानीय युवा, समाजसेवी, संघ संस्थाहरुकोसमेत उत्साहजनक सहयोग रहेको नगरप्रमुख खाँणले उल्लेख गर्नुभयो ।

प्रमुख खाँणले भन्नुभयोु “हामी अहिले खेलाडी तथा वालिङका युवाहरुको साथमा काम अगाडि बढाएका छौं । शुक्रबारदेखि नगरपालिकाका १४ वटै वडाका युवाहरुको सहभागितामा काम हुने छ । यसका लागि वडा अध्यक्षसहितका युवाहरुको उपस्थिति रहने छ । यसका साथै वालिङस्थित शसस्त्र प्रहरी बल तथा जनपद प्रहरीकोसमेत साथ रहने छ ।”
४५ लाख बढि दुवो खरिदमा लागेको र ढुवानी तथा अन्य तयारीसमेत गर्दा करिव १ करोडको खर्च हुने समेत नगरप्रमुख खाँणले जानकारी गराउनुभयो ।

यसका लागि स्थानीय व्यक्ति विशेषका साथै सबैको साथ र सहयोग रहेको छ । वालिङ नगरपाकिासँगै जिल्लाका अन्य पालिकाहरुकोसमेत खेलमैदान निर्माणका लागि सहयोग रहेको नरप्रमुख खाँणले बताउनुभयो । अहिलेको तयारीसँगै आगामी ५ वर्षसम्ममा मिनी रङ्गशालाकोरुपमा विकास गर्ने कामको थालनी भएको नगर प्रमुख खाँणको भनाइ थियो ।
नगरप्रमुख कृष्ण खाँण भिडियो…………..
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















