वर्षाको प्रवाह नगरी खेलमैदान निर्माणमा नगरप्रमुख ः कृष्ण खाँण

गाोपाल जिटी

वालिङ,२० असोज– मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षादका बावजुद पनि वालिङ खेलमैदानमा दुवो विछ्याउने काम भैरहेको छ । यसका लागि वालिङ नगर प्रमुखसहित युवाहरु झरीको प्रवाह नगरी खटिएका छन् ।

यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला फुटबलको खेल स्याङ्जाको वालिङमा हुँदैछ । यसका लागि वालिङस्थित मालेबगर खेलमैदानको तयारीलाई निरन्तरको झरीसँगै दुवो विछ्याउने काम अगाडि बढाइएको हो ।

वालिङ नगर प्रमुख कृष्ण खाँडसहित खेलाडी तथा स्थानीय युवाहरु झरीसँगै दुवो विछ्याउने काममा खटिएर लागेका छन् । झरिको प्रवाह नगरी काममा खटिनुले वालिङवासी सबैलाई उत्साही बनाएको देखिन्छ ।

निरन्तरको वर्षादकाबीच पनि अबको तीन दिनमा तयारी पुरागर्ने नगरप्रमुख खाँणले बताउनु भएको छ । करिव ४० वर्षको अन्तरालमा पाएको अवसरलाई वालिङका साथै समग्र जिल्लावासीकै प्रतिष्ठाको विषय हो, यसलाई जसरी पनि सम्पन्न गरिछाड्ने नगर प्रमुख खाँणले बताउनुभयो । खेलमैदान तयारीका लागि वालिङले जन्माएका विभिन्न उमेर समूहका राष्ट्रिय खेलाडि स्थानीय युवा, समाजसेवी, संघ संस्थाहरुकोसमेत उत्साहजनक सहयोग रहेको नगरप्रमुख खाँणले उल्लेख गर्नुभयो ।

प्रमुख खाँणले भन्नुभयोु “हामी अहिले खेलाडी तथा वालिङका युवाहरुको साथमा काम अगाडि बढाएका छौं । शुक्रबारदेखि नगरपालिकाका १४ वटै वडाका युवाहरुको सहभागितामा काम हुने छ । यसका लागि वडा अध्यक्षसहितका युवाहरुको उपस्थिति रहने छ । यसका साथै वालिङस्थित शसस्त्र प्रहरी बल तथा जनपद प्रहरीकोसमेत साथ रहने छ ।”

४५ लाख बढि दुवो खरिदमा लागेको र ढुवानी तथा अन्य तयारीसमेत गर्दा करिव १ करोडको खर्च हुने समेत नगरप्रमुख खाँणले जानकारी गराउनुभयो ।

यसका लागि स्थानीय व्यक्ति विशेषका साथै सबैको साथ र सहयोग रहेको छ । वालिङ नगरपाकिासँगै जिल्लाका अन्य पालिकाहरुकोसमेत खेलमैदान निर्माणका लागि सहयोग रहेको नरप्रमुख खाँणले बताउनुभयो । अहिलेको तयारीसँगै आगामी ५ वर्षसम्ममा मिनी रङ्गशालाकोरुपमा विकास गर्ने कामको थालनी भएको नगर प्रमुख खाँणको भनाइ थियो ।

नगरप्रमुख कृष्ण खाँण भिडियो…………..

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal