अविरल वर्षाका कारण बायँटारीका ५ घर जोखिममा
वालिङ,२० असोज– मंगलबारदेखिपरेको अविरल वर्षासंगै पहिरो जादा वालिङ नगरपालिका वडा नम्बर १३ को बायँटारीमा ५ घर जोखिममा परेका छन् ।
अविरल वर्षासंगै पहिरो जादा बायँटारीका ५ पक्की घरअगाडि पहिरो खस्दा ती घरहरु उच्च जोखिममा परेका हुन् । वालिङ नगरपालिका १३ का वडा अध्यक्ष नमलाल डुम्रेले बायँटारीका धनबहादुर डाला, पृथलाल गुरुङ, हाइमाया गुरुङ र इन्द्रबहादुर सार्कीलगायतको घरअगाडि पहिरो जाँदा घरहरु जोखिममा परेको बताउनुभयो ।

जोखिममा रहेका घरका परिवारलाई अन्त्र स्थानान्तरण गरिएको छ । जोखिममा रहेका पध्ये तीन घर परिवारलाई मगर भवनमा सारिएको छ भने दुई घर आफन्तको घरमा बसेको अध्यक्ष डुम्रेले जानकारी दिनुभयो । घरमा रहेका सम्पुर्ण सामानहरु समेत सारिएको छ । तत्काललाई वर्षाबाट जोखिम कम गर्नका लागि प्लाष्टिकले पानी तर्काउने काम गरिएको छ ।
घर अगाडी पहिरो गएको खबर पाए लगतै वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण, वडा अध्यक्ष नमलाल डुम्रे समेत घटनास्थल पुगेर तृपाल लगायतका सामग्री पहिरो गएको स्थानमा राखेर थप पहिरो जानबाट रोकनको लागि पहल गर्नुभएको थियो ।
नगरपालिकाले तत्काल पहिलो रोकथामका लागि प्लाष्टिकहरु उपलब्ध गराएको छ भने शसस्त्र र जनपथको सहयोगमा प्लाष्टिकहरु बिछ्याईएको छ । वर्षा निरन्तर भएका कारण सचेत रहन आग्रह गर्दै कहिँ कतै जोखिम अवस्था सृजना भएमा सम्बन्धीत वडा तथा नगरपालिकामा सूचना गरी सुरक्षित रहन नगरप्रमुख खाँणले आग्रह गर्नुभएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















