अविरल वर्षाका कारण बायँटारीका ५ घर जोखिममा
वालिङ,२० असोज– मंगलबारदेखिपरेको अविरल वर्षासंगै पहिरो जादा वालिङ नगरपालिका वडा नम्बर १३ को बायँटारीमा ५ घर जोखिममा परेका छन् ।
अविरल वर्षासंगै पहिरो जादा बायँटारीका ५ पक्की घरअगाडि पहिरो खस्दा ती घरहरु उच्च जोखिममा परेका हुन् । वालिङ नगरपालिका १३ का वडा अध्यक्ष नमलाल डुम्रेले बायँटारीका धनबहादुर डाला, पृथलाल गुरुङ, हाइमाया गुरुङ र इन्द्रबहादुर सार्कीलगायतको घरअगाडि पहिरो जाँदा घरहरु जोखिममा परेको बताउनुभयो ।

जोखिममा रहेका घरका परिवारलाई अन्त्र स्थानान्तरण गरिएको छ । जोखिममा रहेका पध्ये तीन घर परिवारलाई मगर भवनमा सारिएको छ भने दुई घर आफन्तको घरमा बसेको अध्यक्ष डुम्रेले जानकारी दिनुभयो । घरमा रहेका सम्पुर्ण सामानहरु समेत सारिएको छ । तत्काललाई वर्षाबाट जोखिम कम गर्नका लागि प्लाष्टिकले पानी तर्काउने काम गरिएको छ ।
घर अगाडी पहिरो गएको खबर पाए लगतै वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण, वडा अध्यक्ष नमलाल डुम्रे समेत घटनास्थल पुगेर तृपाल लगायतका सामग्री पहिरो गएको स्थानमा राखेर थप पहिरो जानबाट रोकनको लागि पहल गर्नुभएको थियो ।
नगरपालिकाले तत्काल पहिलो रोकथामका लागि प्लाष्टिकहरु उपलब्ध गराएको छ भने शसस्त्र र जनपथको सहयोगमा प्लाष्टिकहरु बिछ्याईएको छ । वर्षा निरन्तर भएका कारण सचेत रहन आग्रह गर्दै कहिँ कतै जोखिम अवस्था सृजना भएमा सम्बन्धीत वडा तथा नगरपालिकामा सूचना गरी सुरक्षित रहन नगरप्रमुख खाँणले आग्रह गर्नुभएको छ ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















