महेशा अमिनी देखि विल्किस वानो सम्म !
खुमकान्त अर्याल
कुने समय थियो एक जिल्लाबाट आर्को जिल्लामा खवर र चिठीपत्र पुग्न हप्ता दश दिन लाग्ने गर्दथ्यो तर आज आँफ्नै गाँउको घटना र पृथ्वीका पल्लो छेउको खवर उहिउही समयमा थाहा पाइ सकिन्छ ।
आजकल व्यक्ति तथा समाजका निजात्मक कुराहरूले पनि वैश्विक तरंग श्रृजना गर्दछ चाहे त्यो राम्रो कुराहोस वा नराम्रो । सूचनाको यो सुविधाले मानिसहरूले आँफ्ना विश्वव्यापी नैसर्गिक हक अवस्था र अधिकारका बारे जान्ने र तुलना मात्र गर्ने हो र यसको प्राप्तीका लागि प्रेत्साहित हुने र वातावरण श्रृजना गर्ने काम पनि गरेको छ ।
सन्सारको कुनै कुनामा कसैमाथि जघन्य अपराध र यातना दिइयो भने त्यसको सम्वेदनाले सवैलाई छुन्छ र आँफ्नो समाज, ध्रर्म र देशको सीमा भन्दा माथि उठेर त्यस अन्यायको विरूद्धमा मत जाहेर गरेका हुन्छन् । २– ४ दिन भित्रकै घटना हो, कुर्द समुदायकी २२ वर्षकी इरानी महिला महेशा अमिनी आँफ्ना भाइ संग गत १३ सेप्टेमवरको दिन राजधानी तेहरान आएकी थिइन, उनलाई त्याहाँका नैतिक पुलिसहरूले बुर्का नलगाएको आरोपमा पक्राउ गरे र केही घन्टा भित्रै पुलिस कस्टडीमा उनको मृत्यु भयो । पुलिसले यातना दिदा उनको मृत्यु भएको हो भनेर उनका परिवार र इरानी महिलाहरूले दावी गरिरहेका छन् ।
यो समाचार फैलिएपछि इरानी महिलाहरूले हिजाव जलाएर , फ्याकेर र कपाल काटेर देशभर प्रदर्शन र आन्दोलन गरिरहेका छन् । प्रदर्शनको क्रममा अहिले सम्म ९ जाना महिलाले पुलिसको हातबाट ज्यान गुमाइसकेका छन् । इरानमा हिजाव नलगाउने महिलाहरूलाई कोर्रा, जरिवाना र कैदको सजाय गर्ने नियम रहेछ । त्याहाँ महिलाहरूले गीत गाउन, कसिलो कपडा लगाउन, प्रतिवन्ध छ र उनीहरूलाई पासपोर्ट वनाउन, एक्लै निस्कन तथा विदेश भ्रमणका लागि कडा नियमहरू लगाइएको छ ।
स्टेडियममा गएर फुटवल हेर्न पनि प्रतिवन्ध थियो तर अहिले खेल हेर्न सम्म दिएका छन् । पोषाक राम्रो संग नलगाएकै निहुँमा मारिएकी इरानी महिला, महेशा अमीनीको समाचारले न्यायपृय सवै मानिसहरूलाई छोएको छ । टर्की, अमेरिकाका साथै धेरै देशहरूमा यो विभेद र घटनाको विरूद्धमा प्रदर्शनहरू भएका छन् । इरानमा सन १९७९ को इस्लामिक क्रान्ति भन्दा अगाडि महिलाहरूले हिजाव लगाउन अनिवार्य थिएन । महिला माथि यो भन्दा पनि अझ धेरै विभेद अफगानिस्तानमा छ र त्यहाँ उच्च शिक्षा पढ्न पनि प्रतिवन्ध छ ।
यस्तै जनताबाट निर्वाचित सरकारलाई अपदस्थ गरि सत्ता कव्जा गरेको वर्माका सैनिकहरूले प्रजातन्त्र समर्थकहरू माथि गरिएका व्यवहारहरू पनि दर्दले भरिएको र विभेदी छ । वर्मेली सैनिकले विद्यालय माथि हवाई हमला गर्दा भर्खरै ९ निर्दोस नावालकहरू मारिएका छन्, तानाशाहा सैनिक शासकहरू विरोधी माथि कति हद सम्म वर्वर हुन सक्छन भन्ने वर्माको पछिल्लो उदाहरण हो ।
यी त तानाशाही शासकहरू भएको देशमा भएको र हुनेगरेका सांकेतिक घटनाहरू हुन् , सन्सारकै सवैभन्दा ठूलो लोकतान्त्रिक मुलुक छिमेकी देश भारतमा महिला तथा वालिका माथि भएको निर्मम वलत्कार र हत्याका ११ आरोपीहरूलाई भर्खरै गरिएको कैद माफी र उनीहरूलाई गरिएको सम्मान आधुनिक सभ्य समाजलाई देख्न र सुन्न पनि सर्म लाग्ने खालको छ ।
सन २००२ को गुज्रात दंगाको सिलसिलामा ३ महिनाको गर्भमा वालक भएकी मुस्लिम महिला विल्किस वानोलाई आँफ्नो सासु ससुराका अघिल्तिर वलत्कार गरि उनको काखको ३ वर्षको छोरीलाई भुइमा थेचारी मारेको र ती वालिका सहित ७ जना परिवार सदस्यको जघन्य हत्या गर्ने ११ आरोपीहरूलाई सन २०१७ वम्वै उच्च अदालतले आजीवन कारावास सुनाएकोमा आरोपीहरूको व्यवहार राम्रो रहेको हवाला दिदै भारत स्वतन्त्र भएको ७५ औं वर्षको अवसरमा, गुज्रात प्रदेश सरकारले वाँकी कैद माफी दिएर गत महिना जेलमुक्त गर्यो ।
भारतीय कानुन अनुसार हत्या तथा वलत्कारको गम्भीर आरोप प्रमाणित भएकाहरूलाई त्यस्तो कैद माफी गर्न नमिल्ने हुदा हुदै हिन्दु भएकै आधारमा सरकारले माफि दिएको भनेर सरकार माथि आरोप लागिरहेको छ । जेलमुक्त भएका ११ आरोपीलाई गुज्रात प्रदेशका सत्ताधारी दलका एक प्रदेश सभासदले फुल मालाले स्वागत गरेका थिए । यी आरोपीहरूको रिहाइ पछि यिनीहरू संग डराएर यस मुद्दाका साक्षी तथा विल्कस वानोका गाउँलेहरू डराएर गाउँ छाडेर सहर पसिरहेका छन् । हिन्दु कट्टरवादी भाजपाको गुज्रात सरकारको यो िनर्णय मुस्लिम धर्ममा आस्था राख्ने माथि गरिएको विभेदकारी निर्णय हो भनेर भारत मात्र हैन सन्सार भर यसको आलोचना भएको छ । यी आरोपीको कैद माफी वदर गर्न माग गर्दै सुप्रिम कोर्टमा विभिन्न मानव अधिकार कर्मी तथा पिडिता विल्किस वानोले याचिका दायर गरेका छन् ।
मानिस इस्वरको दृष्टिमा पनि एउटै छ र जन्मको हिसावले पनि एउटै छ ।हाम्रो शरीरको प्रणली सवैको एउटै छ, स्वास प्रश्वास, पाचन, मेरुदण्ड तथा हड्डि र नशाहरू । सवैलाई समयमा नखाँदा भोकलाग्छ । सवैलाई निद्रा लाग्दछ । सवैको जन्म गर्भाधान प्रकृयावाट भएको छ । सवैको रगत रातो छ । सवै एकपटक मर्दछन् । सवैले खाएको चीज पाचनगरी मलमुत्रको रुपमा विसर्जन गर्दछन्, मलमुत्र सवैको दुर्गन्धित नै हुन्छ । सवै अंगप्रत्यंग एउटै स्वरुपको छ । सवैको मूलभूत आवश्यकताको प्रकृति एउटै छ । तर हामी भने विभिन्न जाति वर्ण लिङ्ग र भूगोलका आधारमा विभाजित गरेर आँफुलाई केन्द्रमा राखेर भेदको व्यवस्था लागु गर्दछौं ।
हिन्दु मुस्लिम इसाइमा वर्गीकरण गर्ने र भेद गर्ने हामी नै हौं न त इस्वरले कसैले भेद गरेको छ न त प्रकृतिले नै । महिला भएकै कारण भेद गर्न पर्ने कुने कारण नै छैन वरू उनीहरूलाइ वढी सम्मान गर्नु पर्ने हो । एक आमाले छोरा जन्माएर अनेक कष्ट सहेर हुक्र्याउछिन, छोरो वालिग भएपछि तिनै आमाको पोषाक निर्धारण गर्ने विशेषाधिकार छोरालाई दिन्छौ हामी । के आमालाई आँफ्नो पोषाक रोज्ने अधिकार पनि दिन सक्दैनौ हामी ? सिक्षा, स्वास्थ्य विकास र सुविधाको खोज र व्यवस्थापनमा प्रार्थमिकता दिनु पर्नेमा अझै हामी मन्दिर मस्जिद वुर्का र विभाजनमा अलमलिएका त छैनौं । कुनै धर्मको आडमा हामी विशेष कहलाउने हक छ, आजको यो वैग्यानिक यूगमा ?
वरू सम्वृद्धि र सुख दिन सक्नेहरूले केही अभिमान गर्न सुहाउला । के तिनै नागरिकको भोट र समर्थनमा अधिकार हातमा लिएपछि तिनीहरू प्रति समान कानुन र समान व्यवहार लागु गर्न पर्नेमा उल्टै भेदभाव र अन्याय गर्न मिल्छ ? के हामी संग शक्तिका संयन्त्र र संसाधन छ भन्दैमा कसैको अधिकार खोसेर अन्याय गर्न मिल्छ ? हरेक धर्ममा पाप पुण्यको अवधारणा छ त्यसो गर्दा कति पाप लाग्ला ? के हामी त्या सिंहासन र पदमा सधै टाँसिएर वसौला ?
यी र यस्ता मानवीय पक्षलाई सत्ताका सवै तहका मुखियाहरूले संधै सम्झनु पर्दछ तव न्याय धर्म र करूणा प्रवाहित हुन्छ । नत्र यो सन्सार विल्किस वानो, निर्मला, र महेशा अमिनीहरूको रोदन र क्रन्दनले आक्रान्त हुनेछ र धनीहरूको महलका सिसाहरू सुरक्षित हुनेछैनन र उनीहरू पनि सजिलो संग कहिल्यै निदाउन पाउने छैनन । अन्याय र विभेद जहासुकैको होस आवाज उठाएर नैतिक दवाव दिने काम सवैले गर्नै पर्दछ ।लेखक अर्याल वालिङ ६ निवासी हुनुहन्छ ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















