लेक लाग्न थालेपछि खप्तडमा सेनाको निःशुल्क स्वास्थ्य सेवा

काठमाडौं,८ असोज – बझाङको खप्तडछान्ना–५ कृष्णा जोशी गत शुक्रबार ओरालु (सैन डाँडामा) मेलाका लागि अघिल्लै दिन खप्तड जानुभयो । 

खप्तड जाँदा उहाँलाई लेक लाग्न सुरु भयो । कागती र केही खाजा बोक्नुभएकी उहाँलाई हिँड्न सहज त भयो तर रिँगटा लाग्ने भने ठिक भएन । गाउँमा आफन्तसँग फोनमा कुरा गरेर आफ्नो समस्या सुनाएपछि नेपाली सेनाको ब्यारेकबाट उहाँलाई औषधि ल्याइयो र बिरामी निको भयो ।

बाजुरा काँडाका श्यामलाल रोकायाले पनि खप्तड जाँदा त्यही समस्या भोग्नुभयो । दहपाटनबाट हिँड्नै नसक्ने भएका रोकाया खप्तड ब्यारेक पुगेपछि भने सेना उपलब्ध गराएको औषधिले निकै राहत गरेको सुनाउनुभयो । आधा घण्टा ब्यारेकमा आराम गरेपछि भने रोकाया त्रिवेणी पुगेर पूजाआजापछि घर फर्किनुभयो । 

खप्तडमा यस्ता समस्या हुने दर्जनौँ नागरिकको ओखती बनेको छ, खप्तड ब्यारेक । पर्यटक, गोठाला, तीर्थालु भक्तजनलाई पछिल्लो दशकयता भने खप्तडमा बिरामी हुँदा चिन्ता हुँदैन । नेपाली सेनाको ब्यारेकबाट उपलब्ध हुने औषधि खाँदा सामान्य बिरामी सजिलै ठिक हुने गोठालो गर्न आउनुभएका विनोद रावलले बताउनुभयो ।

खप्तडमा यस्ता समस्या दिनहुँ हुने भएपछि नेपाली सेनाले पनि विभिन्न मेलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । मेलामा धेरै टाढाबाट र कहिल्यै नआउने तीर्थालुलाई लेक लाग्ने समस्या हुन थालेपछि मेला भइरहेको क्षेत्रभित्रै शिविर आयोजना गर्दै आएको श्री सिंह शार्दूल गुल्म खप्तडका गुल्मपति विनोदकुमार सिलवालले बताउनुभयो ।

ओरालु सैन डाँडामा मेलामा मात्रै होइन, जगन्नाथ मेला, दशहरामा पनि हजारौँ तीर्थालु भक्तजनले सेनाको शिविरबाट सेवा लिने गर्छन् । ओरालु सैन डाँडामा मात्रै नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट अढाई सयभन्दा बढीले सेवा लिएको सिलवालले बताउनुभयो । 

उहाँका अनुसार गत महिना जगन्नाथ मेलामा पनि एक सय ४१ जनाले सेवा लिएका थिए । बर्सेनि लाग्ने गङ्गा दशहरा मेलामा त हजारौँको सङ्ख्यामा बिरामीको जाँच तथा उपचार हुन्छ । नेपाली सेनामा कार्यरत स्वास्थ्यकर्मीले दशहरा मेलामा दुई दिनसम्म निःशुल्क उपचार गर्ने गरेको उहाँले बताउनुभयो । 

खप्तडमा लाग्ने मेलामा हरेक वर्ष सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । गुल्मपति सिलवालका अनुसार अग्लो ठाउँमा चढ्दा तीर्थालु तथा पर्यटकलाई लेक लाग्ने समस्याका बिरामी ब्यारेकमा बढ्दै गएपछि मेलामा शिविर नै आयोजना गरिएको हो । ब्यारेकमा पनि दैनिकजसो १५/२० जनाले स्वास्थ्य सेवा लिइरहेको उहाँले बताउनुभयो ।

जनपूर्णिमाको अवसरमा लाग्ने सानो मेलामा समेत नेपाली सेनाले सयौँको सङ्ख्यामा तीर्थालु तथा भक्तजनको उपचार गरेको छ । हरेक मौसममा खप्तड भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि खप्तडमा स्वास्थ्य उपचारका लागि कुनै समस्या नहुने उहाँले बताउनुभयो । “हामीसँग औषधि भए जति आउने सबै बिरामीको उपचार गरेर पठाउँछौँ”, उहाँले भन्नुभयो, “औषधि अपुग भएमा विभिन्न स्वास्थ्य संस्थासँग समन्वयमा औषधि ल्याउने गरेका छौँ ।”

नेपाली सेनाले पर्यटकीय क्षेत्रमा पर्ने मेलामा हरेक वर्ष निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । बडिमालिकाको त्रिवेणी इलाका, खप्तड, रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ चोलाङ्लापाटी, काभ्रेको गोसाइँस्थानलगायतका क्षेत्रमा त एकै सिजनमा हरेक वर्ष शिविर आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।रासस

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal