गल्याङका ९ सामुदायिक विद्यालयमा बालमैत्री पुस्तकालय स्थापना


स्याङ्जा,२५ भदौ– गल्याङ नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा पुस्तकालयको स्थापना गरिएको छ । प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाहरुमा पठन सिप र पढ्ने बानीको विकास गर्दै स्वतन्त्र तथा आत्मनिर्भर पाठक बनाउने उद्देश्य अनुसार गल्याङ नगरपालिका भित्र रहेका ९ ओटा विद्यालयम बालमैत्री पुस्तकालय स्थापना गरिएको रुम टु रिड (पढ्नको लागि कोठा) का साक्षरता कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गल्याङ नगरापालिका र रुम टु रिडको साझेदारीता तथा सूर्योदय क्लबको व्यवस्थापनमा पुस्तकालय स्थापना गरिएको हो । हाल प्रति विद्यालय करिव ४ सय वटा बालसाहित्यका पुस्तकहरुका साथ पुस्तकालय सुरुवात गरिएको सूर्योदय क्लबले जनाएको छ ।
पुस्तकालय स्थापना गर्नको लागि नगरपालिकाले फर्निचर,कार्पेट, कुशन तथा रंगरोगन सहयोग गरेको थियो भने रुम टु रिड र सूर्योदय क्लबबाट तालिम, सामग्री, पुस्तकहरु तथा प्राविधिक सहयोग गरेको थियो । यस पुस्तकालयमा ४ वर्ष सम्म नियमित रुपमा पुस्तकहरु थप गर्दै जाने रुम टु रिड (पढ्नको लागि कोठा) का साक्षरता कार्यक्रम अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयहरुमा शैक्षिक गुणस्तर बढाउनका लागि पुस्तकालय स्थापना गरिएको र आगामी वर्षहरुमा पनि थप विद्यालयमा पुस्तकालय स्थापना गर्दै जाने योजना समेत रहेको गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार आचार्यले जानकारी दिनुभयो ।

रुम टु रिड, सूर्याेदय क्लब तथा अन्य स्थानीय तहहरुसँगको साझेदारीतामा जिल्लाका अन्य विद्यालयहरुमा थप पुस्तकालय स्थापना गर्दै जाने सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताउनुभयो । पुस्तकालय स्थापना गरिएका विद्यालयहरु बज्रेभान्ज्याङ माध्यमिक विद्यालय,गल्कोट माध्यमिक विद्यालय,ज्ञानज्योती आधारभूत विद्यालय,हिमाञ्चल आधारभूत विद्यालय,लखन थापा आधारभूत विद्यालय,नरोदय माध्यमिक विद्यालय,पक्वादी माध्यमिक विद्यालय,शिशुकल्याण माध्यमिक विद्यालय र शिवालय माध्यमिक विद्यालय रहेकाछन् ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal