नेकपा स्याङ्जाको चौथो जिल्ला सम्मेलन सम्पन्न, नेतृत्वमा दुर्गा थापा


स्याङ्जा,२८ भदौ– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाको चौथो जिल्ला सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनले दुर्गा थापाको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा लामो समय देखि सक्रिय रहदै आउनुभएका थापालाई जिल्ला सम्मेलनले सेक्रेटरीको जिम्मेवारी दिएको हो ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा स्याङ्जा,पर्वत जिल्ला इन्चार्ज बिकिरणले दलाल पुँजीपति वर्गको ब्यबस्था भएकोले सर्वहारा वर्गको ब्यबस्था ल्याउनुपर्ने र त्यो ब्यबस्था वैज्ञानिक समाजवाद भएको बताउनुभयो । नेपालका गरिव जनताको जीवनस्तरमा तत्काल परिवर्तन ल्याउनुपर्ने खाचो भएको र सोही अनुसार पार्टी अगाडि बढेको समेत बताउनुभयो ।

त्यसै गरी कार्यक्रममा जनपत्रकार संगठनका नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनअधिकार सुनिश्चित गर्न वृहत बाम तथा प्रगतिशील शक्तिको एकता आवश्यक रहेको बताउनुभयो । संसदीय दलहरूले निकास दिन नसकेकोले वैकल्पिक शक्ति जबर्जस्त स्थापित हुने डुम्रेको भनाइ थियो ।

कार्यक्रममा सहिद तथा वेपता परिवारका जिल्ला संयोजक नारायण पराजुली,पत्रकार शिव डुम्रे लगायतले बोल्नुभएको थियो ।
जिल्ला सम्मेलनले थापा सेक्रेटरी रहने गरि श्याम अर्याल,ध्रुव गौडेल,कमल आले लगायत १५ जनाको जिल्ला कमिटी चयन गरेको हो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal