नेकपा स्याङ्जाको चौथो जिल्ला सम्मेलन सम्पन्न, नेतृत्वमा दुर्गा थापा
स्याङ्जा,२८ भदौ– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाको चौथो जिल्ला सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनले दुर्गा थापाको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा लामो समय देखि सक्रिय रहदै आउनुभएका थापालाई जिल्ला सम्मेलनले सेक्रेटरीको जिम्मेवारी दिएको हो ।
सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा स्याङ्जा,पर्वत जिल्ला इन्चार्ज बिकिरणले दलाल पुँजीपति वर्गको ब्यबस्था भएकोले सर्वहारा वर्गको ब्यबस्था ल्याउनुपर्ने र त्यो ब्यबस्था वैज्ञानिक समाजवाद भएको बताउनुभयो । नेपालका गरिव जनताको जीवनस्तरमा तत्काल परिवर्तन ल्याउनुपर्ने खाचो भएको र सोही अनुसार पार्टी अगाडि बढेको समेत बताउनुभयो ।
त्यसै गरी कार्यक्रममा जनपत्रकार संगठनका नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनअधिकार सुनिश्चित गर्न वृहत बाम तथा प्रगतिशील शक्तिको एकता आवश्यक रहेको बताउनुभयो । संसदीय दलहरूले निकास दिन नसकेकोले वैकल्पिक शक्ति जबर्जस्त स्थापित हुने डुम्रेको भनाइ थियो ।

कार्यक्रममा सहिद तथा वेपता परिवारका जिल्ला संयोजक नारायण पराजुली,पत्रकार शिव डुम्रे लगायतले बोल्नुभएको थियो ।
जिल्ला सम्मेलनले थापा सेक्रेटरी रहने गरि श्याम अर्याल,ध्रुव गौडेल,कमल आले लगायत १५ जनाको जिल्ला कमिटी चयन गरेको हो ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















