रक्त क्यान्सरबाट समस्यामा परेका शिशिरको उपचारका लागि आर्थिक सहयोग

वालिङ,१९ भदौ– रक्त क्यान्सरबाट समस्यामा परेका वालिङ १० का १८ वर्षीय शिशिर पंगेनीको उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।

स्थानीय दिपक सुवेदी, यमकान्त खनाल, तेजन राना, दिपक लम्साल लगायतको नेतृत्वमा शिशिर बचाऔँ अभियान सञ्चालन गरी शिशिरको उपचारका लागि आर्थिक संकलन अभियानबाट संकलित रकम आईतबार वालिङ नगरप्रमुुख कृष्ण खाँणले शिशिरका आफ्न्तलाई हस्तान्तरण गर्नुभएको हो ।

छरछिमेक तथा देशविदेशमा रहनुभएका सहयोगीहरुबाट संकलित ८ लाख ७४ हजार ८५६ रुपैँयाको चेक नगरप्रमुख खाँणले शिशिरका परिवारलार्ई हस्तान्तरण गरिएको शिशिर बचाऔँ अभियानमा लाग्नुभएका अभियान्ता दिपक सुवेदीले जानकारी दिनुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले शिशिरको जिवन रक्षाका लागि देश तथा विदेशमा रहनुभएका सहयोगी महानुभावहरुले गर्नुभएको महत्वपूर्णसहयोग सहयोगले जीवन रक्षामा ठुलो योग्दान पुग्ने बताउदै सहयोगको लागि धन्यवाद दिदै सबैलाई सहयोग कार्यमा जुटन समेत आग्रह गर्नुभयो । नगरप्रमुख खाँणले भन्नुभयो, “दुःख पर्दा एकले अर्कोलाई सहयोग गर्ने भावना हामी नेपालीमा रहेको छ । शिशिरको उपचारमा नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहन्छ ।”

कार्यक्रमका बारेमा अभियन्ता दिपक सुवेदीले जानकारी गराउनुभएको थियो । शिशिरमा रक्त क्यान्सर पुष्टी भएपछि गत असारबाट यो अभियान शुरु गरिएको र बैंक खाता मार्फत सहयोग रकम संकलन तथा जम्मान गरिएको अभियन्ता सुवेदीले बताउनुभयो ।
विभिन्न व्यक्तिहरुको घरघरमा पुगेर फोन तथा सामाजिक संजालबाट सहयोगका लागि अनुरोध गरेर यो रकम संकलन गरिएको पनि सुवेदीले बताउनुभयो । शिशिर हाल सिभिल हस्पिटल बनेश्वर काठमाडौमा उपचाररत हुनुहुन्छ । उहाँको अहिले केमो थेरापीद्वारा उपचार भईरहेको र केहि समयमै बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएकाले अहिले शिशिर बचाऔँ अभियानद्वारा विभिन्न अभियान्ताहरुले रकम संकलन गरिहेका छन् । कार्यक्रम अभियन्ता नेतज रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । सहयोग दाताहरुः

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal