गल्याङको विकासमा एकजुट भएर अगाडि बढ्न नगर प्रमुख भट्टराईको आग्रह


वालिङ,१९ भदौ– गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराईले समग्र नगरको विकासका लागि एकजुट भएर अगाडि बढ्न सम्पूर्ण नगरबासीमा आग्रह गर्नुभएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९को समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले सो कुरा बताउनुभएको हो । नगरप्रमुख भट्टराईले भन्नुभयो, “स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गरेर गरको विकासमा लाग्नुपर्छ तब मात्रै नगरको विकास हुन्छ । यो अभियानमा सबै सहभागि बनौ ।” जनप्रनिधिहरुका साथै कर्मचारी एक भएर नगरको विकासका लागि ठोस संकलपका साथ अगाडि बढ्नुपर्ने नगरप्रमुख भट्टराईको भनाइ थियो ।

कार्यक्रममा नगरउपप्रमुख हेमा न्यौपानेले कार्यक्रमको प्रभावकारीताका पक्षमा ध्यान दिन र सेवा प्रवाहमा जिम्मेबार भएर लाग्न आग्रह गर्नु भयो । नगरपालिको वडा नम्बर १ देखि ११ नम्बर वडाका वडा सचिवहरुलो आआफ्नो वडामा भएका समस्याका बारेमा आफ्नो भनाइ राख्नुभएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले गल्याङ नगरपालिका भित्रका समस्याहरुको बारेमा आफू जानकार भएको र असोज महिना भित्रमा समस्याको समाधान गर्ने गरी आफू लागेको बताउनुभयो । कार्यक्रममा नगरपालिकामा रहेका विभिन्न साखाहरुले आ–आफ्ना प्रगति प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal