गल्याङको विकासमा एकजुट भएर अगाडि बढ्न नगर प्रमुख भट्टराईको आग्रह


वालिङ,१९ भदौ– गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराईले समग्र नगरको विकासका लागि एकजुट भएर अगाडि बढ्न सम्पूर्ण नगरबासीमा आग्रह गर्नुभएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९को समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले सो कुरा बताउनुभएको हो । नगरप्रमुख भट्टराईले भन्नुभयो, “स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गरेर गरको विकासमा लाग्नुपर्छ तब मात्रै नगरको विकास हुन्छ । यो अभियानमा सबै सहभागि बनौ ।” जनप्रनिधिहरुका साथै कर्मचारी एक भएर नगरको विकासका लागि ठोस संकलपका साथ अगाडि बढ्नुपर्ने नगरप्रमुख भट्टराईको भनाइ थियो ।

कार्यक्रममा नगरउपप्रमुख हेमा न्यौपानेले कार्यक्रमको प्रभावकारीताका पक्षमा ध्यान दिन र सेवा प्रवाहमा जिम्मेबार भएर लाग्न आग्रह गर्नु भयो । नगरपालिको वडा नम्बर १ देखि ११ नम्बर वडाका वडा सचिवहरुलो आआफ्नो वडामा भएका समस्याका बारेमा आफ्नो भनाइ राख्नुभएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले गल्याङ नगरपालिका भित्रका समस्याहरुको बारेमा आफू जानकार भएको र असोज महिना भित्रमा समस्याको समाधान गर्ने गरी आफू लागेको बताउनुभयो । कार्यक्रममा नगरपालिकामा रहेका विभिन्न साखाहरुले आ–आफ्ना प्रगति प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal