भीरकोटमा झोल मल बनाउने तालिम सम्पन्न

वालिङ,१८ भदौ– भीरकोट नगरपालिकामा जैविक विषादी तथा झोल मल बनाउने तालिम सम्पन्न भएको छ । नगरपालिकाका ९ वटै वडामा तालिम दिईएको हो । भीरकोट नगरपालिकामा हरित पुनरुत्थान तथा कोडिभ १९ प्रतिकार्य परियोजना अन्र्तगत विभिन्न किसिमका तालिमहरु संचालन गरिएको छ । नगरपालिका र युएनडिपिको संयुक्त आयोजनामा संचालित परियोजना अन्र्तगत जैविक विषादी तथा झोलमल बनाउने तालिम सम्पन्न भएको हो ।
तालिमबाट १०० जना कृषक प्रत्यक्ष लामान्वित भएकाछन् । वडा नम्बर ६ बाट शुरु भएको तालिम शनिबार वडा नम्बर ३ को बानेथोकमा सम्पन्न भएको छ । बानेथोकमा सम्पन्न तालिमको समापनका अवसरमा बोल्दै वडा अध्यक्ष केशरबहादुर खड्काले रासायनिक मलको अभाव भईरहेका बेला जैविक मल तथा विषादीको प्रयोग गरी माटोको उर्वराशक्ति बढाउनुपर्नेमा जोड दिँदै सहभागिलाई तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गर्नुभयो ।
तालिममा डाँसिनारायण अर्यालले सहजीकरण गर्नुभएको हो । त्यस्तै परियोजना अन्र्तगत २ दिने व्यवसायिक गड्यौले मल बनाउने तालिम भीरकोट ५ को तोरीडाँडामा शुरु भएको छ ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















