“प्रिय दुश्मन” लोकार्पण


वालिङ,१८ भदौ– वालिङमा काव्य लोकार्पण तथा विमर्श गरिएको छ । युवा साहित्यकार मिलन समीरद्वारा लिखित कविता सङ्ग्रह “प्रिय दुश्मन” को शनिबार एक कार्यक्रमका बीच लोकार्पण तथा विमर्श गरिएको हो । वालिङ ६ मिर्दीमा रहेको नेचुरल भ्युपोइन्ट रेष्टुरेन्टको सभाहलमा एक कायक्रमका बिच पुस्तक विमोचन गर्दै कवि तीर्थ श्रेष्ठले कविता लेख्न त्यति सजिलो नभएको बताउनुभयो ।

कतिपय कवितामा व्याख्या गरिएको हुने उल्लेख गर्दै कवि श्रेष्ठले कविता लेखिसके पछि कविको काम सकिन्छ र त्यसको व्याख्या गर्ने काम पाठकको रहेको समेत बताउनुभयो । नेपालमा राजनीति गर्ने र कविता लेख्ने काम सजिलो मानिन्छ तर कविताको रचना गर्नेकाम सोचे जस्तो सजिलो नभएको कवि श्रेष्ठको भनाइ थियो ।

मानिसले जीवनमा एक न एक दिन कविता नै नलेखेपनि कवितात्मकरुपमा गुन गुनाउँछ तर त्यो कविता नभएर अनुराग मात्र हुने उहाँले उल्लेख गर्नुभयो । कवि श्रेष्ठले मानिसमा चेतना अभिवृद्धिका साथै सामाजिक परिवर्तनमा ठुलो भूमिका खेल्ने बताउनुभयो । कविताको समिक्षात्मक टिप्पणी लक्ष्मण वियोगी र सञ्जिव पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा कमला अधिकारी, बालकुमार क्षेत्री, मनिषा कोइराला, भोजकुमारी पाण्डे, चिन्तु गिरी, लोकहरि पाण्डे, ध्रुव शर्मा, लेखनाथ काफ्ले लगायतले रचना वाचन गर्नुभएको थियो । वसन्त खनालको स्वागत सँगै सुरु भएको कार्यक्रम वाल साहित्यकार तथा वालिङ प्रज्ञा प्रतिष्ठानका संयोजक देविप्रसाद वनवासीको सभापतित्व र युवा साहित्यकार शम्भु अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal