राजनीतिक अखडा बन्दै वालिङ उद्योग वाणिज्य संघ, अधिवेशन स्थगीत– व्यावसायी आक्रोसित
वालिङ,१८ भदौ– वालिङ उद्योग वाणिज्य संघको १६ औं साधारण सभा एवं ८ औं अधिवेशन स्थगीत भएको छ । आज शनिबारको लागि तय भएको संघकोे साधारण सभा एवं अधिवेशन अन्तिम समयमा आएर स्थगीत भएको हो ।
नेपाली कांग्रेस समर्थीत व्यावसायी एवं संघमा नेतेत्व गरेका पदाधीकारीले अधिवेशन रोकन माग गर्दै नगरपालिकामा उजुरी दिएपछि नगर उपप्रमुख कविता तिवारीले अधिवेशन रोकन वालिङ उद्योग वाणिज्य संघलाई पत्र पठाउनुभएको थियो । उद्योग वाणिज्य महासंघका केन्द्रयीय सदस्य एवं वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले अन्तिम समयमा आएर अधिवेशन रोकिनु निकै दुःखद भएको बताउनुभयो ।

अध्यक्ष पौडेलले भन्नुभयो, “नेपाली कांग्रेस समर्थीत साथिहरुले नगरपालिकामा उजुरी दिनुभएछ । नगरपालिकाबाट उपमेयर कविता तिवारीले अधिवेशन रोकन पत्र पठाएपछि हामी बाध्य भएर अधिवेशन स्थगीत गरेकाछौ, यो घटनाले सबै व्यापारीहरुलाई दुःखी बनाएको छ ।”
साधारण सभा सुरु नहुदै नेपाली कांग्रेसको तर्फबाट संघमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुले नेतृत्वको विष टुङ्गीनुपर्ने माग राखेर अधिवेशन स्थगीत गराएको अध्यक्ष पौडेलले बताउनुभयो । साधारण सभाको उद्घाटन सत्र सम्पन्न गरेर नेतृत्वको विषमा सहमतिमै छलफल गर्न सकिने भएपनि नेतृत्वको आकांछी साथिहरुले सबैको सहमतीमा भएको अधिवेशन गर्ने निर्णयलाई उलट्याउनुभएको छ, यो कार्य राम्रो होइन ।
वालिङ उद्योग वाणिज्य संघको नेतेत्वमा (अध्यक्ष) नेकपा एमाले समर्थीत शोभाकान्त पौडेल हुनुहुन्छ भने वरिष्ठ उपाध्यक्षमा नेपाली कांग्रेस समर्थीत अर्जुनप्रसाद खनाल, महासचिवमा केशर बहादुर खाँण लगायत अधिकाशं पदमा नेपाली कांग्रेस समर्थीत व्यावसायीहरु रहेकाछन् ।

वरिष्ठ उपाध्यक्ष खनाल सहितको टोलीले वालिङमा पुगेर अधिवेशन रोकन माग गर्दै उजुरी गरेपछि शनिबारको लागि तय गरिएको अधिवेशन अन्तिम समयमा आएर रोकिएको हो । अधिवेशनको लागि संघले निर्वाचन समिति समेत सबै बनाएर तयारी पुरा गरिसकको थियो । संघका महासचिव केशर बहादुर खाँणले पहिले गरिएको सहमती कार्यान्वयनमा समस्या देखिएकोले अधिवेशन रोकन माग गर्दै नगरपालिकामा उजुरी दिएको र आफुहरु आन्तिरिक छलफलमा रहेको बताउनुभयो ।
वालिङमा रहेका व्यापारी व्यावसायीहरुको हितमा काम गर्ने उद्देश्य अनुसार स्थापना भएको संस्थामा चरम राजनीति भएपछि व्यावसायीहरु आक्रोसित भएकाछन् । अन्तिम समयमा आएर नेतृत्वमा दावी गर्दै अधिवेशन रोकनु राम्रो नभएको व्यापारीहरुको भनाइ रहेको छ ।
व्यावसायीको नेतृत्व व्यावसाहरु आफैले छान्न पाउनुपर्ने उनीहरुको माग रहेको छ । अब कुनै पनि दलले बन्द कोठा भित्र भाग बण्डा गर्ने कुरालाई नमान्ने र आफ्नो मताधिकारको प्रयोग गरेर नेतृत्व छान्न पाउनुपर्ने व्यावसायीहरुले माग समेत गरेकाछन् ।
संघमा १ हजार ४२० जना सदस्य रहेकोमा ५४८ जनाले मात्रै नविकरण गरेको कार्यालय सचिव बाबुराम रेग्मीले जानकारी दिनुभयो ।




ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















