स्याङ्जा २ को मतगणना कालीगण्डकीबाट सुरु

वालिङ,२२ फागुन- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर दुईकाे मत गणना सुरु भएकाे छ। 

वालिङ नगरपालिका वडा नं. १० स्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र मतदातालाई वितरण गरिएको पाइएपछि उक्त साे मतका बारेमा बिवाद हुदा मत गणना सुरु हुन सकेकाे थिएन। निर्वाचन आयाेगबाट बिवाद सर्वदलिय बैठकबाट टुङग्याएर मत गणना सुरु गर्नु भनी निर्वाचन क्षेत्र नम्बर २ काे कार्यालयलाई आयाेगबाट पत्र आएपछि सर्वदलिय बैठक बसेर मत गणना कार्य सुरु गरिएकाे छ। 

कालीगण्डकी गाउँपालिका वडा नम्बर १ बाट मत गणना कार्य सुरु गरिएकाे हाे। 

दुई ओटा निर्वाचन क्षेत्र रहेकाे स्याङ्जामा क्षेत्र नम्बर १ मा१ लाख ३१ हजार ५१  मतदाता रहेका छन् । जसमा ७१ हजार ३ सय ५० जनाले मतदान गरेका थिए। 

यसै गरी क्षेत्र नम्बर २ मा १ लाख १७ हजार ९ सय ३० मतदाता रहेकाेमा ६५ हजार १ सय ८६ जनाले मतदान गरेका थिए। 

जिल्लाकाे समग्र कुल मतदाता २ लाख ४८ हजार ९ सय ८१ रहेकाेमा ५४.८४ प्रतिशत मत खसेकाे निर्वाचन कार्यालयले जनाएकाे छ।

क्षेत्र नम्बर १ मा रास्वपाका धनञ्जय रेग्मीले अग्रता लिनुभएकाे छ। क्षेत्र नं १ मा पर्ने हरिनास, अर्जुन चाैपारी फेदीखाेला र भीरकाेटका १ देखि ४ नम्बर वडा वालिङ नगरपालिकाकाे ३ र ४ नम्बर वडा आँधिखाेला गाउँपालिकाकाे  १,२ र ६ नम्बर वडाकाे मत गन्दा रास्वपाका धनञ्जय रेग्मीले १३ हजार ९ सय १ नेपाली कांग्रेसका भरत ढकालले ९ हजार ५ सय २५ एमालेका मिनप्रसाद गुरुङ्ले ८ हजार १ मत प्राप्त गर्नुभएकाे छ। पुतलीबजार नगरपालिका र बिरुवा गाउपालिकाकाे मत भने गन्न बाकी नै रहेकाे छ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal