भेषजराज साहित्य प्रतिष्ठानको ९१ औँ शृङ्खला सम्पन्न
वालिङ,२७ मङ्सिर- भेषजराज साहित्य प्रतिष्ठानले आफ्नो नियमित मासिक रचनावाचनको ९१ औँ शृङ्खला शनिबार वालिङ नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
कार्यक्रम ८५ वर्षिय कवि निलकण्ठ लम्सालकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे।
कार्यक्रममा कवि लम्सालले प्रतिष्ठानले गरेको कार्यक्रमले नेपाली साहित्यको विकासमा सहयोग पुर्याएको चर्चा गर्दै आफूलाई पनि कविता सिर्जना गर्ने र अरूलाई सुनाउन पाउने अवसर दिएकोमा खुसी व्यक्त गर्नुभयो ।
मोहिनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुवराज उपाध्यायले कवित्व प्रतिभा सम्पन्न व्यक्तिहरूले मात्र सहज रूपमा साहित्य रचना गर्न सक्ने बताउनुभयाे। उपाध्यायले यस्ता साहित्यिक कार्यक्रमले रसिक पाठक र श्रोतालाई आनन्द प्रदान गर्ने कुराकाे समेत चर्चा गर्नुभयो ।
कार्यक्रममा ८१ वर्षीय ठाकुर सुवेदीले, ढालबहादुर केसी, भवीश्वर पंगेनी, बोधराज न्यौपाने, कृष्ण गिरी, कृष्णप्रसाद अर्याल लेखनाथ काफ्ले, अमृत रेग्मी, कवयित्रीहरू सावित्री अर्याल रेग्मी, विष्णु पंगेनी पाण्डे, प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल सचिव श्यामप्रसाद ढुङ्गाना लगायतले आआफ्ना कविता वाचन गर्नुभयो ।


ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















