भेषजराज साहित्य प्रतिष्ठानको ९१ औँ शृङ्खला सम्पन्न
वालिङ,२७ मङ्सिर- भेषजराज साहित्य प्रतिष्ठानले आफ्नो नियमित मासिक रचनावाचनको ९१ औँ शृङ्खला शनिबार वालिङ नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
कार्यक्रम ८५ वर्षिय कवि निलकण्ठ लम्सालकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे।
कार्यक्रममा कवि लम्सालले प्रतिष्ठानले गरेको कार्यक्रमले नेपाली साहित्यको विकासमा सहयोग पुर्याएको चर्चा गर्दै आफूलाई पनि कविता सिर्जना गर्ने र अरूलाई सुनाउन पाउने अवसर दिएकोमा खुसी व्यक्त गर्नुभयो ।
मोहिनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुवराज उपाध्यायले कवित्व प्रतिभा सम्पन्न व्यक्तिहरूले मात्र सहज रूपमा साहित्य रचना गर्न सक्ने बताउनुभयाे। उपाध्यायले यस्ता साहित्यिक कार्यक्रमले रसिक पाठक र श्रोतालाई आनन्द प्रदान गर्ने कुराकाे समेत चर्चा गर्नुभयो ।
कार्यक्रममा ८१ वर्षीय ठाकुर सुवेदीले, ढालबहादुर केसी, भवीश्वर पंगेनी, बोधराज न्यौपाने, कृष्ण गिरी, कृष्णप्रसाद अर्याल लेखनाथ काफ्ले, अमृत रेग्मी, कवयित्रीहरू सावित्री अर्याल रेग्मी, विष्णु पंगेनी पाण्डे, प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल सचिव श्यामप्रसाद ढुङ्गाना लगायतले आआफ्ना कविता वाचन गर्नुभयो ।


ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















