जेष्ठ नागरिक स्कुल सञ्चालनको तयारीमा रामपुर
रामपुर, १७ कात्तिक– पाल्पाको रामपुर नगरपालिकाले जेष्ठ नागरिक स्कुल सञ्चालन गर्ने भएको छ । जेष्ठ नागरिकहरुका लागि सञ्चालन गरिने रामपुर जेष्ठ नागरिक स्कुल सञ्चालनका लागि व्यवस्थापनका विभिन्न काम अगाडि बढाइएको छ । यसै आर्थिक वर्षदेखि जेष्ठ नागरिक स्कुल सञ्चालन गर्ने र सञ्चालनको अन्तिम तयारी भइ रहेको हो । नगरपालिकाको वडा नं.५ रामघाटमा सञ्चालन गरिने जेष्ठ नागरिक स्कुलको भवन निर्माण गरिसकिएको छ । यसैगरी जेष्ठ नागरिकहरुलाई स्कुलसम्म आवतजावतका लागि बसको व्यवस्था गरिएको छ भने व्यवस्थापन समितिसमेत गठन भैसकेको छ ।
यसैबीच रामपुर जेष्ठ नागरिक स्कुल सञ्चालनका लागि बुद्धि प्रकाश रेग्मीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालन समिति गठन गरेको छ । जसको उपाध्यक्षमा मिनराज रेग्मी, कोषाध्यक्ष चन्द्रा न्यौपाने, सहसचिव सुरज गौतम र सदस्यहरुमा दुर्गाप्रसाद पोखरेल, सुन्दर प्रसाद देवकोटा , कृष्ण प्रसाद अर्याल, फत्तबहादुर मल्ल, चन्द्र बहादुर राना, देविका गहतराज र सदस्य सचिवमा प्रविन तिमिल्सेना रहनु भएको छ ।
नवगठित समितिलाई बधाइ दिंदै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जेष्ठ नागरिकहरुको भावनालाई बुझेर जेष्ठ नागरिकमैत्री रुपमा कक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो । यसका लागि स्कुल भित्र गरिने व्यवहारमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
संस्कृतिको संरक्षणसंँगै उमेर पुगेका नागरिकहरुको सम्मान सहितको सक्रिय जीवन निर्वाहका लागि स्कुल सञ्चालन गर्न लागिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । साथै उहाँले नगरपालिका भित्रका सबै विद्यालयलाई क्रमश जेष्ठ नागरिक स्कुलमा अध्ययन अवलोकनको व्यवस्था गरिने जानकारी दिनुभयो ।
जेष्ठ नागरिक स्कुलले संस्कार संस्कृतिको संरक्षण र पुस्तान्तरणमा टेवा पुग्ने छ । जेष्ठ नागरिक स्कुलमा विभिन्न धार्मिक प्रवचन, भजन कृतन, विभिन्न घरेलु सामग्री र यसको प्रयोग, जेष्ठ नागरिकहरुका लागि दिवा खाजा, स्वास्थ्य परीक्षणसहित सन्ध्या आरतीको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















