कालीगण्डकी महामेला दामोदर महोत्सव–२०८२ को तयारी अन्तिम चरणमा
गोपाल जिटी
वालिङ,१८ असोज–स्याङ्जाको गल्याङ १, मालुङ्गास्थित उत्तरवाहिनीमा यही असोज २१ देखि कालीगण्डकी महामेला दामोदर महोत्सव–२०८२ हुँदैछ । कार्तिक १९ गतेसम्म हुने महोत्सव शुभारम्भको दिन नजिकिदै गर्दा तयारीको काम तीव्रताकासाथ भैरहेको छ । महामेलाको तयारीको काम ७० प्रतिशत भन्दा धेरै भैसकेको महोत्सव मूल आयोजक समितिका संयोजक चैतन्य कृष्णले जानकारी दिनुभएको छ ।
अब तीन दिन पछि सुरुहुने कालीगण्डकी महामेलाको सन्दर्भमा आयोजक समिति संयोजक चैतन्यकृष्णले तयारीको काम ७० प्रतिशत भैसकेको र अबको दुईदिनमा सम्पूर्ण तयारी पूरा गरिने जानकारी दिनुभएको हो ।
यहाँ प्राकृतिकरुपमा ऊँ लेखिएको चक्रशिलाको दर्शन, साढे तीन किलोमिटरको दूरीसम्म उत्तर तर्फ भएर बहेकी कालीगण्डकीमा स्नान, २० फिट अग्लो भगवान शिवको शालिकको दर्शनकासाथै कालीगण्डकीकै जलको १ सय ८ धारामा नुहाउनेलगायतका अवसरहरु पाइनेछन् । १८ पूराण, सहस्र चण्डीपाठ अनुष्ठानको सुन्दर अवसर एवम् सवालाख शालग्रामको दर्शन गर्न पाइने भएकाले पनि महामेलामा सहभागी हुनुले ठूलो अर्थ राख्ने उहाँको भनाई छ ।
हामी सबैको साझा कार्यक्रम र महामेला भएकाले देश विदेशबाटसमेत धेरैजनाको उपस्थिति रहनेमा विश्वास गरिएको छ । चैतन्य कृष्णका अनुसार शास्त्रमा उत्तरतर्फ फर्केको नदिलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले यिनलाई यहाँ उत्तरवाहिनी भनिएको हो । जहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरवाहिनी मूर्ती भएर विद्यमान हुनुहुन्छ, त्यहाँ उहाँलाई दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरुको नाश हुन्छ । त्यसैले संस्कृतिको अध्ययन गर्ने सबैले पटक पटक दर्शन गर्नुपर्ने उहाँको भनाई छ ।
उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासको दीघकालीन सोंचसहित आयोजना गरिएको महामेलामा उपस्थित भई नेपाल र भारतका विश्वविख्यात सन्त एवम् गुरुहरुद्वारा आशीवर्चनसहितको आध्यात्मिक लाभलिने अवसरलाई सम्पूर्ण महानुभावहरुलाई उहाँको आग्रह छ । यस्तो अवसर फेरि नपाइन पनि सक्छ, त्यसैले महामेलामा सहभागी भएर आफ्नो जीवनलाई रसमय, क्लेसरहित र दिव्य आनन्दमय बनाई अपूर्व लाभलिन उहाँको अनुरोध छ ।

ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















