नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य

गोपाल जिटी
वालिङ,२७ भदौ–राजनीतिक परिवर्तनका लागि आन्दोलन हुनु स्वभाविक प्रकृया हो । नेपालको इतिहासमा यस्ता आन्दोलन पटक पटक हुँदै आएका छन् र हुनु पनि पर्दछ । विश्वका विभिन्न मुलुकहरुमा पनि यस्ता आन्दोलन र राजनीतिक परिवर्तन हुदै आएका कुरा हन् । समय र परिवेश अनुसार आन्दोलनका शैली फरक फरक हुने गर्छन् भन्ने हामीले इतिहासका पानामा पढ्दै र देख्दै आएका छौं । पृथ्वी नारायण शाहले गरेको नेपाल एकिकरणदेखि देशमा धेरै पटक यस्ता आन्दोलन र व्यवस्था परिवर्तन हुँदै आएका छन् । विक्रम सम्वत २००० पछि मात्रै पाँच पटक भैसकेका छन् भने अहिले भएको जेन जी आन्दोलन छैटौं हो ।
वि. सं.२००७, २०१७, २०३६, २०४६ र २०६३ पछि अहिले छैटौं पटक २०८२ मा युवा पुस्ताको नेतृत्वमा जेन जी आन्दोलन भयो । यसबीचमा २०५२ देखि १० वर्ष नेकपा माओवादीबाट सशस्त्र युद्ध चल्यो । यस अघिका आन्दोलन विभिन्न दल वा संस्थाले गर्दै आएको इतिहास छ भने अहिले विगतको तुलनामा नितान्त फरक रह्यो । कुनै दल विशेष भन्दा पनि जेन जीद्वारा नागरिक आन्दोलनकारुपमा भयो । अकस्मात जस्तैगरी जिएनजी समूहको नाममा युवाहरु आन्दोलनमा होमिए र दुईदिनमै आन्दोलन उत्कर्षमा पुग्यो । यसरी दुईदिनमै सरकारलाई अपदस्त गराउन सफल हुनु नेपालको इतिहासमै पहिलो र नौलो हो ।
यही भदौ २३ गते सोमबार र मङ्गलबार गरी दुई दिनको आन्दोलनले सत्ताधारीलाई घुँडा टेकायो । सत्ताधारी दलहरुको अकर्मन्यता, दम्भ, चरम भ्रष्ट्राचार र सुशासनको प्रत्याभूति दिन नसक्नुले युवाहरुलाई आन्दोलन गर्न वाध्य बनाएको स्पष्ट छ । सरकारबाट पछिल्लो समयमा भएको सामाजिक सञ्जाल नियमन गर्ने विषयमा उठेका विरोधका आवाज आन्दोलनको बहाना बन्यो । विभिन्न विद्यार्थी सङ्गठनमा आवद्ध, राजनीतिक दलका भातृ सङ्गठनका युवालगायतले जेन जी आन्दोलनलाई साथ दिए, फलस्वरुप आन्दोलनले दुईदिनमै सफलता प्राप्त ग¥यो ।
तर जेन जी समूहमा स्पष्ट कार्यदिसा र योजना देखिएन । जसका कारण नयाँ सरकार गठनका समयमा आफ्नो नेतृत्व अगाडि सार्न सकेनन् भने यसले जेन जीको अपरिपक्वता स्पष्ट देखियो । जेन जीको यही कमजोरीको फाइदा उठाउन अदृष्य समूहको घुसपैठ हुन गएको सजिलै अनुमान गर्न सकिन्छ । किनकी जेन जीको भनाई अनुसार तोडफोड र आगजनी गर्ने ध्येय थिएन, मात्र सरकारको श्रृङ्खलावद्ध भ्रष्ट्राचारको विरोध र प्रतिवन्ध गरिएका सामाजिक सञ्जाल खुल्ला हुनुपर्नेलगायतका उद्देश्यले गरिएको थियो ।
जसका कारण देशमा इतिहासमै ठूलो धनजनको क्षति भयो, जुन राष्ट्रका लागि दुर्भाग्यपूर्ण रह्यो । तोडफोड र आगजनीले खरबौंको सरकारी सम्पत्ती खरानीमा परिणत भयो भने करोडौंको नीजि सम्पत्ती धुलिसात हुनपुग्यो । यसका साथै आन्दोलनकारी र सुरक्षाकर्मी गरेर अहिलेसम्म ४ दर्जन भन्दा धेरैले ज्यान गुमाएका छन् भने सयौंको संख्यामा घाइते भएर उपचाररत छन् । बुधबारदेखि नै नेपाली सेनाले शान्ति सुरक्षाको जिम्मा लिएर नयाँ सरकार गठनको लागि प्रकृया अगाडि बढाएको छ । राष्ट्रपति, नेपाली सेना प्रमुख सहित जेन जी समूह र सम्वद्ध व्यतिहरुसँग छलफल र परामर्श अगाडि बढाएको छ ।
नयाँ सरकार प्रमुखका लागि जेन जी समूह भित्रै देखिएको विवादका बीच पनि पूर्व प्रधान न्यायाधिश शुशिला कार्कीलाई आन्दोलनरत समूहले अगाडि सारेको छ । कार्कीलाई प्रधानमन्त्री बनाउन पनि त्यति सजिलो नभएको कुरा समाचार माध्यमहरुमा आइरहेका छन् ।
आन्दोलनको म्यान्डेटलाई संवैधानिक र कानूनी प्रबन्धमार्फत तत्काल प्रवेश गराउने कुनै व्यवस्था नभएपछि संविधानको पालनकर्ता र संरक्षकका हिसाबले राष्ट्रपतिले कार्कीको नेतृत्वमा सरकार गठन गर्ने तयारी भएको हो । संविधानको धारा ६१ (४) मा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।
संविधानविदहरुको सुझाव अनुसार संविधानको पालनकर्ता र संरक्षकका हिसाबले प्रधानमन्त्री नियुक्त गर्नुभएको छ भन्ने खालको भाषा लेखेर कार्कीलाई नियुक्त गर्न लागिएको हो । यसअघि संविधानसभा विघटन भइसकेपछिको अवस्थामा र राजनीतिक संकट चुलिएपछि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई २०६९ सालमा मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको थियो ।
यसैबीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जाननहुने बताएका छन् । यसैगरी मानव अधिकार आयोगले पनि एक विज्ञप्ति जारी गरी ‘लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने’ दृष्टिकोण अघि सारेको छ ।
यता राजनीतिक दलहरुले विधिविहीनताले थप अराजकता निम्त्याउने भन्दै देश चलाउन र चुनाव गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाउन, लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्न आग्रह गरेका छन् ।

ताजा

रामपुरमा जेष्ठ नागरिक स्कुल सञ्चालन, योगी विकाशानन्दज्यूबाट प्रवचन

२०८२ मंसिर २५ गते, बिहीबार

रामपुरमा जेष्ठ नागरिक स्कुल सञ्चालन, योगी विकाशानन्दज्यूबाट प्रवचन

२०८२ मंसिर २५ गते, बिहीबार

आजबाट हामी छैटाैँ वर्षमा

२०८२ मंसिर २५ गते, बिहीबार

नागरिकको स्वास्थ्य पहिलो प्राथामिकतामा: मन्त्री पाठक

२०८२ मंसिर २१ गते, आईतवार

प्रथम वालिङ सडक खाना महोत्सव सुरु

२०८२ मंसिर १७ गते, बुधबार

सातौं राष्ट्रपति रनिङशिल्डको उपाधी भुरुङ चौकीले जित्यो

२०८२ मंसिर १७ गते, बुधबार

More than legends: How folk tales bind past and present

२०८२ मंसिर १६ गते, मंगलवार

नेपाल विचरणमा प्रेमिल चरा

२०८२ मंसिर १६ गते, मंगलवार

मौलिक खाना प्रवर्द्धनका लागि सडक महोत्सव

२०८२ मंसिर १६ गते, मंगलवार

वालिङमा सडक खाना महाेत्सव हुने

२०८२ मंसिर १५ गते, सोमबार

भाग्याेदय माविले स्वर्ण महोत्सव मनाउने

२०८२ मंसिर १३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal