पुतलीबजार पूर्ण खोप पालिका घोषणा
अर्जुन काफ्ले
स्याङ्जा,११ वैशाख– ११ पालिका रहेको स्याङ्जामा हरेक वर्ष जस्तै पुतलीबजार नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । पुतलीबजार नगरपालिकामा सरोकारवालाले हस्ताक्षर गर्दे दिगोपनका लागि समेत प्रतिबद्धता जनाउनुभएको हो ।
पुतलीबजार नगर स्तरिय खोप समन्वय समितिको आयोजानामा पूर्ण खोप सुरक्षित भविष्य शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार, स्थानीय श्रोतको सदुपयोग स्वामित्व र सहभागिता पूर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि पूर्ण खोप पालिका घोषणा गरिएको हो ।
पालिकाले १५ महिनाभित्रका बालबालिकाले लगाउनुपर्ने नियमित खोप पुरा भएको अवसरमा पूर्ण खोप पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अनिशा सुवेदीले बताउनुभयो ।
घरधुरी सर्वेक्षणका आघारमा नगर भित्रका खोप लगाउन छुट भएका ५२३ जना बालबालिकालाई खोप लगाएपछि पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । पूर्ण खोप पालिका घोषणा गर्दै जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक श्री प्रसाद घर्तीले पूर्ण खोप कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिनुपर्ने कुराको आवश्यकता औंल्याउनुभयो । कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुनेमा समन्वय प्रमुख घर्तीको जोड थियो ।
कार्यक्रममा नगर प्रमुख तुलसीराम रेग्मीले स्वास्थ्य क्षेत्रमा पुतलीबजार नगरपालिका उत्कृष्ट बन्दै आएको बताउनुभयो । उहाँले खोपको निरन्तरताको लागी सबैको साथ र सहयोग महत्वपुर्ण हुने बताउनुभयो ।
सो अवसरमा निरन्तर पूर्ण खोप सुनिश्चित गर्ने साझा प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















