सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

हिमलाल पराजुली

वालिङ,३०चैत- नेपाल सरकारका उपप्रधन एवं अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले सिद्धार्थ राजमार्गकाे स्तरउन्नती गरिछाड्ने बताउनुभएकाे छ। 

कालीगण्डकी गाउँपालिकाकाे वडा नम्बर ३ वैघामा वडा कार्यालय भवन, आधारभूत स्वास्थ चाैकी भवन र वैघा रिडी सड्ककाे उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पाैडेलले सिद्धार्थ राजमार्ग स्याङ्जा, पाल्पा जिल्लाकाे मात्रै नभएर देशकै एउटा महत्पूर्ण राजमार्ग भएकाेले यसकाे स्तरउन्नती गरिछाड्ने बताउनुभयाे। 

अर्थमन्त्री पाैडेलले भन्नुभयाे,”सिद्धार्थ राजमार्ग देशकै महत्वपूर्ण सड्क हाे, यसलाई डेडिकेटेड डबल लेनमा स्तरउन्नती गर्छाै”। बुटवल देखि पाेखरा सम्मकाे दुरी करिव १०२ किमी २ घण्टामा यात्रा गरि पुग्न सकिने घुम्तिहरुकाे कटान, छाेटा-छाेटा सुरुङ मार्ग र अग्ला पुलकाे निर्माण गरि यश सिद्धार्थ राजमार्गलाई आकर्षक पर्यटकिय राजमार्गकाे रुपमा विकास गर्न आगामी आर्थिक वर्षमा स्राेत सुनिस्चित गर्ने कार्यमा सरकार लागेकाे समेत अर्थमन्त्री पाैडेलले बताउनुभयाे।

कालीगण्डकी जलविद्युत आयाेजनाले जिल्लाकाे मात्रै नभएर देशकै लागि विद्युत क्षेत्रमा याेगदान गरेकाे बताउदै धेरै पहिला देखि चर्चामा रहेकाे जलासाय युक्त आँधिखाेला हाइड्यामकाे लागि सकेसम्म अगाडि बढाउन पहल गर्ने उपप्रधान एवं अर्थमन्त्री पाैडेलकाे भनाइ थियाे। यसकाे निर्माणले विद्युत मात्रै नभएर यश क्षेत्रकाे पर्यटकीय संभावनालाई समेत बढावा दिने भएकाेले याे महत्वपूर्ण आयाेजनाकाे रुपमा रहेकाे बताउनुभयाे। 

अर्थमन्त्री पाैडेलले २०३७ सालमा भैरवा जेल ताेडेर राति-राति तान्सेन हुँदै कालीगण्डकी गाउँपालिकाकाे बाटाे हुँदै गल्याङ झरेर राङ्खाेला पुगेकाे स्मरण गर्दै अहिले कालिगण्डकी गाउँपालिकाले विकास निर्णमाणका साथै अन्य क्षेत्रमा गरेकाे प्रगतिले आफुलाई खुसि लागेकाे समेत बताउनुभयाे। 

यश क्षेत्रका धार्मिक, पर्यटकिय एवं सड्क पूर्वाधार लागायतका क्षेत्रकाे विकासका लागि सक्दाे पहल गर्ने पाैडेलले बताउनुभयाे। 

एक फरक प्रसंगमा मन्त्री पाैडेलले भन्नुभाे,”अहिले देशमा केही अस्थिरता फैलाउन सकिन्छ कि भनेर अराजक्तावादी, प्रतिगामी शक्तिहरु सल्बलाउन थालेकाछन्। यीनिहरुलाई किनारा लगाउदै संघिय लाेकतान्त्रीक गणतन्त्रलाई बल्लियाे बनाउने तर्फ सबै दलहरु एक जुटभएर लाग्नुपर्नेमा समेत उहाँले जाेड दिनुभयाे। अस्थिरता फैलाउन चाहाने अराजकहरुकाे सपना पूरा नहुने उहाँकाे भनाइ थियाे।

कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा एमालेकी सचिव पद्मा अर्याल, गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई, कालीगण्डकी गाउँपालीका अध्यक्ष खिम बहादुर थापा लगायतले बाेल्नुभएकाे थियाे। पालिका अध्यक्ष थापाले पालिकाकाे तर्फबाट विकास निर्माणका याेजनाहरु सहितकाे मागपत्र अर्थमन्त्री पाैडेललाई हस्तान्तरण गर्नुभएकाे थियाे।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal