नेपाल धार्मिक पर्यटनको सम्भावना भएको देश हो : मन्त्री पाण्डे

अर्जुन काफ्ले

स्याङ्जा,६ फागुन– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेको बताउनुभएको छ। 

अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा मंगलबार मन्त्री पाण्डेले मानव सभ्यताको लागि नवग्रह मन्दिर कोषेढुङ्गा हुने बताउनुभयो। नेपाल नै धार्मिक पर्यटनको सम्भावना भएको देश भएको बताउदै मन्त्री पाण्डेले नवग्रह मन्दिर अब धार्मिक पर्यटकीय स्थल बनेको जिकिर गर्नुभयो। 

नवग्रहले आलमदेवीदेखि मुक्तिनाथ जस्ता धार्मिक स्थललाई जोडनुपर्ने बताउदै मन्त्री पाण्डेले अब हजारौँ दर्शनार्थी आउने बताउनुभयो। 

जल, जडिबुटी, वन लगायतका प्राकृतिक हिसाबले नेपाल धनी रहेको उहाँको भनाइ छ। स्थानीय आमा दिदी बहिनीको मुख्य सहयोगमा मन्दिर बनेको सुन्दा आफू हर्षित भएको बताउदै मन्त्री पाण्डेले मातृशक्तिले देखाएको बाटो हाम्रा लागि कल्याणकारी बाटो भएको बताउनुभयो। 

सरकारले विकासको लागि त्रिभुजको परिकल्पना गरेको बताउदै मन्त्री पाण्डेलले नेपालको बिचमा रहेको मुग्लिन, पोखरा र बुटवललाई जोडने बताउनुभयो। 

स्याङ्जाको भविष्य रहेको रहेको बताउदै सिद्धार्थ राजमार्ग चौडा गरेसँगै जिल्लाले विकासले फड्को मार्ने मन्त्री पाण्डेको भनाइ छ। 

कार्यक्रममा संघीय सांसद राजु थापाले नवग्रह मन्दिरले धार्मिक पर्यटनको बाटो खोलेको बताउनुभयो। 

यस्तै प्रदेश सांसद कल्पना तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेलगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभयो। 

१४४ वर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर यहाँ प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सव हुँदैछ। 

फागुन १४ गतेसम्म चल्ने नवग्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दीप प्रज्वलन, चार वेदको पाठ पारायण, गायत्री मन्त्रद्वारा सवालाख हवन, आर्मिक अन्र्तक्रिया, सन्ध्याकालीन महाआरती तथा भजनकृतन गरिने छ।गोप

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal