नेपाल धार्मिक पर्यटनको सम्भावना भएको देश हो : मन्त्री पाण्डे

अर्जुन काफ्ले

स्याङ्जा,६ फागुन– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेको बताउनुभएको छ। 

अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा मंगलबार मन्त्री पाण्डेले मानव सभ्यताको लागि नवग्रह मन्दिर कोषेढुङ्गा हुने बताउनुभयो। नेपाल नै धार्मिक पर्यटनको सम्भावना भएको देश भएको बताउदै मन्त्री पाण्डेले नवग्रह मन्दिर अब धार्मिक पर्यटकीय स्थल बनेको जिकिर गर्नुभयो। 

नवग्रहले आलमदेवीदेखि मुक्तिनाथ जस्ता धार्मिक स्थललाई जोडनुपर्ने बताउदै मन्त्री पाण्डेले अब हजारौँ दर्शनार्थी आउने बताउनुभयो। 

जल, जडिबुटी, वन लगायतका प्राकृतिक हिसाबले नेपाल धनी रहेको उहाँको भनाइ छ। स्थानीय आमा दिदी बहिनीको मुख्य सहयोगमा मन्दिर बनेको सुन्दा आफू हर्षित भएको बताउदै मन्त्री पाण्डेले मातृशक्तिले देखाएको बाटो हाम्रा लागि कल्याणकारी बाटो भएको बताउनुभयो। 

सरकारले विकासको लागि त्रिभुजको परिकल्पना गरेको बताउदै मन्त्री पाण्डेलले नेपालको बिचमा रहेको मुग्लिन, पोखरा र बुटवललाई जोडने बताउनुभयो। 

स्याङ्जाको भविष्य रहेको रहेको बताउदै सिद्धार्थ राजमार्ग चौडा गरेसँगै जिल्लाले विकासले फड्को मार्ने मन्त्री पाण्डेको भनाइ छ। 

कार्यक्रममा संघीय सांसद राजु थापाले नवग्रह मन्दिरले धार्मिक पर्यटनको बाटो खोलेको बताउनुभयो। 

यस्तै प्रदेश सांसद कल्पना तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेलगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभयो। 

१४४ वर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर यहाँ प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सव हुँदैछ। 

फागुन १४ गतेसम्म चल्ने नवग्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दीप प्रज्वलन, चार वेदको पाठ पारायण, गायत्री मन्त्रद्वारा सवालाख हवन, आर्मिक अन्र्तक्रिया, सन्ध्याकालीन महाआरती तथा भजनकृतन गरिने छ।गोप

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal