एमालेले पढायो, नेता कार्यक्रता

वालिङ,२५ माघ– नेकपा एमालेले नेता तथा कार्यक्रतालाई पार्टीको नीति एवं सिद्धान्तका बारेमा पढाएको छ । नेकपा एमाले स्याङ्जाले पार्टी स्कुल विभागको समन्वयमा तीन दिन सम्म आवश सहितको व्यवस्था गरेर नेता एवं कार्यक्रताहरुलाई जिल्ला सदरमुकाममा राखेर पार्टीको नीति सिद्धान्तका साथै आगामी रणनीतिका बारेमा प्रशिक्षण दिएको हो ।
प्रशिक्षणको लागि केन्द्रबाट एमाले उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली सहितका नेताहरुलाई जिल्लामा ल्याएर बुधबारदेखि तीन दिन सम्म आवश सहितको व्यवस्था गरेर प्रशिक्षण दिइएको थियो । तीन दिन सम्म सञ्चालन गरिएको प्रशिक्षणको अन्तिम दिन शुक्रबार प्रशिक्षार्थीहरुको परीक्षा लिएर प्रमाण पत्र वितरण गरिएको एमाले स्याङ्जाले जनाएको छ ।

प्रशिक्षण कार्यमा सहभागि भएर प्रशिक्षण दिनुहुने प्रशिक्षक एवं प्रशिक्षार्थीका रुपमा सहभागि जिल्लाका नेता एवं कार्यक्रतालाई एमाले जिल्ला अध्यक्ष एवं स्कुलविभाग प्रमुख सूर्यप्रसाद गैरे पारसले धन्यवाद दिनुभएको छ । प्रशिक्षण कार्यक्रम सम्पन्न भए संगै जिल्लामा पार्टीका गतिविधिहरु थप प्रभावकारी रुपमा सञ्चालन हुने एमाले स्याङ्जाले जनाएको छ । तीन दिन सम्म चलेको प्रशिक्षण कार्यक्रममा एमाले उपमहासचिव एवं स्कुलविभाग प्रमुख प्रदिप ज्ञवाली, पार्टी सचि पद्धमा अर्याल, किरण गुरुङ, खगराज अधिकारी, टुकराज सिग्देल, सिर्जना काफ्ले,धनन्जय दवाडी, सुन्दर लामीछाने, डा.विश्वकल्याण पराजुली, डा.सुस्मिता ढकाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।

ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम
२०८२ असार ३ गते, मंगलवार
गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड
२०८२ असार ३ गते, मंगलवार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार