एमालेले पढायो, नेता कार्यक्रता
वालिङ,२५ माघ– नेकपा एमालेले नेता तथा कार्यक्रतालाई पार्टीको नीति एवं सिद्धान्तका बारेमा पढाएको छ । नेकपा एमाले स्याङ्जाले पार्टी स्कुल विभागको समन्वयमा तीन दिन सम्म आवश सहितको व्यवस्था गरेर नेता एवं कार्यक्रताहरुलाई जिल्ला सदरमुकाममा राखेर पार्टीको नीति सिद्धान्तका साथै आगामी रणनीतिका बारेमा प्रशिक्षण दिएको हो ।
प्रशिक्षणको लागि केन्द्रबाट एमाले उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली सहितका नेताहरुलाई जिल्लामा ल्याएर बुधबारदेखि तीन दिन सम्म आवश सहितको व्यवस्था गरेर प्रशिक्षण दिइएको थियो । तीन दिन सम्म सञ्चालन गरिएको प्रशिक्षणको अन्तिम दिन शुक्रबार प्रशिक्षार्थीहरुको परीक्षा लिएर प्रमाण पत्र वितरण गरिएको एमाले स्याङ्जाले जनाएको छ ।

प्रशिक्षण कार्यमा सहभागि भएर प्रशिक्षण दिनुहुने प्रशिक्षक एवं प्रशिक्षार्थीका रुपमा सहभागि जिल्लाका नेता एवं कार्यक्रतालाई एमाले जिल्ला अध्यक्ष एवं स्कुलविभाग प्रमुख सूर्यप्रसाद गैरे पारसले धन्यवाद दिनुभएको छ । प्रशिक्षण कार्यक्रम सम्पन्न भए संगै जिल्लामा पार्टीका गतिविधिहरु थप प्रभावकारी रुपमा सञ्चालन हुने एमाले स्याङ्जाले जनाएको छ । तीन दिन सम्म चलेको प्रशिक्षण कार्यक्रममा एमाले उपमहासचिव एवं स्कुलविभाग प्रमुख प्रदिप ज्ञवाली, पार्टी सचि पद्धमा अर्याल, किरण गुरुङ, खगराज अधिकारी, टुकराज सिग्देल, सिर्जना काफ्ले,धनन्जय दवाडी, सुन्दर लामीछाने, डा.विश्वकल्याण पराजुली, डा.सुस्मिता ढकाल लगायतले प्रशिक्षण दिनुभएको थियो ।

ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















