‘नेपालको जिपीए प्रणालीमा अनुसन्धान आवश्यक छ’ रेक्टर केसी

काठमाण्डौँ,१९ माघ- त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर)खड्ग केसीले नेपालको शिक्षा क्षेत्रको जिपीए प्रणालीमा खोज अनुसन्धान हुनुपर्ने बताउनुभएकाे छ । शनिबार काठमाण्डौँमा आयोजित ‘टीयू टेसोल’ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै त्रिभुवन विश्वविद्यालय तथा आंगिक क्याम्पसहरुमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दिनहुँ घट्नुमा विद्यमान जिपीए प्रणालीको भूमिका प्रत्यक्ष वा परोक्ष रुपमा रहेको बताउँदै यस विषयमा खोज अनुसन्धान हुनुपर्ने रेक्टर केसीले बताउनुभयाे। 

केसीले भन्नुभयाे, ‘विद्यार्थीहरु भाषा, साहित्य एवम् शिक्षा अध्ययन गर्न हतोत्साही भएका छन् । जसको प्रमुख कारण जिपीए प्रणाली हो ।’ शिक्षामा गुणस्तर एवम् विद्यार्थी सङ्ख्या बढाउन त्रिपक्षीय अर्थात सरकार, शैक्षिक संघ-संस्था एवम् विद्यार्थीको मनोवैज्ञानिक अध्ययन गरेर जिपीए प्रणालीलाई वैज्ञानिकीकरण गर्नुपर्ने उहाँले बताउनुभयाे। अङ्ग्रेजी शिक्षाको बारेमा बहस कार्यक्रमहरु भइरहे पनि अङ्ग्रेजी विषय र अङग्रेजी शिक्षामा विद्यार्थीहरुको सङ्ख्या घट्नुमा समेत अनुसन्धान हुनुपर्नेमा उहाँले जोडदिनुभयाे । 

जिपीए प्रणाली अमेरिकी शिक्षा नीति सुहाउँदो र नेपाली परिप्रेक्षमा अवैज्ञानिक रहेकाले त्यस अन्तरलाई पुरा गर्न ‘नेल्टा’ लगायतका संस्थाहरुको भूमिका महत्वपूर्ण हुने केसीकाे भनाइ थियाे । अमेरिकी सरकार तथा त्यहाँका नागरिकले नेपालको शैक्षिक गुणस्तर उकास्न गरेको सहयोग एवम् सदभावप्रति उहाँले धन्यवाद दिनुभयाे। 

दुईदिन सम्म चल्ने सम्मलेनमा अमेरिका, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, कतार लगायतका देशबाट दुईसय जनाकाे सहभागिता रहेकाेे छ। काठमाण्डौँ स्थित अ‍ेमिरिकी दूतवास, रेलोको आर्थिक साहयोगमा र महेन्द्ररत्न क्याम्पस अङ्ग्रेजी शिक्षा विभागको आयोजनामा काठमाण्डौँ इन्जिनियरिङ् कलेजमा आयोजना भइरहेको छ ।

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal