‘नेपालको जिपीए प्रणालीमा अनुसन्धान आवश्यक छ’ रेक्टर केसी

काठमाण्डौँ,१९ माघ- त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर)खड्ग केसीले नेपालको शिक्षा क्षेत्रको जिपीए प्रणालीमा खोज अनुसन्धान हुनुपर्ने बताउनुभएकाे छ । शनिबार काठमाण्डौँमा आयोजित ‘टीयू टेसोल’ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै त्रिभुवन विश्वविद्यालय तथा आंगिक क्याम्पसहरुमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दिनहुँ घट्नुमा विद्यमान जिपीए प्रणालीको भूमिका प्रत्यक्ष वा परोक्ष रुपमा रहेको बताउँदै यस विषयमा खोज अनुसन्धान हुनुपर्ने रेक्टर केसीले बताउनुभयाे। 

केसीले भन्नुभयाे, ‘विद्यार्थीहरु भाषा, साहित्य एवम् शिक्षा अध्ययन गर्न हतोत्साही भएका छन् । जसको प्रमुख कारण जिपीए प्रणाली हो ।’ शिक्षामा गुणस्तर एवम् विद्यार्थी सङ्ख्या बढाउन त्रिपक्षीय अर्थात सरकार, शैक्षिक संघ-संस्था एवम् विद्यार्थीको मनोवैज्ञानिक अध्ययन गरेर जिपीए प्रणालीलाई वैज्ञानिकीकरण गर्नुपर्ने उहाँले बताउनुभयाे। अङ्ग्रेजी शिक्षाको बारेमा बहस कार्यक्रमहरु भइरहे पनि अङ्ग्रेजी विषय र अङग्रेजी शिक्षामा विद्यार्थीहरुको सङ्ख्या घट्नुमा समेत अनुसन्धान हुनुपर्नेमा उहाँले जोडदिनुभयाे । 

जिपीए प्रणाली अमेरिकी शिक्षा नीति सुहाउँदो र नेपाली परिप्रेक्षमा अवैज्ञानिक रहेकाले त्यस अन्तरलाई पुरा गर्न ‘नेल्टा’ लगायतका संस्थाहरुको भूमिका महत्वपूर्ण हुने केसीकाे भनाइ थियाे । अमेरिकी सरकार तथा त्यहाँका नागरिकले नेपालको शैक्षिक गुणस्तर उकास्न गरेको सहयोग एवम् सदभावप्रति उहाँले धन्यवाद दिनुभयाे। 

दुईदिन सम्म चल्ने सम्मलेनमा अमेरिका, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, कतार लगायतका देशबाट दुईसय जनाकाे सहभागिता रहेकाेे छ। काठमाण्डौँ स्थित अ‍ेमिरिकी दूतवास, रेलोको आर्थिक साहयोगमा र महेन्द्ररत्न क्याम्पस अङ्ग्रेजी शिक्षा विभागको आयोजनामा काठमाण्डौँ इन्जिनियरिङ् कलेजमा आयोजना भइरहेको छ ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal