एमालेको अन्तिम लक्ष्य समाजवादः नेता अधिकारी

वालिङ,११ माघ– नेकपा एमालेका स्थायीकमिटी सदस्य एवं निवर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेकपा एमालेको अन्तिम लक्ष्य समाजवाद हुदै साम्यवाद भएको बताउनुभएको छ ।
नेकपा एमाले वालिङ नगर कमिटीले धार्मीक पर्यटकीय स्थल गह्रौसुरमा आयोजना गरिएको अर्धवार्षिक समिक्षा तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता अधिकारीले सो कुरा बताउनुभएको हो ।

विभिन्न प्रकारका कार्यनीतिहरुको प्रयोग गर्दै जनताको बहुदलीय जनवादको आलोकमा समृद्ध नेपाल सुखि नेपाली बनाउने कार्यभारको पुरा गर्दै अन्तिम रणनीति भनेको समाजवाद हुदै साम्यवाद रहेको प्रष्ट पार्नुभयो । पार्टीको अन्तिम लक्ष्य प्राप्तिका लागि सबै पार्र्टीका कार्यक्रता एवं नेताहरुलाई सोही अनुसार पार्टी काममा लाग्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलले पार्टीको अर्धवार्षिक गतिविधी एवं पार्टीले तय गरेको विशेष अभियान कार्यक्रमसहितको जानकारी गराउनुभएको थियो ।

अर्धवार्षिक समिक्षासँगै स्थानीय स्तरबाट पार्टीको काम र संगठनलाई सबल बनाउन वडा केन्द्रित पार्टी निर्माणका लागि तीन महिने विशेष अभियान सञ्चालन गर्ने निर्णयसहित कार्यक्रम सम्पन्न गरिएको एमाले नगर कमिटी वालिङले जनाएको छ ।
ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार
विद्यार्थीलाई कपाल काट्ने तालिम
२०८२ जेष्ठ २९ गते, बिहीबार
चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
२०८२ जेष्ठ २९ गते, बिहीबार
मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित
२०८२ जेष्ठ २८ गते, बुधबार