भीरकोटमा भूमिगत सिँचाइ

अर्जुन काफ्ले
स्याङ्जा,२० मङसिर- भीरकोट नगरपालिका वडा नं ६ सिमलचौर र एकुवारमा भूमिगत सिँचाइ योजना निर्माण गरिएको छ । यहाँ नयाँ प्रविधिमा आधारित भूमिगत सिँचाइ प्रणाली पहिलो पटक जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय निर्माण गरेको हो ।

भूमिगत पानीको उपयोग गर्न निर्माण गरिएको नयाँ प्रविधिको सिँचाइ योजना ६० लाखको लागतमा निर्माण गरिएको र योजना ९० प्रतिशत काम सकिएको सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाका प्रमुख किरण आचार्यले बताउनुभयो ।

सिमलचौर र एकुवारको जमिनमा सिँचाइका लागि एकुवार बिस्रीखोला जैसीडाँडा नयाँ प्रविधि सिँचाइ निर्माण गरिएको हो ।

यहाँको १५ हेक्टर जमिनलाई सिँचाइ गर्ने उद्देश्यले तीन वर्षअघि सुरु गरिएको योजनामा सिमलचौरमा विद्युतीय मोटरद्वारा छ इन्चको फलामको पाइप ७२ मिटर गहिरो गाडेर प्रति सेकेण्ड सात लिटर पानी निकालिएको छ । 

यस्तै, एकुवार पनि मोटरको प्रयोग गरेर आठ इन्चको पाइप ६० मिटर गहिरो गाडेर प्रति सेकेण्ड २५ लिटर पानी निकाल्ने प्रविधि प्रयोग गरिएको हो ।

योजनाको प्राविधिक परीक्षण पश्चात कृषकहरूले सिँचाइ प्रयोजनका लागि पानी प्रयोग गर्न पाउने आचार्यले बताउनुभयो । भीरकोटको उब्जाउ क्षेत्र यहाँ सिँचाइका लागि दुई वटा नहर भए पनि एक नहरको  संरचना जीर्ण भएको छ भने एक नहरमा बाढीले पूर्ण क्षति पुर्‍याएको छ ।

खोलाको किनारमै भए पनि आँधीखोला नदीको उत्खननले गर्दा आकाशे भेलपानीको भरमा सिँचाइ गर्नुपर्ने बाध्यता भएको हो ।
भीरकोट नगरपालिकाले व्यवसायिक रूपमा नदी उत्खनन गर्न थालेपछि सिँचाई प्रणालीमा निरन्तर अवरोध भइरहेको छ भने नदीको सतह करिब तीन  मिटर गहिरिएको छ ।

पुरानो नहर पुनर्निर्माणका लागि करिब ३० करोड रुपियाँ लाग्ने भएकाले वैकल्पिक सिँचाइ  प्रणालीको रूपमा भूमिगत पानीको उपयोग गर्न लागिएको हो ।

यस योजनाबाट हिउँदे बाली र नगदेबालीको उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताउदै सिँचाइ योजनाका अध्यक्ष सूर्यप्रसाद कोइरालाले खेत र बारी दुबैमा सिँचाइ हुने भएकाले किसानहरू खुशी भएको बताउनुभयो । स्थानीय कृषकहरूले कृषि उत्पादनमा अपेक्षित वृद्धि गर्न नहर नै सञ्चालनमा ल्याउनुपर्ने माग राख्दै आएका छन् ।

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal