भीरकोटमा भूमिगत सिँचाइ

अर्जुन काफ्ले
स्याङ्जा,२० मङसिर- भीरकोट नगरपालिका वडा नं ६ सिमलचौर र एकुवारमा भूमिगत सिँचाइ योजना निर्माण गरिएको छ । यहाँ नयाँ प्रविधिमा आधारित भूमिगत सिँचाइ प्रणाली पहिलो पटक जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय निर्माण गरेको हो ।

भूमिगत पानीको उपयोग गर्न निर्माण गरिएको नयाँ प्रविधिको सिँचाइ योजना ६० लाखको लागतमा निर्माण गरिएको र योजना ९० प्रतिशत काम सकिएको सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाका प्रमुख किरण आचार्यले बताउनुभयो ।

सिमलचौर र एकुवारको जमिनमा सिँचाइका लागि एकुवार बिस्रीखोला जैसीडाँडा नयाँ प्रविधि सिँचाइ निर्माण गरिएको हो ।

यहाँको १५ हेक्टर जमिनलाई सिँचाइ गर्ने उद्देश्यले तीन वर्षअघि सुरु गरिएको योजनामा सिमलचौरमा विद्युतीय मोटरद्वारा छ इन्चको फलामको पाइप ७२ मिटर गहिरो गाडेर प्रति सेकेण्ड सात लिटर पानी निकालिएको छ । 

यस्तै, एकुवार पनि मोटरको प्रयोग गरेर आठ इन्चको पाइप ६० मिटर गहिरो गाडेर प्रति सेकेण्ड २५ लिटर पानी निकाल्ने प्रविधि प्रयोग गरिएको हो ।

योजनाको प्राविधिक परीक्षण पश्चात कृषकहरूले सिँचाइ प्रयोजनका लागि पानी प्रयोग गर्न पाउने आचार्यले बताउनुभयो । भीरकोटको उब्जाउ क्षेत्र यहाँ सिँचाइका लागि दुई वटा नहर भए पनि एक नहरको  संरचना जीर्ण भएको छ भने एक नहरमा बाढीले पूर्ण क्षति पुर्‍याएको छ ।

खोलाको किनारमै भए पनि आँधीखोला नदीको उत्खननले गर्दा आकाशे भेलपानीको भरमा सिँचाइ गर्नुपर्ने बाध्यता भएको हो ।
भीरकोट नगरपालिकाले व्यवसायिक रूपमा नदी उत्खनन गर्न थालेपछि सिँचाई प्रणालीमा निरन्तर अवरोध भइरहेको छ भने नदीको सतह करिब तीन  मिटर गहिरिएको छ ।

पुरानो नहर पुनर्निर्माणका लागि करिब ३० करोड रुपियाँ लाग्ने भएकाले वैकल्पिक सिँचाइ  प्रणालीको रूपमा भूमिगत पानीको उपयोग गर्न लागिएको हो ।

यस योजनाबाट हिउँदे बाली र नगदेबालीको उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताउदै सिँचाइ योजनाका अध्यक्ष सूर्यप्रसाद कोइरालाले खेत र बारी दुबैमा सिँचाइ हुने भएकाले किसानहरू खुशी भएको बताउनुभयो । स्थानीय कृषकहरूले कृषि उत्पादनमा अपेक्षित वृद्धि गर्न नहर नै सञ्चालनमा ल्याउनुपर्ने माग राख्दै आएका छन् ।

ताजा

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal