नागरिकको खोजी, उद्धार र राहत उच्च प्राथमिकता

काठमाडौँ,१२ असोज– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अविरल वर्षापछि आएको बाढीपहिराका घटनामा परेका नागरिकको खोजी, उद्धार र राहतलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ । 

देशका विभिन्न भागमा भएका विपद्का घटनालगत्तै सरकारले विपद् प्रतिकार्यलाई तदारुकताका साथ अघि बढाएको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले राससलाई जानकारी दिनुभयो । “विपद्का बेलामा जनताले सरकार सम्झनु स्वाभाविक हो, हामीले हिजोदेखि नै तदारूकताका साथ प्रतिकार्यका काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो । 

सरकार जनताको जीउधन सुरक्षित बनाउन क्रियाशील रहेको जनाउँदै उहाँले त्यसका लागि सरकारले आफ्नो सम्पूर्ण प्रयास गर्ने स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमी एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आजै आकस्मिक समन्वयात्मक बसी प्रभावितलाई राहत उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरिएको जानकारी दिनुभयो । 

“कहाँ–कहाँ के–के नोक्सान भयो, बैठकमा देशभरको विपद् परिस्थितिको समीक्षा गरियो, अझै पनि चुनौती रहेका क्षेत्रको पहिचान गरेर सम्बन्धित मन्त्रालयलाई सक्रियताका साथ उद्धारमा लाग्न निर्देशन दिइएको छ”, मन्त्री गुरुङले भन्नुभयो । 

बाढी, पहिरोलगायत विपत्को समयमा गृह मन्त्रालयको सबैभन्दा बढी भूमिका हुने जनाउँदै उहाँले उद्धार वा अन्य सहयोगमा कुनै पनि कमी आउन नदिन सक्रियताका साथ काम गर्न बैठकबाट निर्देशन भएको बताउनुभयो । 

मन्त्री गुरुङले खानेपानी, विद्युत्, सञ्चार, सडकलगायत अत्यावश्यक सेवा यथाशीघ्र पुनः सञ्चालनमा ल्याउन सबै मन्त्रालयलाई निर्देशन दिनुका साथै विपत्का समयमा आ–आफ्ना जिम्मेवारी पूरा गर्न सम्पूर्ण मन्त्रालय र सरोकारवाला सबै निकायको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । 

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाली सेना वा नेपाली प्रहरीलगायत विपद् प्रतिकार्यमा लागि ‘अलर्ट’ रहन निर्देशनसमेत दिएको मन्त्री गुरुङले जानकारी दिनुभयो । 

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal