पुरानो कार्यशैलीले कार्य सम्पादन हुन सक्दैनः मुख्य सचिव अर्याल
स्याङ्जा,१२ असोज- नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालले कर्मचारीतन्त्र आलोचित रहेको बताउनुभएको छ ।
मुख्य सचिव अर्यालले पढ्नुभएको मावली गाउँ आँधीखोला गाउँपालिकाले आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा शनिबार मुख्य सचिव अर्यालले आफू निजामती कर्मचारीको उच्च पदमा रहेको र आलोचनालाई कम गर्न सक्दो प्रयास गर्ने बताउनुभयो ।
विगतको जस्तो पुरानो कार्यशैलीले कार्य सम्पादन हुन नसक्ने बताउनुहुँदै अर्यालले सेवाग्राही कुरेर नबस्ने र प्रविधि मार्फत मनमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

मावली गाउँबाट पाएको आर्सीवादलाई खेर जान नदिने बताउनुहुँदै अर्यालले ७७ जिल्ला नै हेर्नुपर्ने र आफू खेलको माटो आँधीखोला तथा अध्ययन गरेका दुई विद्यालयलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।
जीर्ण स्कुल र धुलोमा बसेर अध्ययन गरेको स्मरण गर्नुहुँदै सो स्कुल पढ्दा यो स्थानमा पुग्ने नसोचे पनि गुरुहरूले यहाँ ल्याएको अर्यालले बताउनुभयो । असम्भव केही नरहेको बताउनुहुँदै अर्यालले मेहनत र लगनशीलता नै मुख्य कुरो भएको बताउनुभयो ।
मुख्य सचिव अर्यालले कृष्ण बन्दु जस्ता गुरुले आफूलाई यो ठाउँमा पुर्याएको जिकिर गर्नुभयो । विगतमा दुर्गम आधीखोला अहिले राम्रो र विकसित भएको बताउनुहुँदै अर्यालले पालिका र जिल्लाको विकासमा सधैँ सहयोग गरेको र अझ धेरै गर्ने बताउनुभयो ।
गण्डकी प्रदेश सार्वजनिक लेखा समिति सभापति सुधीरकुमार पौडेलले यहीको धुलो माटोमा खेलेर मुख्य सचिव बन्नुभएका अर्याललाई आफ्नो कार्यकालमा सुशासन अग्रिम देश बनाउन आग्रह गर्नु भयो ।
जिल्लावासीका केही अपेक्षा रहेको बताउनुहुँदै पौडेलले सिद्धार्थ राजमार्गलाई चार लाइन र पालिकाका केही सडक तथा पर्यटनको विकासमा सहयोगको आग्रह गर्नुभयो ।

मुख्य सचिव अर्यालका शिक्षक कृष्ण बन्दु पौडेलले उहाँ सानैबाट मिजासिलो र बहुप्रतिभाशाली रहेको बताउनुभयो । आफ्नो विद्यार्थी ठुलो बनोस् भन्ने चाहना हुने बताउँदै पौडेलले सबैले सोचेको ठाउँ पुगेको र मुख्य सचिव बन्नुभएको बताउनुभयो । पौडेललेले कर्तव्यनिष्ठ भएर काम गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वराज पौडेल, उपाध्यक्ष सीता थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, शिक्षक एक नारायण पौडेल, मुख्य सचिवको श्रीमती मायादेवी अर्याल लगायतले मन्तव्य राख्नु भएको थियो ।
मुख्य सचिव भए पश्चात् पहिलो पटक जन्म जिल्ला र मावली पालिका आउनुभएका अर्याललाई पालिकाले सम्मान गरेको हो । पालिकाले मुख्य सचिव अर्याललाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेको हो ।
यसै गरी फेदीखोला गाउँपालिकाले मुख्य सचिव एकनारायण अर्याललाई एक कार्यक्रमका विच सम्मान गरेको छ । गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी लगायत पालिकाका जनप्रतिनिधिहरुले स्याङ्जा जिल्लाबाट देशको उच्च प्रशासनिक निकायमा पुग्न सफल भएको भन्दै मुख्य सचिव अर्याललाई सम्मान गर्नुभएको हो ।

ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















