पिस जोनद्वारा प्रधानाध्यापक डुम्रेलाई सम्मान

वालिङ,४ असोज- वालिङ नगरपालिका ९ मा रहेको पिस जोन इन्टिग्रेटेड एजुकेशनल एकेडेमीका प्रधानाध्यापक यामप्रसाद डुम्रे सम्मानित हुनभएको छ । डुम्रेलाई जिल्लामै उत्कृष्ट अंग्रेजी शिक्षकको रुपमा सम्मानित भएर विद्यालयको गरिमा बढाएको भन्दै पिस जोन एजुकेशनल एकेडेमी विद्यालय व्यवस्थापन समितिको तर्फबाट सम्मान गरिएको हो ।
प्रधानाध्यापक डुम्रे (अमृत) लाई राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाले जिल्लामै अंग्रेजी विषयमा उकृष्ट शिक्षकको रुपमा सम्मान गरेको थियो । भने जिल्लाको समग्र नतिजामा भने पिस जोन दोस्रो भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदन श्रेष्ठले विद्यालयले एसईईमा निरन्तर राम्रो नतिजा ल्याउन सफ भएको र विद्यालयका प्रधानाध्यापक यामप्रसाद डुम्रे जिल्लामै उत्कृष्ठ शिक्षकको रुपमा सम्मानित भएको बधाई दिदै विद्यालयको गुणस्तर नतिजाले देखाएको बताउनुभयो ।


विद्यालयका संस्थापक सचितानन्द यादवले पिस जोन वालिङमा मात्रै नभएर जिल्लामै एक उत्कृष्ठ शैक्षिक संस्थाको रुपमा स्थापित हुदै गएको बताउदै गुणस्तरिय शिक्षा प्रदान गर्नको लागि आफुहरु लागिपरिरहेको बताउनुभयो ।
सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक यामप्रसाद डुम्रेले (अमृत) आफुलाई शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जा र विद्यालय परिवारले जिल्लामै अंग्रेजी विषयमा उकृष्ट शिक्षकको रुपमा गरिएको सम्मानले थप हौसला मिलेको बताउदै विद्यार्थीको भविष्य उज्वल बनाउनको लागि गुणस्तरिय शिक्षा प्रदान गर्न अझै मेहनतका साथ लागिपर्ने बताउदै पिस जोन प्रति विश्वास गरेर आफ्ना बाबुनानिहरुलाई विद्यालयमा पठाउने अभिभावकहरुको भरोसा र विस्वासलाई गुमन नदिने प्रतिवद्धता समेत व्याक्त गर्नुभयो । शिक्षक, अभिभावक, विद्यार्थी एवं विद्यालय व्यवस्थापन समिति लगायत सबैको सहयोगले विद्यालयले यो महत्वपूणर् सम्मान र प्रगति गर्न सफल भएको बताउनुभयो ।


कार्यक्रममा विद्यालयकी शेयर सदस्य एवं जनप्रतिनिधि रमता पराजुली, समाजसेवी बालकृष्ण श्रेष्ठ, अभिभावक हिमलाल डुम्रे, विद्यालयका सहायक प्रअ श्यामप्रसाद ढुंगाना, लेखापाल एवं शेयर सदस्य भुवाप्रसाद डुुम्रे लगायतले बोल्नुभएको थियो । २०८० सालको एसईईमा संस्थागत विद्यालय तर्फ अंग्रेजी विषयमा जिल्लामै उत्कृठ नतिजा ल्याउन सफल भएको छ । विषयगत विधातर्फ पहिलो भएको पिस जोन जिल्लाको समग्र नतिजामा भने दोस्रो भएको छ । २०७९ को एसईईमा पिस जोनका विद्यार्थी संगित भुषालले चार जिपिए ल्याउन सफल हुनभएको थियो । भुषालको चार जिपिए सहित पिस जोन इन्टिग्रेटेड एजुकेशनल एकेडेमी जिल्लामै उत्कृष्ठ विद्यालयको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकोे थियो ।

ताजा

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

२०८३ असार ३० गते, मंगलवार

मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस

२०८३ असार २९ गते, सोमबार

वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित

२०८३ असार २८ गते, आईतवार

श्रमजीवी पत्रकारको करार नतोड्न  नेपाल पत्रकार महासंघको आग्रह

२०८३ असार २६ गते, शुक्रबार

मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ

२०८३ असार २६ गते, शुक्रबार

विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

२०८३ असार २६ गते, शुक्रबार

आत्मदाहकाे प्रयास गरेका गणेशकाे निधन

२०८३ असार २६ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal