भाषा प्रयोग र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न

काठमाडौँ,४ असाेज- त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभागमा ‘सरकारी निकायहरुमा आधिकारिक भाषा प्रयोग, पुनरुउत्थान र भाषिक–सामाजिक न्याय’ विषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा र भाषाविज्ञान केन्द्रीय विभागको व्यवस्थापनमा गर्न लागिएको अनुसन्धानको पूर्वतयारीका सन्दर्भमा आयोजित गोष्ठी आज शुक्रवार भाषाविज्ञान विभागको सभाहलमा सम्पन्न भएको हो । 

गोष्ठीलाई भाषाविज्ञान विभागका प्रा. डा. बलराम प्रसाईंले परियोजनाको ‘पृष्ठभूमि र विकासक्रम’ का विषयमा जानकारी गराउनुभएको थियो । सो अवसरमा प्रा. डा. प्रसाईंले परियोजनाको विषयवस्तु गहन भएकाले चुनौतिका रूपमा रहेको पनि औल्याउनुभयो । 

परियोजनाका मुख्य अनुसन्धानकर्ता डा. भिमलाल गौतमले ‘परियोजना र कार्ययोजना’ बारे सहजीकरण गर्नुभएको थियो । सात वटा प्रदेशबाट ५ सयभन्दा बढीसँग सर्वेक्षण तथ्याङ्क संकलन गर्ने कार्ययोजना रहेको डा. गौतमले जानकारी दिनुभयो । 

यस्तै तथ्याङ्कशास्त्री डा. दीर्घराज जोशी रेग्मीले ‘अनुसन्धान पद्धति र मात्रात्मक उपकरण’, डा. प्रेम प्रसाद पौडेलले ‘अनुसन्धान पद्धति र गुणात्मक उपकरण’, डा. हरिमाया शर्माले ‘गुणात्मक डेटाको लागि फिल्डको पूर्वतयारी’ र डा. विनोद यादवले ‘कार्ययोजनामा आधारित अनुसन्धाताहरुसँग समन्वय’ विषयमा सहजीकरण गुर्नभएको थियो ।

परियोजनामा भाषा विज्ञानका ‘एमफिल पिएचडी’ अध्ययनरत अनुसन्धाताद्वय शारदा सापकोटा र मोहन गुरुङ रहेका छन् । यस्तै गरी अर्का अनुसन्धाता श्याम कुमार शाह रहेका छन् । 

परियोजनाका लागि विभिन्न शिक्षाशास्त्री, नीति निर्माता, सामाजिक अभियन्ता आदिबाट अन्तर्वार्ता र छलफल विधिबाट पनि तथ्याङ्क संकलन गरिने र सोही अनुसारको विश्लेषण र प्रबोधीकरण गरिने प्रमुख अनुसन्धाकर्ता डा। गौतमले जानकारी दिए । 

यस्तै भाषा विज्ञान विभागका प्रमुख सहप्राध्यापक डा.कर्णाखर खतिवडाले अनुसन्धानले नेपालको बाहुभाषिक भाषिक व्यवस्थापनमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । कार्यक्रममा विभागका प्राध्यापकद्वय डा. कृष्ण चालिसे र डा. तारामणि राईले अनुसन्धाले नेपालको भाषा र भाषिकहरुको अवस्थाबारे सही अनुसन्धान हुने आशा व्यक्त गर्नुभयो ।अनुसन्धान अवधि साढे दुई वर्ष रहनेछ ।

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal