संविधान दिवस सबैका लागि महत्वपूर्ण दिन हो—एमाले केन्द्रीय सदस्य सुन्दास


गोपाल जिटी
वालिङ,३ असोज-संविधान दिवस हामी सबैका लागि महत्वपूर्ण दिन भएको नेकपा एमाले केन्द्रीय सदस्य सीता सुन्दासले बताउनु भएको छ । एमाले स्याङ्जाको इन्चार्जसमेत रहनुभएकी केन्द्रीय सदस्य सुन्दासले देशको उन्नति प्रगतिको वाधक एकात्मक राज्य व्यवस्था हटाएर जनताका लागि जनताद्वारा संविधान निर्माण गर्न सफल भएकाले आजको दिन महत्वपूणर् रहेको उहाँले व्यक्त गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भैसके पश्चात राज्यका तीनतहमा नेकपा एमालेले नेतृत्व दिंदै आएको उहाँले औंल्याउनुभयो ।
उहाँले भन्नुभयो, “ एकात्मक राज्य व्यवस्थाको विरुद्धमा सङ्खघोष गरेर करिव सात दशक लामो संघर्षपछि जनताका लागि जनताद्वारा संविधान निर्माण गर्न सफल भएका हौं । यो संविधान बनेको पनि आज नौ वर्ष पुगेर दशवर्षमा प्रवेश गदैंगर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भैसके पश्चात आज नेपालका तीनतहका सरकारमा पहिलो पटक नेकपा एमाले सङ्घ, प्रदेश र स्थानीय तहमा नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ ।”
पार्टीले राष्ट्रको चौतर्फी विकासको खाका कोरेको थियो भनेर स्मरण गर्न सकिन्छ । पार्टीका श्रद्धेय अध्यक्ष केपी ओलीले बनाएका योजनाहरु भौतिक पूर्वाधार मात्र होइन, सामाजिक, सांस्कृतिक रुपान्तरणसँगै आर्थिक र मानवीय विकासका लागि बनेको केन्द्रीय सदस्य सुन्दासले बताउनुभयो ।
नेपाली जनताले हिज गरेको क्रान्ती राजनैतिक परिवर्तनको लागि थियो । अब हामीले राजनीतिकरुपमा परिवर्तन भैसकेको अनुभूति गरेका छौं । तर सामाजिक र आर्थिकरुपबाट यो समाज र राज्यलाई परिवर्तन गर्नुपर्ने आवश्यकता छ, उहाँले भन्नुभयो ।
हिजोको क्रान्तीको स्वरुप एउटा थियोे अब हामीले गर्ने काम वा कार्यनीति बदलिएको छ । हामीले क्रान्तीको राजनीतिक कार्यभार पूरा गर्न आन्दोलनको नेतृत्व गर्‍यौं । परिवर्तनको अनुभूति पनि भएको छ । तर हामीले चाहे अनुसार परिवर्तन हुन सकेको छैन भन्ने आभास भएको उहाँको भनाई छ । त्यसको लागि केन्द्रीयतहदेखि तल्लोतहसम्म संगठनात्मक संरचना निर्माण गरेर हिजो पार्टीले परिकल्पना गरेको विचार, योजना र दृष्टिकोण लागु गर्न आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउनेगरी काम गर्न र लाग्न केन्द्रीय सदस्य सुन्दासले आग्रह गर्नुभयो ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा नेकपा एमाले वालिङले प्रशिक्षण, अन्तरक्रिया एवम् सपथ ग्रहण कार्यक्रमको आयोजना गरेको थियो । यस अवसरमा एमाले वालिङले जेष्ठ नागरिक मञ्च र सल्लाहकार कमिटिलाई सपथ ग्रहण गराएको हो । एमाले वालिङ नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेलले जेष्ठ नागरिक मञ्च र सल्लाहकार कमिटिलाई सपथ ग्रहण गराउनु भएको हो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य किशोर विक्रम मल्ल, पार्टीको गण्डकी प्रदेश सल्लाहकार परिषद सदस्य मोहन रेग्मी, गण्डकी प्रदेश सचिवालय सदस्य उदय श्रेष्ठ, एमाले जिल्ला कमिटि अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसलगाएतले प्रशिक्षणात्मक प्रस्तुतिसहित शुभकामना व्यक्त गर्नुभएको थियो ।

ताजा

नागरिकको स्वास्थ्य पहिलो प्राथामिकतामा: मन्त्री पाठक

२०८२ मंसिर २१ गते, आईतवार

नागरिकको स्वास्थ्य पहिलो प्राथामिकतामा: मन्त्री पाठक

२०८२ मंसिर २१ गते, आईतवार

प्रथम वालिङ सडक खाना महोत्सव सुरु

२०८२ मंसिर १७ गते, बुधबार

सातौं राष्ट्रपति रनिङशिल्डको उपाधी भुरुङ चौकीले जित्यो

२०८२ मंसिर १७ गते, बुधबार

More than legends: How folk tales bind past and present

२०८२ मंसिर १६ गते, मंगलवार

नेपाल विचरणमा प्रेमिल चरा

२०८२ मंसिर १६ गते, मंगलवार

मौलिक खाना प्रवर्द्धनका लागि सडक महोत्सव

२०८२ मंसिर १६ गते, मंगलवार

वालिङमा सडक खाना महाेत्सव हुने

२०८२ मंसिर १५ गते, सोमबार

भाग्याेदय माविले स्वर्ण महोत्सव मनाउने

२०८२ मंसिर १३ गते, शनिबार

चुनावी सुरक्षा तयारी सुदृढ गर्न प्रधानमन्त्री कार्कीको सेनालाई निर्देशन

२०८२ मंसिर १२ गते, शुक्रबार

कारागार मर्मत नहुँदा कैदीबन्दी बाहिरै

२०८२ मंसिर १० गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal