मानवता नै सर्वोच्च धर्म हो : सञ्चारमन्त्री

काठमाडौँ, २९ भदौ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवता नै सर्वोच्च धर्म भएकाले यसमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

मानव सेवा आश्रम शाखा कार्यालय लमजुङको निर्माणाधीन भवन सम्पन्न गर्ने उद्देश्यले शनिबार यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले मानव सेवाबाट नै सही आशीर्वाद पाउने भएकाले यसमा लागेर पुण्य आर्जन गर्न  सकिने बताउनुभयो ।

२०८२ सालभित्र देशलाई सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने सङ्कल्प साकार पार्ने सरकारको लक्ष्य हासिल गर्ने अभियानमा मानवसेवा आश्रमको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले कोही पनि नागरिक बेसहारा भएर बस्न नपरोस् भन्ने सरकारको चाहना हो भन्नुभयो । उहाँले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा नै सो प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरेको बताउनुभयो ।

यसै वर्षभित्र लमजुङमा निर्माणाधीन आश्रमको भवन सम्पन्न गरी अन्य क्षेत्रमा जस्तै लमजुङ पनि मानव सेवामा  अग्रणी रहेको पुष्टि गर्न सबैसँग मन्त्री गुरुङले आग्रह गर्नुभयो ।

कार्यक्रममा उपस्थित विभिन्न संस्था र व्यक्तित्वहरूले भवन निर्माणका लागि आर्थिक सहयोगको प्रतिबद्धता जनाउनु भएको थियो ।

त्यस अवसरमा मानवसेवा आश्रम शाखा कार्यालय लमजुङको भवन निर्माण समितिका संयोजक तथा पूर्वसांसद जमिन्द्रमान घलेले भवन निर्माण गर्न अहिलेसम्म  रु पाँच करोड लगानी भइसकेको र आगामी चैतसम्ममा निर्माण सम्पन्न गर्न त्यति नै रकम आवश्यक पर्ने भएकाले सबैसँग सहयोगका लागि आग्रह गर्नुभयो ।

आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कोही पनि अनाथ र बेसहारा भएर बस्नुपर्ने अवस्थालाई न्यूनीकरण गरी २०८२ सालभित्र देशलाई सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने अभियानलाई सफल बनाउन संस्थाले विभिन्न जिल्लामा सेवा केन्द्र स्थापना, मेची–महाकाली राष्ट्रिय उद्धार यात्राजस्ता अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । मुख्य कार्यालय हेटौँडासहित सात प्रदेशका १९ जिल्लामा २५ वटा सेवा केन्द्रमा विभिन्न उमेर समूहका एक हजार सात सय १८ आश्रममा आश्रित  छन् । रासस

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal