वालिङमा विपत व्यवस्थापन कार्यदल गठन
वालिङ,२७ असार-वालिङ नगरपालिकाले विपत व्यवस्थापन कार्यदल गठन गरेको छ । मनसुन सुरु भए यता जिल्लामा बाढी पहिरोका कारण जनधनको क्षति भएको छ । प्राकृतिक विपतमा परी मृत्यु भएका परिवारलाई प्रदेश सरकार र केन्द्र सरकारले राहत प्रदान गर्ने भएको छ भने वालिङ नगरपालिकाले पनि सोहि उद्देश्यले विपत व्यवस्थापन कार्यदल गठन गरेको छ । वालिङ नगरपालिका क्षेत्रमा पनि जनधनको क्षति भएकाले नगरपालिकाले विपत व्यवस्थापन समिति गठन गरेको हो ।
वडा नम्वर ११ का अध्यक्ष डण्डु पंगेनीको संयोजकत्वमा विपत व्यवस्थापन कार्यदल गठन गरिएको छ । कार्यदलले नगरपालिकाभित्र वर्षादका कारण बाढी पहिरोबाट विपतमा परेकाहरुको अनुगमन गरी अभिलेख तयार गर्ने छ । कार्यदलको प्रतिवेदनका आधारमा विपतमा परेकाहरुलाई राहत उपलव्ध गराइने वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । नगरपालिका नागरिकहरुको साथमा रहेको अनुभुत हुनेगरी काम गरिने बताउदै नगर प्रमुख खाँणले विपतमा परेकाहरुलाई राहत उपलव्ध गराइने बताउनुभयो । पूणर् रुपमा घर क्षति भएका र आंशिक क्षति भएकाहरुलाई सोही अनुसारको राहत उपलव्ध गराईने उहाँले बताउनुभयो । स्याङ्जा जिल्ला लगायत वालिङ नगरपालिका क्षेत्रमा विगत केहि दिनदेखि अविरल वर्षाका कारण ठुलो क्षति भएको र अझै केहि दिन बाढीको उच्च जोखिम रहेकोले सुरक्षित रहन नगर प्रमुख खाँणले सबै नगरवासिहरुमा अनुरोध गनुर्भभएको छ ।
विपत व्यवस्थापन कार्यदल गठनसँगै नगर प्रमुखको नेतृत्वमा नरपालिकाका विभिन्न वडाहरुमा स्थलगत अवलोकनसमेत गरिएको छ ।

ताजा
देशभरको मौसम सफा रहने पूर्वानुमान
२०८२ कार्तिक २७ गते, बिहीबार
देशभरको मौसम सफा रहने पूर्वानुमान
२०८२ कार्तिक २७ गते, बिहीबार
३२ वर्ष सेवा गरेका भण्डारीलाई विद्यालयले गर्याे सम्मान
२०८२ कार्तिक २६ गते, बुधबार
एमालेद्वारा संविधानको रक्षार्थ स्याङ्जामा शान्तिपूर्ण ¥याली
२०८२ कार्तिक २५ गते, मंगलवार
प्रतिष्ठान स्याङ्जाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा गौडेल
२०८२ कार्तिक २३ गते, आईतवार
यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
२०८२ कार्तिक १९ गते, बुधबार
जेष्ठ नागरिक स्कुल सञ्चालनको तयारीमा रामपुर
२०८२ कार्तिक १७ गते, सोमबार
हरिबाेधिनी एकादशी फाेटाे फिचर
२०८२ कार्तिक १५ गते, शनिबार
आज हरि बोधिनी एकादशी : घरमा तुलसीलाई दामोदरसँग विवाह गरिँदै
२०८२ कार्तिक १५ गते, शनिबार
मानिसलाई देवता र धर्तीलाई स्वर्ग बनाउने महाअधियान उत्तरवाहिनी धर्मोत्सव
२०८२ कार्तिक १४ गते, शुक्रबार





















