बुटवल पावर कम्पनीले गरेको महसुल वृद्धिको बिरुद्धमा आन्दोलन शसक्त बनाउने

वालिङ,२३ जेठ-बुटवल पावर कम्पनीले गरेको विद्युत महसुल वृद्धि विरुद्ध जारी आन्दोलनलाई थप शसक्त बनाउने निणर्य भएको छ ।
बुधबार वालिङ नगरपालिकामा भएको सरोकारवालाहरुको अन्तरक्रिया सहितको बैठकले सो निणर्य गरेको हो ।
बुटवल पावर कम्पनीले महसुलको वृद्धि गरे संगै राजनीतिक दल,नागरिक समाज एवं उपभोक्ताहरु चरणवद्ध रुपमा आन्दोलित हुदै आएका छन् ।
विद्युत नियमन आयोगले महसुल वृद्धिका लागि कम्पनीलाई दिएको अनुमतिमा बदनियत रहेको बताउदै उपभोक्ताहरु आन्दोलनमा उत्रीएका हुन ।
आन्दोलनकारीहरुले कम्पनीको गल्याङ तथा वालिङस्थित कार्यालयमा गई अनुरोध गर्ने, ज्ञापनपत्र बुझाउने, हस्ताक्षर अभियान चलाउनेदेखि काठमाडौंसम्म पुगी प्रधानमन्त्री समक्ष विद्युत महसुल बढाउन नहुने विषयमा ध्यानाकर्षण गराउदै ज्ञावनपत्र समेत बुझाएका छन् ।

देशको अर्थतन्त्र धरासायी भैरहेको अवस्थामा विद्युत जस्तो दैनिक जीवनयापनमा आवस्यक पर्ने सेवामा अस्वभाविक रुपमा चर्को मूल्य वृद्धि न्यायोचित नभएकाले कम्पनीको गलत कदमका विरुद्ध शसक्त आन्दोलन गर्न बाध्य भएको उनिहरुको भनाई रहेको छ ।
वालिङ नगरपालिकाद्वारा गरिएको प्रतिनिधि मूलक भेलामा छिमेकी पालिकाहरु गल्याङ, चापाकोट र पाल्पाको रामपुर नगरपालिकाका प्रमुख उप प्रमुखसहित बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले आन्दोलनमा एकतावद्ध भइ थप शसक्तरुपमा अगाडि बढाउने निणर्य समेत गरेका छन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal