बुटवल पावर कम्पनीले गरेको महसुल वृद्धिको बिरुद्धमा आन्दोलन शसक्त बनाउने
वालिङ,२३ जेठ-बुटवल पावर कम्पनीले गरेको विद्युत महसुल वृद्धि विरुद्ध जारी आन्दोलनलाई थप शसक्त बनाउने निणर्य भएको छ ।
बुधबार वालिङ नगरपालिकामा भएको सरोकारवालाहरुको अन्तरक्रिया सहितको बैठकले सो निणर्य गरेको हो ।
बुटवल पावर कम्पनीले महसुलको वृद्धि गरे संगै राजनीतिक दल,नागरिक समाज एवं उपभोक्ताहरु चरणवद्ध रुपमा आन्दोलित हुदै आएका छन् ।
विद्युत नियमन आयोगले महसुल वृद्धिका लागि कम्पनीलाई दिएको अनुमतिमा बदनियत रहेको बताउदै उपभोक्ताहरु आन्दोलनमा उत्रीएका हुन ।
आन्दोलनकारीहरुले कम्पनीको गल्याङ तथा वालिङस्थित कार्यालयमा गई अनुरोध गर्ने, ज्ञापनपत्र बुझाउने, हस्ताक्षर अभियान चलाउनेदेखि काठमाडौंसम्म पुगी प्रधानमन्त्री समक्ष विद्युत महसुल बढाउन नहुने विषयमा ध्यानाकर्षण गराउदै ज्ञावनपत्र समेत बुझाएका छन् ।
देशको अर्थतन्त्र धरासायी भैरहेको अवस्थामा विद्युत जस्तो दैनिक जीवनयापनमा आवस्यक पर्ने सेवामा अस्वभाविक रुपमा चर्को मूल्य वृद्धि न्यायोचित नभएकाले कम्पनीको गलत कदमका विरुद्ध शसक्त आन्दोलन गर्न बाध्य भएको उनिहरुको भनाई रहेको छ ।
वालिङ नगरपालिकाद्वारा गरिएको प्रतिनिधि मूलक भेलामा छिमेकी पालिकाहरु गल्याङ, चापाकोट र पाल्पाको रामपुर नगरपालिकाका प्रमुख उप प्रमुखसहित बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले आन्दोलनमा एकतावद्ध भइ थप शसक्तरुपमा अगाडि बढाउने निणर्य समेत गरेका छन् ।


ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार




















