भीमबहादुरलाई उपचार गर्न आर्थिक सहयोग
वालिङ,२२ जेठ–संविधानमा शिक्षा स्वास्थ्य निःशुल्क भनेको भएता पनि नेपालमा आर्थिक अवस्था कमजोर भएका नागरिकको जीवन रक्षा गर्न र आर्थिक अभावका कारण औषधी उपचारमा निक्कै समस्या हुने गरेको उदाहरण प्रशस्तै मात्रामा देखिने गरेको छ ।
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं.४ कुरुङ्चे तल्लोथर निवासी ४० वर्षीय भीमबहादुर थापालाई फोक्सोमा समस्या आएपछि उहाँको उपचारका लागि गल्याङ नगर अस्पताल लगिएको र त्यहाँ उपचारको सम्भव नभएपछि पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रभावसमा लगिएकोमा त्यहाँ पनि थापाको उपचार हुन नसकेपछि चिकित्सकको सल्लाहामा काठमाण्डौं स्थित टिचिङ अस्पताल लगिएको थियो । थापाको घरको आर्थिक अवसथा कम्जोर भएको भन्दै स्थानीय युवा यादब प्रसाद सुवेदी र सञ्चारकर्मी टिकाराम अधिकारीले सहयोगका लागि सामाजिक सञ्जालकमर्फच सहयोग संकलनको अभियान सुरु गर्नु भएको थियो ।
सो अभियानमा स्थानीयबासी आफन्तजन एवं अन्य सर्वसाधारणहरुले समेग सहयोग गरेका थिए । सहयोग स्वरुप संकलन भएको रु ४ लाख ७४ हजार ३ सय ३८ रुपैयाँ भीमबहादुर थापाको घरमै पुगेर हस्तान्त्रण गरिएको छ ।
सहयोग स्वरुप प्राप्त भएको रकमले थापाको उपचारमा सहयोग पुग्ने गल्याङ नगरपालिका वडा नं.४ का वडा अध्यक्ष ढाकाराम न्यौपानेले बताउनुभयो । वडा भित्रका नागरिकको स्वास्थ्य उपचारमा आफ्नो तबरबाट साथ सहयोग रहने अध्यक्ष न्यौपानेको भनाइ थियो ।
स्थानीय समाजसेवी क्याप्टेन कर्ण बहादुर थापाले गाउँमा सारोगारो पर्दा सहयोग गर्र्ने सबै सहयोगीहरु लाई धन्यवाद दिनुभयो ।
स्वदेश तथा विदेशमा रहेर पनि आफ्नो उपचारको लागि सहयोग गर्ने सबै प्रति भीमबहादुरले धन्यवाद दिनुभयो । उपचारको लागि आर्थिक सहयोग संकलन गरेर हस्तान्तरण गरिए संगै भिमबहादुरको परिवारले राहत महशुस गरेको छ भने आर्थिक सहयोग जुटाउन भूमीका खेल्ने स्थानीय युवा यादब प्रसाद सुवेदी र सञ्चारकर्मी टिकाराम अधिकारीको कार्यले दुःख परेको आवस्थामा सक्दो सहयोग गर्नुपर्छ भन्ने सन्देश समेत दिएको छ ।