भीमबहादुरलाई उपचार गर्न आर्थिक सहयोग
वालिङ,२२ जेठ–संविधानमा शिक्षा स्वास्थ्य निःशुल्क भनेको भएता पनि नेपालमा आर्थिक अवस्था कमजोर भएका नागरिकको जीवन रक्षा गर्न र आर्थिक अभावका कारण औषधी उपचारमा निक्कै समस्या हुने गरेको उदाहरण प्रशस्तै मात्रामा देखिने गरेको छ ।
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं.४ कुरुङ्चे तल्लोथर निवासी ४० वर्षीय भीमबहादुर थापालाई फोक्सोमा समस्या आएपछि उहाँको उपचारका लागि गल्याङ नगर अस्पताल लगिएको र त्यहाँ उपचारको सम्भव नभएपछि पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रभावसमा लगिएकोमा त्यहाँ पनि थापाको उपचार हुन नसकेपछि चिकित्सकको सल्लाहामा काठमाण्डौं स्थित टिचिङ अस्पताल लगिएको थियो । थापाको घरको आर्थिक अवसथा कम्जोर भएको भन्दै स्थानीय युवा यादब प्रसाद सुवेदी र सञ्चारकर्मी टिकाराम अधिकारीले सहयोगका लागि सामाजिक सञ्जालकमर्फच सहयोग संकलनको अभियान सुरु गर्नु भएको थियो ।
सो अभियानमा स्थानीयबासी आफन्तजन एवं अन्य सर्वसाधारणहरुले समेग सहयोग गरेका थिए । सहयोग स्वरुप संकलन भएको रु ४ लाख ७४ हजार ३ सय ३८ रुपैयाँ भीमबहादुर थापाको घरमै पुगेर हस्तान्त्रण गरिएको छ ।
सहयोग स्वरुप प्राप्त भएको रकमले थापाको उपचारमा सहयोग पुग्ने गल्याङ नगरपालिका वडा नं.४ का वडा अध्यक्ष ढाकाराम न्यौपानेले बताउनुभयो । वडा भित्रका नागरिकको स्वास्थ्य उपचारमा आफ्नो तबरबाट साथ सहयोग रहने अध्यक्ष न्यौपानेको भनाइ थियो ।
स्थानीय समाजसेवी क्याप्टेन कर्ण बहादुर थापाले गाउँमा सारोगारो पर्दा सहयोग गर्र्ने सबै सहयोगीहरु लाई धन्यवाद दिनुभयो ।
स्वदेश तथा विदेशमा रहेर पनि आफ्नो उपचारको लागि सहयोग गर्ने सबै प्रति भीमबहादुरले धन्यवाद दिनुभयो । उपचारको लागि आर्थिक सहयोग संकलन गरेर हस्तान्तरण गरिए संगै भिमबहादुरको परिवारले राहत महशुस गरेको छ भने आर्थिक सहयोग जुटाउन भूमीका खेल्ने स्थानीय युवा यादब प्रसाद सुवेदी र सञ्चारकर्मी टिकाराम अधिकारीको कार्यले दुःख परेको आवस्थामा सक्दो सहयोग गर्नुपर्छ भन्ने सन्देश समेत दिएको छ ।


ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















