स्याङ्जामा विपद् सहायता कक्ष स्थापना


स्याङ्जा,२४ जेठ- मनसुन आउनु पूर्व स्याङ्जामा विपद् व्यवस्थापनका लागि जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मनसुनजन्य विपद्बाट प्रभावितहरुको खोज उद्धार तथा राहत सम्वन्धी कार्य गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको छलफमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजनमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको हो ।
गृह मन्त्रालयले जिल्लामा विपद् सहायता कक्ष स्थापना गर्नु भन्ने निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा विपद् सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।
जिल्लाका ११ ओटै स्थानीयतह, सुरक्षा समिति, जिल्ला स्थित उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, पत्रकार महासंघ र नागरिक समाज लगायतको सहभागितामा बसेको छलफलले जिल्ला विपद् व्यवस्थापन कक्षको स्थापनाका साथै सबै पालिकामा विपद् कक्ष संचालन गर्ने निणर्य भएको प्रजिअ नेपालले बताउनुभयो ।
छलफलका क्रममा अहिले सम्म विपद् व्यवस्थापनमा पालिकाले गरेका गतिविधि र आगामी दिनमा गर्न सकिने कामका जानकारी गराइएको थियो । गृह मन्त्रालय अन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य महाशाखाले दिएको परिपत्र अनुसार मनसुनजन्य प्रकोप आउन अगाडी तयारी अवस्थामा रहन र जनधनको क्षतीको संरक्षण गर्न अपनाउनुपर्ने विधिका विषयमा सर्तक रहन अनुरोध गरेको थियो ।
सोही बमोजिम जिल्ला विपद् सहायता कक्षका लागि सहायक प्रजिअको संयोजनमा र स्थानीयतहमा प्रमुख प्रशासकीय अधिकृतको संयोजनमा समिति गठन गर्ने निणर्य भएको छ । जिल्ला व्यवस्थापन सहायता कक्ष संचालन समितिको सदस्यहरुमा जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, जिल्ला उद्योग वाणिज्य संघ, पत्रकार महासंघको प्रतिनिधि, नागरिक समाजको प्रतिनिधि रहने र जिल्ला आपतकालिन केन्द्रका प्रतिनिधि सदस्य सचिव रहने छन् ।
मनसुन शुरु हुन लागेकोले यसबाट हुनसक्ने प्रकोपबाट बच्न र बचाउन सबै एकसाथ लाग्नुपर्ने प्रजिअ नेपालको अनुरोेध छ । प्राकृति होस वा जुनसुकै विपद् सूचना दिएर आउदैन छलफलमा निर्देशन दिदै प्रजिअ नेपालले भन्नुभयो,‘जस्तोसुकै विपद्को सामना र प्रतिकार्यको तयारीमा रहिरहनु होला ।’ विपद्का बेला आलटाल, चासो र संवेदनशिल नबनेको देखिएमा कारवाही समेत हुने चेतावनी प्रजिअ नेपालले दिनुभएको छ । विपद्का बेला सबैसगँ समन्वय गर्दै हरेक पालिकामा रहेका उद्धारका सामाग्रीहरु तमतयार अवस्थामा राख्न समेत प्रजिअले सहभागीहरुलाई आग्रह गर्नुभएको छ ।
सहभागीहरुले संयुक्त प्रयासले मात्रै विपद्को सामना गर्न सकिने बताएका थिए । मनसुनजन्य प्रकोपबाट जोगाउन र जोगिन जिल्लाका सबै नागरिक सचेत रहन समेत जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ । बाढी पहिरो लगायतका विपद्जन्य अवस्था आएमा नजिकको प्रहरी चौकी वा स्थानीय तहका सहायता कक्षमा खबर गर्न सबै नागरिकहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् सहायता कक्षका संयोजक दीपक पौडेलले आग्रह गनुभएको छ ।

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal