महिलालाई उद्यमशीलता सँग जोड्न वालिङमा कृषि परियोजना


वालिङ,२१ जेठ- वालिङमा ‘कृषि विकास परियोजना’ सुरु भएको छ । वालिङका बिपन्न र निम्न आय भएका परिवारलाई आयआर्जन गर्न लगाई गरिवी निवारण गर्ने उद्देश्यले परियोजना सुरु गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।
कृषि र पशुका माध्यमबाट नगरबासीका आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले कार्यक्रम सुरु गरेको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।
पालिकाले दीर्घकालिन योजना बनाएर काम सुरु गरेको भन्दै नगरप्रमुख खाँणले भन्नुभयो, “खाका बनाईअघि बढ्दैछौं, हिजोकाभन्दा भोली केही फरक सकारात्मक परिवर्तन देखिनेमा विश्वस्त छौं ।”
वालिङ नगरपालिका,हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना सुरु भएको हो ।
नगरका १४ वडा मध्ये पहिलो चरणमा ७ वडामा निम्न आय घर परिवार पहिचान गरि तत्काल काम आगाडी बढाईने हेफरका बरिष्ठ कार्यक्रम प्रवन्धक प्रेम साम्बयुले जानकारी दिनुभयो । विपन्न तथा न्युन आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुने उहाँको भनाई छ ।
परियोजनाले कृषि तथा पशु उद्यमअन्तर्गत महिला समुहमा काम गर्ने साथै कृषि उत्पादन र बजारीकरण, युवामा ऋण प्रवाह तथा फरक क्षमता भएका व्यक्तिहरुको आयआर्जनमा सघाउने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।
परियोजनाले बैंकसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि काम गर्ने छ । हेफरले परियोजनामा वालिङ नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ । हेफरले दियालोसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो। बिगतदेखि कृषि र पशु ब्यवसायमा संलग्न किसान र महिलाहरु उद्यमशिलतासंग जोड्दै आयआर्जन बढाउन सुलभ कर्जा पाउने भएपछि खुशी देखिएका छन् ।
परियोजना सञ्चालनका लागि नगरप्रमुख कृष्ण खाँणको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा उपप्रमुख, वडाध्यक्ष, वडा जनप्रतिनिधि, बिषयगत शाखा एवं साझेदार सस्थाका प्रतिनिधि रहनु भएको छ । परियोजनाका २६ महिने अवधीका लागि ३ करोड ५० लाख रुपैंयाको बजेट रहेको छ । सुलभ कर्जा प्रवाह गरिने र जुन रकम पछिसम्म पाँच करोड भन्दा बढी रहने बताईएको छ ।

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal