कांग्रेस नेता रेग्मीको निधन
अर्जुन काफ्ले
स्याङ्जा, १ जेठ- नेपाली कांग्रेसका नेता खगेन्द्रराज रेग्मीको निधन भएको छ । स्याङ्जा राजनीतिक आन्दोलनका अग्रज व्यक्तित्व रेग्मीको ७५ वर्षको उमेरमा मङ्गलबार मृत्यु भएको हो ।
२००६ साल साउन १५ गते साबिक खिलुङ गाविसको वडा २ र हालको भिरकोट नगरपालिकाका ६ गेझाबासमा जन्मनुभएका रेग्मी लामो समयदेखि बिरामी भई उपचाररत हुनुहुन्थ्यो ।
स्याङ्जाको कांग्रेस पार्टी र सङ्गठन मजबुत बनाउने एउटा विशिष्ट व्यक्तित्वको रुपमा रेग्मीलाई चिनिन्छ ।
२०४८, ०५७ र ०६२ गरी तीन कार्यकाल स्याङ्जा कांग्रेसको सभापति हुनुभएका रेग्मी गजेन्द्रनारायण सिंहको मृत्युपछि राष्ट्रियसभा सांसद समेत हुनुभएको थियोे ।
रेग्मी नेपालमा प्रजातन्त्र स्थापनाका लागि निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध रक्त हस्ताक्षर गर्ने पाँचजनामध्ये एक जना हुनुहुन्थ्यो ।
कृष्णप्रसाद भट्टराई पार्टी सभापति रहँदा उहाँले नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सचिवको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो ।
लामो समय शिक्षण पेसामा रहनुभएका रेग्मीलाई २०५८ माघ २७ गते माओवादीले गोली हानी घाइते बनाएको थियो ।
पञ्चायतविरुद्धको आन्दोलनमा राज्य पक्षबाट विभिन्न यातना जेल जीवन बिताउनुभएका कांग्रेस स्याङ्जा सभापति राजु थापाद्वारा जारी प्रेस विज्ञिप्तमा उल्लेख छ ।
रेग्मीको निधनको शोकमा तीन दिनसम्म पार्टी कार्यालय बन्द, १३ दिन शोकपुस्तिका राख्ने, कुनै कार्यक्रम नगर्ने र झण्डा झुकाउने विज्ञप्तिमा जनाएको छ ।
रेग्मीको मृत्युुले काग्रेस पार्टी मात्र नभई स्याङ्जाका सबै राजनीतिक दल लगायत सरोकारवाला सबैलाई मर्माहत भएको माओवादी केन्द्रका इन्चार्ज शैलेन्द्र घिमिरले बताउनुभयो । स्वर्गीय नेता रेग्मीको आजै कालिगण्डी नदिको किनार राम्दीमा अन्त्यष्टि गरिएको छ ।
ताजा
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार





















