मानव जीवनका लागि राजयोग प्रशिक्षण महत्वपूर्ण छ ः नगर प्रमुख खाँण
मणी प्रसाद अर्याल
वालिङ,१६ वैशाख- वालिङमा राजयोग मेडिटेशन प्रशिक्षण कार्यक्रम आज आइतबारदेखि सुरु भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय वालिङ शाखाले मानसिक शान्ति, पारिवारिक खुसी, र सामाजिक समृद्धताका लागि राजयोग मेडिटेशन प्रशिक्षण सञ्चालन गरेको हो ।
यही वैशाख १९ गतेसम्म सञ्चालन हुने कार्यक्रमको समुद्घाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले मानव जीवनका लागि राजयोग मेडिटेशन प्रशिक्षण नभै नहुने कार्यक्रम भएको बताउनुभयो । यो प्रशिक्षणले मानवीय नाताले ओतप्रोत हुने वातावरण र मानवताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले नभै नहुने कार्यक्रम रहेको नगरप्रमुख खाँणले बताउनु भएको हो । जनप्रतिनिधि तथा बिभिन्न नेतृत्वदायी भूमिकामा रहेका मानिसहरुमा दम्भ र अहमता हावी छ, जुन गलत हो । मानव जीवनका लागि शान्ति अत्यावस्यक छ, यसका लागि आध्यात्मिक चिन्तनसहितको शान्तिले महत्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो । प्रशिक्षण अति आवश्यता पनि रहेको हामिले महशुस पनि गरिरहेको थियौ यसलाइ दिगो रुपमा लैजानको निमित्त वालिङ नगरपालिका प्रतिवद्ध रहको बताउनुभयो । हामीलाई सुन्दर र शक्तिशाली विचारको आवस्यक हुन्छ, जुन यो कार्यक्रमबाट प्राप्त गर्नसक्छौं, उहाँले भन्नुभयो, जनप्रतिनिधिहरुका लागि त झन आवस्यक छ, यो साक्षात्कार र प्रशिक्षित हुने अवसर प्रदान गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दछु ।
यसैगरी वालिङ नगर उप प्रमुख कविता तिवारी गैह्रेले राजयोग मेडिटेशन प्रशिक्षण कार्यक्रम अनुकरणीय भएको बताउनुभयो । नयाँ पुस्तालाई कसरी सभ्य र सुसंस्कृत बनाउन सकिन्छ भन्नेमासमेत यो कार्यक्रमले भूमिका खेल्ने उहाँको भनाइ थियो ।
संस्थाका महासचिव एवं वरिष्ठ राजयोग शैलेसराज बरालले ४ दिने प्रशिक्षण कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेले प्रशिक्षण दिनुहुने छ । आज समुद्घाटन सत्र रहेको र प्रशिक्षणका विशेष कार्यक्रमहरु भोलि सोमबारदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।
अनेकौं जिम्मेवारीहरुको दवाव, अस्वस्थ र अन्तहिन प्रतिस्पर्धा एवम् बदलिँदो परिवेशसँगै सामना गर्नुपर्ने चुनौतिहरुका कारण जीवनशैली अतिव्यस्त र तनावग्रस्त छ । व्यक्तिगत पारिवारिक एवम् व्यवसायिक समस्याहरुको वैज्ञानिक तथा आध्यात्मिक विधिद्वारा समाधान गरी आत्मिक सुख, मानसिक शान्ति, एवम् आन्तरिक शक्तिको गहन अनुभूति गराउने उद्देश्यले अपूर्व उत्प्रेरक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
ताजा
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार





















