विपिसिको विद्युत महशुल बृद्धि सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रममा न्यून सहभागिता, महशुल बृद्धि नगर्न चेतावनी


हिमलाल पराजुली
स्याङ्जा,१४ वैशाख- बुटबल पावर कम्पनी लिमिटेड (विपिसि) ले आँधिखोला बाट उत्पादन गरिएको विजुलीको विद्युत महशुल बृद्धि गर्ने प्रक्रिया अगाडी बढाएपछि विपिसिको विद्युत उभोग गर्दै आएका उपभोक्ताहरु आक्रोसित भएका छन् ।
शुक्रबार जिल्ला सदरमुकाम पुतलीबजारमा विद्युत नियमन आयोगले विद्युत महशुलको बृद्धिका बारेमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले बुटबल पावर कम्पनी लिमिटेडलाई विद्युत महशुल बृद्धिको प्रस्ताव फिर्ता लिन आग्रह गर्दै आफुहरुलाई महशुल बृद्धि मान्य नहुने चेतावनी दिएका छन् । बुटबल पावर कम्पनी लिमिटेडले आँधिखोला जलविद्युत उत्पादन केन्द्रमा घाटा भएको भन्दै विद्युत महशुल बृद्धिका लागि विद्युत नियमन आयोगमा महशुल बुद्धिको लागि प्रस्ताव गरेपछि उपभोक्ताहरु आक्रोसित भएकाहुन ।
अहिले प्रति युनिट ६ रुपैँया ५० पैशामा बिकृ गर्दै आएको विद्युतलाई ७५ प्रतिशत बृद्धि गरेर ११ रुपैँया प्रति युनिट महशुल निर्धारण गर्न विपिसिले माग गरेको छ भने उपभोक्ताहरु यो कुरा मान्न तयार छैनन् । विपिसिले राम्रो सेवा नदिएको तार रुखमा राख्दा दुर्घटनाको जोखिम बढेको बताउदै विद्युत महशुलको बृद्धि भन्दा पनि विद्युत वितरण गरिएका क्षेत्रहरुमा व्यवस्थीत गर्न समेत उपभोक्ताहरुले माग गरेकाछन् । विद्युत उपभोक्ताहरु नै नभएको ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्नु दुखत भएको बताउदै धेरै भन्दा धेरै उपभोक्ताहरुलाई सहभागि गराउनको लागि पुनः विद्युत उपभोक्ताहरु भएको स्थानमा सार्वजनिक सुनुवाई गर्न समेत माग गरिएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अहिलेको अवस्थामा विपिसिले प्रस्थाव गरेको शुल्क तिर्न नसकिने बताउदै यसलाई पुर्नविचार गर्न समेत माग गरेकाछन् ।
कार्यक्रममा गण्डकी प्रदेशका निर्वतमान मन्त्री सरस्वती अर्याल, गण्डकी प्रदेश सभासदस्य कल्पना तिवारी, नेपाली कांग्रेस स्याङ्जाका कार्यबहाक सभापति केदार काफ्ले, नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल, एमाले जिल्ला कमिटी सदस्य दिलिप कुमार बगाले, रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, वालिङ नगरपालिकाका उपप्रमुख कवित तिवारी, नेपाली कांग्रेस वालिङका नगर सभापति नेत्र पाण्डे, वालिङ उद्योग वाणिज्य संघका सचिव पिताम्बर खनाल (सुुसिल) गल्याङ नगरपालिका वडा नम्बर ११ का अध्यक्ष दल बहादुर सिंजाली लगायतले बोल्नुभएको थियो ।
आँधिखोलाबाट उत्पादित विद्युतका उपभोक्ता करिब ४० हजार माथि रहेपनि सार्वजनिक कार्यक्रममा भने निकै कम मात्रामा उपस्थिती रहेको थियो । उपभोक्तालाई पायक नपर्ने ठाउँमा कार्यक्रमको आयोजना गरिएको भन्दै सहभातिहरुले बिरोध जनाउदै यसलाई स्वीकार गर्न नसकिने बताएका थिए ।
बुटबल पावर कम्पनीका कार्यकारी प्रमुख उत्तर कुमार श्रेष्ठले कम्पनीले धेरै नै घाटा बेहोर्नु परेकोले बाध्य भएर मुल्य बृद्धिको प्रस्ताव गरिएको बताउदै नेपाल विद्युत प्रधिकरण संग महगोंमा किनेर ग्राहकहरुलाई सस्तो मुल्यमा दिन नसकिने बताउनुभयो । पिक आवरमा आँधिखोलाबाट उत्पादन भएको विद्युतले नपुग्ने र ग्राहकहरुलाई प्रधिकरण संग लिएर भएपनि सेवा दिदै आएको विपिसिको भनाइ रहेको छ । आँधिखोलाबाट उत्पादन भएको विद्युत वितरण कार्यमा कम्पनिलाई घाटा भएको विपिसिले दावी गर्दै आएको छ भने उपभोक्ताहरु यो भनाइ मान्न तयार छैनन् । विपिसिले घाटामा गएको भन्ने बाहानामा मुल्य बृद्धि गर्न लागे बताएकाछन् ।
विद्युत नियमन ओगकी वरिष्ठ सदस्य भागिरथी भट्टराईले आफुहरु उपभोक्ताहरुको गुनासो सुन्नकै लागि कार्यक्रम गरिएको बताउदै विपिसिले मुल्य बृद्धिको प्रस्ताव आउदैमा यो कार्यान्वयन नहुने बताउदै यसको अध्यय गरेर प्रतिवेदन पेश गर्ने भएकोले सोही अनुसार बुझ्न समेत आग्रह गर्नुभयो । आयोगले सबै पक्षको कुरालाई सुन्ने र सोही आधारमा काम गर्ने बताउनुभयो । सार्वजनिक सुनुवाई एउटा प्रक्रियाको सुरुवात भएकोले यसलाई सोही रुपमा बुझिदिन समेत आग्रह गर्नुभयो ।
बुटबल पावर कम्पनीले आँधिखोलाबाट उत्पादन भएको विद्युत वितरण कार्यमा घाटा भएको बताउदै आएको छ भने उत्पादनका क्षेत्रमा भएको नाफा वा हिसाब भने बताउन चाहादैन एउटै मात्र जवाफ दिनेगरेको छ कम्पनिले विद्युत लाइनको वितरणमा घाटा बेहोर्दै आएको छ । उपभोक्ताहरुले कम्पनीले अडिट रिपोट सार्वजनिक गर्ने माग गर्दै आएकाछन् । बुटबल पावर कम्पनिले आफुले प्रस्ताव गरेको मुल्यमा विद्युत उपभोग नगरेमा विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने र प्राधिकरणको महगों शुल्क तिर्नुपर्ने अवस्था आउने भन्दै तर्साएको समेत उपभोक्ताहरुले गुनासो गरेकाछन् ।

यसै बिच जिल्ला स्थित उद्योग वाणिज्य संघहरुले विद्युत महशुल बृद्धि नर्गन आग्रह गर्दै मूल्य बृद्धि स्विकार गर्न नसकिने भन्दै विज्ञप्ती जारी गरेकाछन्।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal