वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बिमा


मणि प्रसाद अर्याल

वालिङ,१४ वैशाख- वालिङ नगरपालिकाले छोरी जन्माउनेलाई गर्दै आएको निःशुल्क स्वास्थ्य बिमा प्रभावकारी बनेको छ । नगरपालिकाले यो आर्थिक वर्षदेखि छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बिमाको सुरु गरेको हो ।
छोरीहरुलाई समाजले दोस्रो दर्जाकारुपमा हेर्ने गरेको अवस्थामा नगरपालिकाले उक्त कार्यक्रम लागु गरेको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । छोरीहरुलाई प्रोत्साहन गर्नुपर्ने नगर प्रमुख खाँणको भनाइ छ । आधा हिस्सा ओगटेका नारीहरुको सम्मानका साथै उनीहरुको मनोबल उच्च राख्न आवस्यक रहेको उहाँले बताउनुभयो । जहाँ नारीको सम्मान हुन्छ, त्यो समाज सुसंस्कृत र समुन्नत हुने भएकोले छोरीहरुको सम्मान गर्नुपर्ने नगरप्रमुख खाँणले बताउनुभयो । नगरप्रमुख खाँणले भन्नुभयो, “घर र समाजमा नारीहरुको महत्वपूणर् भूमिका रहँदा रहँदै पनि समानरुपमा सम्मान दिन सकिएको छैन ।” यसमा टेवा पुगोस भन्ने नगरपालिकाको उद्देश्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ । नगर उपप्रमुख कविता गैह्रेले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमले नारी उत्थानमा भूमिका खेल्ने बताउनुभयो । उहाँले नगरबासी आमा दिदी बहिनीले यो कार्यक्रममा सहभागी भई लाभ लिन समेत आग्रह गर्नुभयो ।
वालिङ नगरपालिकाले यो आर्थिक वर्षमा मात्र करिव ३ सय जना नागरिकको निशुल्क स्वस्थ्य बिमा गरेको नगरपालिकाले जनाएको छ ।

ताजा

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal