वालिङमा छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बिमा

मणि प्रसाद अर्याल
वालिङ,१४ वैशाख- वालिङ नगरपालिकाले छोरी जन्माउनेलाई गर्दै आएको निःशुल्क स्वास्थ्य बिमा प्रभावकारी बनेको छ । नगरपालिकाले यो आर्थिक वर्षदेखि छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बिमाको सुरु गरेको हो ।
छोरीहरुलाई समाजले दोस्रो दर्जाकारुपमा हेर्ने गरेको अवस्थामा नगरपालिकाले उक्त कार्यक्रम लागु गरेको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । छोरीहरुलाई प्रोत्साहन गर्नुपर्ने नगर प्रमुख खाँणको भनाइ छ । आधा हिस्सा ओगटेका नारीहरुको सम्मानका साथै उनीहरुको मनोबल उच्च राख्न आवस्यक रहेको उहाँले बताउनुभयो । जहाँ नारीको सम्मान हुन्छ, त्यो समाज सुसंस्कृत र समुन्नत हुने भएकोले छोरीहरुको सम्मान गर्नुपर्ने नगरप्रमुख खाँणले बताउनुभयो । नगरप्रमुख खाँणले भन्नुभयो, “घर र समाजमा नारीहरुको महत्वपूणर् भूमिका रहँदा रहँदै पनि समानरुपमा सम्मान दिन सकिएको छैन ।” यसमा टेवा पुगोस भन्ने नगरपालिकाको उद्देश्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ । नगर उपप्रमुख कविता गैह्रेले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमले नारी उत्थानमा भूमिका खेल्ने बताउनुभयो । उहाँले नगरबासी आमा दिदी बहिनीले यो कार्यक्रममा सहभागी भई लाभ लिन समेत आग्रह गर्नुभयो ।
वालिङ नगरपालिकाले यो आर्थिक वर्षमा मात्र करिव ३ सय जना नागरिकको निशुल्क स्वस्थ्य बिमा गरेको नगरपालिकाले जनाएको छ ।
ताजा

वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार